दरबारमार्ग, असन लगायत क्षेत्रका जग्गाको मूल्य प्रतिआना ५० लाख !



काठमाडौं । काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी जग्गाको मूल्य प्रति आना ५० लाख रुपैयाँसम्म रहेको छ ।

काठमाडौंको केशरमहल प्रवेशद्धारदेखि पश्चिम ठमेलमुलचोकहुँंदै क्षेत्रपाटी चोकसम्मको मुलबाटोमा जोडिएका जग्गाहरु, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय पूर्व सुरज आर्केड, इन्द्रचोक, असन हूंदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योतिहल हूंदै तिनधारा पाठशाला सम्म मुलबाटासंग जोडिएका, महेन्द्र सालिक देखि काठमाडौं प्लाजासम्म मुलसडकसंग जोडिएका दायांबायांका जग्गाहरु प्रतिआना ५० लाख रुपैयाँ रहेको छ ।

यस्तै माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण पाउरोटी,हात्तीसार, जयनेपाल, कान्तिपथ जमल, दरबारमार्ग र घण्टाघर देखि कमलादी मोडसम्मका मुलसडकसंग जोडिएका दायांबायांका जग्गाहरु प्रतिआना ५० लाख रुपैयाँ रहेको छ ।
यता जमल, रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम, गोश्वरा हूलाक, त्रिपुरेश्वर सम्मको मुलसडक संग जोडिएका दायांबायांका जग्गाहरु प्रतिआना ५० लाख रुपैयाँ रहेको छ ।

रत्नपार्क, पूरानो बसपार्क, शहीदगेट हूंदै सून्धारा चोकसम्म, सिंहदरबार पश्चिमगेट हूंदै भद्रकाली सम्मका मुलबाटो संग जोडिएका दायांबायांका जग्गाहरु प्रतिआना ५० लाख रुपैयाँ रहेको छ । यी क्षेत्रको जग्गाको मूल्याङकनलाई महानगरले निरन्तरता दिएको छ । चालु आवको बजेटमा पनि यी क्षेत्रका जग्गाको मूल्याङकनलाई आगामी अवको जति नै रहेको छ । यो सरकारी दर रेट हो । यो क्षेत्रमा आनाकै २/३ करोड रुपैयाँसम्ममा जग्गाको किनबेच हुने गरेको छ ।


क्लिकमान्डु