बालेनलाई सिंगापुर जान सरकारले दियो स्वीकृति



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सिंगापुर जाने भएका छन् ।

जेठ २० देखि २२ सम्म सिंगापुरमा आयोजना हुने ९ औँ वर्ल्ड सिटी समिट कार्यक्रममा सहभागि हुन शाह सिंगापुर जान लागेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ २० देखि २२ सम्म सिंगापुरमा आयोजना हुने ९ औँ वल्र्ड सिटी समिट कार्यक्रममा सहभागि हुन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।


क्लिकमान्डु