उच्च पद प्राप्त गर्दैमा कानुनी जवाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल: राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीतिले सुशामसन र सेवा प्रवाहमा सकारात्मक प्रभाव परेको जनाएका छन् ।

मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति पौडेलले सबै किसिमका भ्रष्टाचार छानबिनको दायरामा आएको उल्लेख गरे । उच्च पद प्राप्त गर्दैमा कानुनी जवाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भएको उनले उल्लेख गरे ।

‘सरकारको नीतिले सुशासन र सेवा प्रवाहमा सकारात्मक प्रभाव परेको छ । सबै किसिमका भ्रष्टाचार छानबिनको दायरामा आएका छन् । उच्च पद प्राप्त गर्दैमा कानुनी जवाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल भयो । नागरिकमा आशा र भरोसा बढ्यो’ नीति तथा कार्यक्रममा भनिएको छ ।


क्लिकमान्डु