पानी परेपछि उडान प्रभावित, आन्तरिक उडान हुन सकेन



काठमाडौं । वर्षातसहितको इनरुट वेदर नखुलेका कारण आन्तरिक उडान प्रभावित भएको छ । अहिले काठमाडौं विमानस्थलबाट बाहिरिने र भित्रने कुनै पनि वायुसेवाको उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार ठूलो पानी परेसँगै आन्तरिक उडानको लागि इनरुट वेदरसमेत विग्रिएकोले उडान अवतरण हुन नसकेको हो ।

विमानस्थलका कार्यालयका अनुसार साढे ११ बजेदेखि हुन नसकेको उडान पानी रोकिएपछि पुन सुरु हुने छ । पानी परेका कारण विग्रएको मौसमका कारण काठमाडौंबाट कुनै पनि वायुसेवा बाहिर जान सकेका छैनन भने बाहिरका जहाज पनि काठमाडौं आउन नसेकेको उल्लेख छ ।


क्लिकमान्डु