फिल्म निर्देशक सुदर्शन थापा पक्राउ



काठमाडौं । फिल्म ‘प्रसाद-२’ सम्बन्धी विवादपछि ठगी मुद्दामा निर्देशक सुदर्शन थापालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो थापालाई पक्राउ गरी प्रहरी वृत्त बौद्धमा लगिएको छ ।

बाल्वाटारको रोयल अम्पायर होटलबाट उनलाई पक्राउ गरिएको हो । त्यहाँ अर्को नयाँ फिल्मको छायांकनको तयारीमा रहेका थापालाई मालीगाउँ प्रहरीले पक्राउ गरेको हो ।

फिल्म निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको मन्जुरीबिना फिल्मलाई देश विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै मुद्दा दायर गरेका थिए ।

सुदर्शन थापा फिल्म प्रसाद २ का निर्देशक पनि हुन् । फिल्मको लगानीको विषयलाई लिएर पनि सुरुदेखि नै निर्माताहरुबीच विवाद भएको थियो ।


क्लिकमान्डु