अदालतले निर्दोष सावित गरेपछि सन्दीपले विश्वकप खेल्न पाउनु पर्थ्यो, सरकार चुक्यो: विश्वप्रकाश शर्मा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्माले अदालतले निर्दोष सावित गरेपछि सन्दीप लामिछानेले विश्वकप क्रिकेट खेल्न पाउनुपर्ने बताएका छन् । सरकार समयमै भिसाको वातावरण बनाउन चुकेको उनको आरोप छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा शर्माले अदालतबाट निर्दोष सावित गरे पनि वातावरण बनाउन सरकार चुकेको बताएका हुन् ।

‘हिजो आरोप लागिरहेको बेला मैदानमा उत्रिन हुन्न भन्ने थियो, अदालतले निर्दोष सावित गरेपछि यसबेला सन्दीप विश्वकपमा खेल्नु पर्थ्यो, आफ्नो खेलाडीबारे अदालतको फैसला सूचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल गर्नु पर्दथ्यो। यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ महामन्त्री शर्माले भने ।

अमेरिकाले भिसा नदिँदा क्रिकेटर लामिछाने विश्वकप खेल्न जान पाएनन् ।


क्लिकमान्डु