हजका लागि साउदी अरब पुगेका १९ जनाको गर्मीका कारण मृत्यु



एजेन्सी । जोर्डनबाट हज गर्न साउदी अरब गएका कम्तीमा १४ जनाको गर्मीका कारण मृत्यु भएको छ ।

जोर्डनको विदेश मन्त्रालयका अनुसार अत्याधिक गर्मीका कारण १४ जोर्डनी नागरिको मृत्यु भएको र १७ जना सम्पर्कविहीन भएका छन् ।

समाचारसंस्था एएफपीका अनुसार हज गर्न गएका पाँच इरानी नागरिकको पनि मृत्यु भएको इरानी रेड क्रिसन्टले पुष्टि गरेको छ। तर उनीहरूको मृत्युको कारण खुलेको छैन ।

यसपटक १८ लाख मानिस हज गर्न साउदी अरबका मक्का र मदिना सहर पुगेको साउदी अधिकारीहरूले बताएका छन्।
यो साता त्यहाँ तापक्रम ४६ डिग्री सेल्सियस नाघेको छ।


क्लिकमान्डु