मोदी र अमित शाहलाई जनताले अस्वीकार गरे



काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदी र अमित शाहलाई भारतीय जनताले अस्वीकार गरेको बताएका छन् ।

निर्वाचन परिणाम आउने क्रम जारी रहँदा दिल्लीस्थित पार्टी कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गर्दै गान्धीले संविधान बचाउने जिम्मेवारी जनताले लिएको बताए ।

आरक्षणमाथि बिजेपीले आक्रमण गर्दाको नतिजा देखिएको उनको भनाइ छ ।’आरक्षणमा विजेजपीले आक्रमण गर्‍यो । देशले अमित शाह र नरेन्द्र मोदी यो देश चलाउन हामीलाई चाहिँदैन भनेर स्पष्ट सन्देश दियो,’ उनले भने ।

लोकसभा निर्वाचनको नतिजा संविधान बचाउने कदम भएको उनको भनाइ छ ।


क्लिकमान्डु