टीयू क्रिकेट मैदानमा बन्ने संरचनाबारे जानकारी लिन पुगे खेलकुद मन्त्री, सन्दीपलाई भेटे



काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको निरीक्षण गरेका छन् ।

बिहीबार मन्त्री विराजभक्त श्रेष्ठले क्रिकेट मैदानमा अब बन्ने नयाँ संरचनाका बारेमा जानकारी लिएका छन् ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङले टीयू क्रिकेट मैदान हातामा राखेपले बनाएको अधिकांश भौतिक संरचना बारे जानकारी दिएका थिए ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले क्रिकेट मैदान हाताभित्र बन्ने नयाँ संरचनाको प्रारम्भिक ढाँचा बारे प्रकाश पारेका थिए ।

अवलोकन भ्रमणमा क्रममा मैदानमा अभ्यास गरिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई पनि भेटेर मन्त्री श्रेष्ठले कुटनीतिक पहलहरु भइरहेको बताउँदै सरकार गम्भीर रुपमा लागेको सुनाए ।

‘हाम्रो तर्फबाट सतप्रतिशत काम भएको छ। उताको कुरा के के हुन्छ हेरौँ । त्यसमा कुटनीतिक कुराहरु छन्। सरकार पनि एकदम चिन्तित छ। कुटनीतिक कार्यमा गएर रोकिएको हो । केही राम्रो नै हुन्छ भन्ने आशा गरौँ’ उनले भने ।


क्लिकमान्डु