दैलेख केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । दैलेख जिल्लाको नेपा आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान १०:३० बजे भूकम्प मापन गरिएको हो ।
दैलेख आसपासका जिल्लाहरुमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । जाजरकोट कालिकोट, सुर्खेतका कतिपय स्थानमा पनि भूकम्पको धक्का महसुस गरिएको स्थानीयको भनाइ छ ।

कात्तिमा जाजरकोट भूकम्पपछि त्यस क्षेत्रमा भूकम्प आउने क्रम बढेको छ ।


क्लिकमान्डु