जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेस गर्न पहल गरिने



काठमाडौं । सरकारले जनकपुरस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने घोषणा गरेको छ ।

संघीय ससदको संयुक्त बैठकमा सरकारले तयार गरेको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरी काम गरिने घोषणा गरे ।

युनेस्कोले सांकृतिक तथा प्राकृतिक महत्वको स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने गरेको छ ।

विश्व सम्पदा सुचीमा सूचीकृत हुँदा विश्वभरी त्यस्ता गन्तव्यको प्रचारप्रसार हुने गर्छ ।

हाल नेपालमा काठमाडौं उपत्यकामा ८, चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज तथा लुम्बिनी विश्व सम्पदा सूचीमा सचिकृत छन् ।


क्लिकमान्डु