अमेरिकाको अवैतनिक वाणिज्यदूतमा केसी नियुक्त



काठमाडौं । सरकारले प्रल्हादबहादुर केसीलाई अमेरिकाको म्यासाचुस्टेस राज्यको लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेको छ ।

केसीलाई मन्त्रीपरिषद्को बैठकले अवैतनिक वाणिज्यदूतमा नियुक्त गरेको हो । कन्सुलर अधिकार क्षेत्रका लागि नेपालका अवैतनिक वाणिज्यदूतका रूपमा नियुक्त गरिएको सरकारले प्रदान गरेको नियुक्ति पत्रमा उल्लेख छ ।

केसीको अनुभव र क्षमता नेपाल र अमेरिकावीचको विकसित सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउँदै पारस्पारिक समृद्धि तथा त्यहाँ रहेका नेपाली समुदायको हितमा उपयोग हुनेमा आशावादी रहेको सरकारले पत्रमा उल्लेख गरेको छ । केसी म्यासाचुस्टेसको बोस्टनमा करीब ४ दशकदेखि बस्दै आएका छन् ।


क्लिकमान्डु