आन्दोलन गर्ने क्रसर उद्योगीको चेतावनी



काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर, खानी तथा वालुवा उद्योगको नवीकरण नभए आगामी असारदेखि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी यस्तो चेतावनी दिएको हो । नवीकरण गर्ने वातावरण नबने असार १ गतेदेखि देशभरको क्रसर, खानी तथा बालुवा उद्योगबाट हुने उत्पादन तथा बिक्री वितरण अनिश्चितकालको लागि वन्द गरी आन्दोलन गर्ने चेतावनी दिइएको हो ।

महासंघका महासचिव पुरुषोत्तम रेग्मीले निर्णयहरु कार्यान्वयन नभए देशभरको उद्योगको ताला, चाबी सरकारलाई बुझाएर सवारी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गरिने जानकारी दिए ।

कानून अनुसार दर्ता भएर सञ्चालनमा रहेका क्रसर, खानी तथा वालुवा उद्योगहरुको हकमा २०८१ जेष्ठ ३२ गते भित्र नविकरण गर्ने वातावरण नबने बाध्य भएर महासंघ आन्दोलनमा जाने रेग्मीले बताए ।

उनका अनुसार लामो समयदेखि नवीकरण गर्न नपाएका उद्योगहरुले नियमअनुसार तिर्नुपर्ने कर र अन्य शुल्क तिर्न तयार छन् । सबै दस्तुर तिर्न तयार भएका उद्योगको नवीकरण गरिदिनुपर्ने उनले सरकारसँग माग गरेका छन् ।


क्लिकमान्डु