तारा एयरले गर्‍यो ९ महिनामा ६७ करोड आम्दानी, ऋणको रेटिङ ७८ करोड



काठमाडौं । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी तारा एयरले चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ६७ करोड २० लाख रुपैयाँ आम्दाननी गरेको छ । यो वायुसेवाले चालु आर्थिक वर्षको साउनेदेखि चैतसम्ममा गरेको यस्तो आम्दानी अपरिस्कृत मात्रै हो ।

यो वायुसेवाले गत आर्थिक वर्ष सन् २०२३ मा १ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको थियो । तारा एयरको आम्दानी सन् २०२२ मा ९५ करोड र सन् २०२१ मा ४७ करोड रुपैयाँ भएको थियो । तारा एयरको यस्तो आम्दानी चालु आर्थिक वर्षमा २७ प्रतिशतले बढेको अनुमान गरिएको छ ।

तारा एयरले ७८ लाख ७८ करोड रुपैयाँको ऋणको रेटिङ गराएको छ । इक्रा नेपालका अनुसार तारा एयरले अल्पकालीन ऋणका लागि ३९ करोड ३० लाख रुयैयाँको रेटिङ गराएको छ ।

यस्तो ऋणमा वर्किङ क्यापिटल लोन २४ करोड ८४ लाखको र बैंक ग्यारेन्टेड लोन १४ करोड ५४ लाख रुपैयाँ रहेको उल्लेख छ। त्यस्तै दीर्घकालीन ऋणको सीमा ३९ करोड ४० लाख रुपैयाँ रहेको छ ।

तारा एयर यति एयरलाइन्सको भगिनि संस्था हो । सन् २००८ मा स्थापित यो वायुसेवाले आन्तरिक गतव्यका दुर्गम क्षेत्रमा उडान सुविधा दिइरहेको छ । यो वायुसेवासँग हाल ३ वटा मात्रै जहाज छन् ।

तारा एयरलाई तामसेर्कु ग्रुपले चलाउँछ । तामसेर्कु ग्रुपले नेपालको पर्यटनमा लगानी गरिरहेको छ । यसका अध्यक्ष लाक्पा सोनाम शेर्पा हुन भने यसको चन्दा शेर्पा प्रवन्ध निर्देशक हुन् ।


क्लिकमान्डु