चुरोटको विकल्प भेप हुन सक्दैन: भेपको धुवाँका ७० रसायन क्यान्सरको कारण



चुरोटले दीर्घकालीन असर गरे पनि भेपले युवाहरुमा निकोटिनप्रतिको निर्भरता गहिरो रुपमा बढाउँछ । साथै भेपले चुरोटको लत छुटाउँछ भनी प्रमाणित पुष्टि भएको छैन ।

एजेन्सी । नेपालमा प्रतिबन्धका बावजुद भेप अर्थात् इलेक्रटोनिक सिगरेटको प्रयोग व्यापकरुपमा बढ्दो छ । कतिपय मानिसहरु धुम्रपानभन्दा कम हानिकारक हुन्छ भनेर पनि भेप (ई सिगरेट) प्रयोग गर्ने गरेका हुन्छन् ।

तर भेपले दीर्घकालीन स्वास्थ्यमा कति र कसरी असर गर्छ भनेर वैज्ञानिकरुपमा प्रमाणित भने भएको छैन । यद्यपि भेप पनि सधैँका लागि सुरक्षित विकल्प नभएको विज्ञानले संकेत गरेको छ । थुप्रै प्रमाणहरुले भेपलाई पनि खतरनाक नै रहेको देखाउँछन्। भेपिङमा ई सिगरेट वा भेप मार्फत निकोटिन र स्वादसहित धेरै रसायनहरूलाई एरोसोलमा सास फेर्दा सामेल गरिएको हुन्छ ।

भेपिङ पनि असुरक्षित

सामान्यतया धुम्रपान र भेपिङ दुबै मानव स्वाथ्यका लागि हानिकारक नै मानिन्छन् । उपलब्ध प्रमाणका आधारमा तुलनात्मक रुपमा धुम्रपान धेरै हानिकारक हुन्छ । तर यसको अर्थ भेप पनि सुरक्षित भने हैन । विज्ञहरुका अनुसार भेपको धुवाँमा ७ हजार भन्दा धेरै रसायनहरु रहेका हुन्छन् । यीमध्ये सयौं रसायनहरु टोक्सिक हुन्छन् । ७० वटा जति रसायन क्यान्सरको कारण हुन्छन् ।

अमेरिकन हार्ट एसोसिएसन (एएचए) का अनुसार भेपिङ तरल पदार्थमा सिगरेटको तुलनामा कम प्रदुषक हुन्छ । तर त्यो पूर्णरुपमा सुरक्षित हुँदैन । भेपिङ गर्ने मानिसहरुलाई विभिन्न कारणबाट हानी पुग्ने बताइन्छ । जस्तै निकोटिन, खतरनाक रसायन, फोक्सोमा समस्या ।

चुरोटको जोखिम

धुम्रपानबारे वर्षौंदेखि विभिन्न खोज र अनुसन्धान हुँदै आएका छन् । जसले मानव स्वास्थ्यलाई खराब गर्छ भन्ने प्रसस्त प्रमाण देखिएका छन् । धुम्रपानले गर्दा शरीरका हरेक अंगमा असर पार्छ । अमेरिकाको तथ्यांक हेर्ने हो भने त्यहाँ हरेक वर्ष ४ लाख ८० हजारभन्दा धेरै मानिसको मृत्यु हुने गर्छ ।

यस्तै फोक्सोको क्यान्सरबाट भएका मृत्युमा ९० प्रतिशत धुम्रपान नै हुने अनुसन्धानले देखाउँछ । यस्तै क्रोनिक अब्स्ट्रक्टिभ पल्मेनरी डिजिज (सीओपीडी) बाट मृत्यु हुने झण्डै ८० प्रतिशत धुम्रपान नै कारक मानिन्छ । साथै धुम्रपानले मुटुरोग र स्ट्रोक जस्ता स्वास्थ्य अवस्थाहरुको जोखिम बढाउँदै आएको छ ।

धुम्रपानले पार्ने दीर्घकालीन असर

धुम्रपानले मानव शरीरमा दीर्घकालीन असर पार्छ । विभिन्न रिपोर्टले के देखाउँछ भने, धुम्रपानले विर्यको मात्रा घटाउने गर्छ । गर्भवती महिलाहरुको गर्भावस्थामा हानी पुर्‍याउनुका साथै जन्मने सन्तानहरुमा अपांगता वा असक्षमताको जोखिम बढाउँछ । यस्तै धुम्रपानले मोतियाविन्दुको जोखिम बढाउँछ ।

रोग प्रतिरक्षात्मक प्रणालीलाई यसले कमजोर बनाउँछ । यसले फोक्सो, मिर्गौलार पेट लगायतका शरीरका कुनै पनि अंगमा क्यान्सर बनाउन सक्छ । यस्तै यसले दमको समस्या निम्त्याउन सक्छ । नसा र धमनीहरुमा रक्तसञ्चार अवरोध गर्नसक्छ । जसले स्ट्रोकको जोखिम बढाउँछ ।

भेपिङको दीर्घकालीन असर

अनुसन्धानहरुले के देखाउँछन् भने भेपिङले फोक्सो र शरीरका अंगहरुको नियमित प्रक्रियालाई असर पुर्‍याउँछ । तर यसको असर धुम्रपानभन्दा ज्यादै कम हुने विभिन्न रिपोर्टले देखाएका छन् । यद्यपि २०१९ मा भेपको दीर्घकालीन स्वास्थ्य असरहरुबारे गरिएको अनुसन्धानले ई चुरोट प्रयोग गर्ने मानिसहरुमा कहिल्यै धुम्रपान नगर्ने मानिसहरूको तुलनामा श्वासप्रश्वाससम्बन्धी रोगको उच्च जोखिम रहेको पत्ता लगाएको थियो ।

भेपिङले फोक्सोलाई बिगार्नसक्छ । साथै यसले शरीरमा क्यान्सर निम्त्याउनसक्ने कणहरु उत्पादन गर्ने बताइन्छ । साथै भेपले रोग प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँछ । र मस्तिष्कको विकासको गतिमा पनि यसले असर पुर्‍याउँछ । विशेषगरी बालबालिका र टिनएजरहरुमा ।

धुम्रपान छोडेर भेपिङ

बेलायतमा स्वास्थ्य सेवासँग जोडिएका संस्थाहरु भन्छन्, धुम्रपान छाडेर भेप प्रयोग गर्नुलाई प्रभावकारी र सुरक्षित उपाय मान्ने गरेका छन् । यसवाहेक २०२१ मा बेलायतको खाद्य तथा औषधि विभागले तीनवटा ई सिगरेट निर्माता कम्पनीहरुलाई धुम्रपानबाट छुटकारा दिलाउने उपायको रुपमा मार्केटिङ गर्ने अनुमति दिएका थिए । यद्यपि भेपिङले धुम्रपानबाट छुटकारा गराउन सक्छ भनी प्रमाणित कुनै पनि पुष्टि भएको छैन । तर २०२१ को एक अध्ययनले सुर्तीजन्य धुम्रपान गर्नेहरुमा ई सिगरेटको प्रयोगले धुम्रपान छोड्ने सम्भावना ८ गुणा बढाउनसक्छ भन्ने के पत्ता लगाएको छ ।

उक्त सर्वेक्षणका सहभागीहरुमध्ये सुरुमा धुम्रपान छोड्ने योजनामा नरहेका अति थोरैले मात्र भेपको प्रयोगपछि धुम्रपान छोड्ने अवस्थामा पुगेको बताइएको छ । उनीहरुमध्ये ई चुरोट प्रयोग नगर्ने सहभागीहरुमध्ये, सर्वेक्षणको अन्त्यमा ५.८ प्रतिशतले मात्रै धुम्रपान पूर्ण रूपमा छाडेका थिए ।

निकोटिन एउटा लत हो । नेसनल इन्स्टिच्युट अन ड्रग एब्युजका अनुसार हरेक वर्ष धुम्रपान गर्नेहरुमध्ये आधाले छाड्ने प्रयास गर्छन् । जवकि ६ प्रतिशत मात्रै यसमा सफल हुन्छन् । २०१९ को अनुसन्धानले सार्वजनिक गरेको रिपोर्ट अनुसार निकोटिनयुक्त ई चुरोटमा युवा र वयस्कहरुको लत चुरोटको तुलनामा झनै धेरै हुने गरेको छ ।

सामान्यत भेप र धुम्रपान दुवैले मानव शरीरमा पुर्‍याउने हानी साझा नै हुन्छ । त्यसको जोखिमको तहमा भने केही फरक देखिने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । चुरोटले दीर्घकालीन असर पुर्‍याए पनि भेपले भने युवाहरुमा निकवटिनसँगको गहिरो लत बढाउने बताइन्छ । साथै भेपले युवाहरुमा निकोटितमाथिको निर्भरता बढाउने विभिन्न रिसर्चले देखाएका छन् ।


क्लिकमान्डु