गोदावरीका मेयरसहित १४ जनाविरुद्ध १ अर्बको भ्रष्टाचार मुद्दा



काठमाडौं । लेले र नल्लुखका ढुंगाखानीमा रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार गरेको भन्दै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर गजेन्द्र महर्जनसहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकविरुद्ध १ अर्ब ४ करोड विगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

ढुंगाखानीमा अनियमितता गरेको भन्दै अख्तियारले उनीहरुविरुद्ध छुट्टाछुट्टै ५ वटा मुद्दा पेस गरेको छ ।


क्लिकमान्डु