लमजुङमा पहिरोले तीन घर पुरियो, ४ जना बेपत्ता



पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध लमजुङ, ९ असारः गए रातिदेखि भएको निरन्तर वर्षाले डुम्रे बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आइतबार बिहान गएको पहिरोले अवरुद्ध भएको सडक । पहिराका कारण सवारीसाधन तथा यात्रुहरु अलपत्र परेका छन् । तस्बिर जनक श्रेष्ठ÷रासस

लमजुङ । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुम गाउँमा गए राति पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका छन् । पहिरोमा परी एकजना घाइते भएका छन् ।

लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी रुद्रमान गुरुङ, पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

अहिले प्रहरी टोली घट्नास्थलमा उद्धारका लागि जाँदै छ।


क्लिकमान्डु