५३ अर्ब लगानीका अन्तर्राष्ट्रिय विमानस्थलमा २ वर्षसम्म बाह्य उडान ठप्पः विकल्प पर्याप्त, प्रयास न्यून

भैरहवामा एटीआर जहाज चलाउने नयाँ विकल्प अगाडि सार्दै पर्यटन मन्त्रालय



काठमाडौं । राज्यले चलाउन नसकेर लगानी डुबाएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडानबिहिन छन् ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन भएको २ वर्ष पूरा भएको छ भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डेढ वर्ष पुगेको छ । यी दुई विमानस्थलामा राज्यको करिब ५३ अर्ब रुपैयाँ लगानी भएको छ । जसमध्ये भैरहवामा मात्रै करिब ३२ अर्ब रुपैयाँ लगानी भएको छ । यो विमानस्थलको लागि ७ अर्ब ऋण र जग्गा अधिग्रहणसहितमा भएको लगानी ३२ अर्ब रुपैयाँ पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । भैहरवाको लागि सरकारले एशियाली विकास बैंकबाट ल्याएको ऋणबाट भएको हो ।

राज्यले भौतिक पूर्वाधारमा मात्रै करिब २८ अर्ब रुपैयाँ पोखरा र भैरहवामा विमानस्थल सञ्चालन हुन सकेकाे छैन् । यी दुइ विमानस्थल सञ्चालनमा राज्यले अनेकाै विकल्पको बहाना गरेरअल्झाइरहेकाे छ । यद्यपी यी दुइ विमानस्थल सञ्चालन गर्न पर्याप्त विकल्प भएपनि यसका लागि भएका प्रयास भने न्यून छ ।

चीन सरकारको ऋण सहयोगमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको हो । यो विमानस्थलको भने भौतिक पूर्वाधारमा मात्रै सरकारले चीनसँग २१ अर्ब रुपैयाँ ऋण लिएर निर्माण गरेको छ । ऋणको किस्ता तिर्न समेत शुरु हुँदा पनि विमानस्थबाट अन्तर्राष्ट्रिय उडान शुरु भने हुन सकेको छैन ।

सरकारले २०७९ जेठ २ गते भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय र २०७९ पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटन गरेको भएपनि दुबै विमानस्थलमा अन्तर्राष्ट्रिय उठान ठप्प छ । भैरहवामा केही समय जजिरा एयरलाइन्सले नियमित उडान गरेको भएपनि निरन्तरता भने दिन सकेन । सरकारले पनि आकर्षक सेवा तथा सुविधा दिएर विदेशी जहाजलाई आकर्षित गराउन नक्नु र आउन चाहेका वायुसेवाका लागि समेत प्राविधिक समस्या समाधान गर्न नसक्नुले अहिले दुबै अन्तर्राष्ट्रिय विमानस्थल ठप्प छ ।

दुबै विमानस्थल सञ्चालन गर्न प्रस्तावमा विकल्प र छलफल पर्याप्त भएका छन् । तर, जहाज उडाउने प्रयास भने न्यून छ । यी दुई विमानस्थल सञ्चालन गर्न आएका जति विकल्प र प्रयास भएपनि जहाज उडाएर परिणाम देखिँदैन तबसम्म सबै प्रयास विफल नै मानिन्छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेर दुई वर्षसम्म सञ्चालन गर्न नसक्नुले ऋणमा बनाएका यी आयोजना केवल कमिसनका लागि मात्रै हुन भन्ने पुष्टि भएको छ । यी दुई विमानस्थलले राज्यसंयन्त्रमाथि सधै प्रश्न उठाइरहने अवस्थासमेत सिर्जना भएको छ ।

विमानस्थल सञ्चालन गर्न पर्याप्त विकल्प न्यून प्रयास

पोखरा र भैरहवा विमानस्थल सञ्चालन गर्न पर्यटन मन्त्रालयले नयाँ विकल्प अगाडि सारेको छ । यो दुबै विमानस्थललाई चलाउन एटीआर ५०० जहाज उपयुक्त हुने विषयमा पर्यटन मन्त्रालयले नयाँ प्रस्ताव अगाडि सारेको छ । मन्त्रालयका अनुसार बंगलादेश, भारत, पाकिस्तान, थाइल्याण्डबाट हाल बुद्ध र यति एयरलाइन्सले सञ्चालन गरेजस्तो एटीआर ५०० नामाक ७२ सिट क्षमता वा सोही प्रकृत्तिको जहाज उपयुक्त हुने निष्कर्षमा पर्यटन मन्त्रालय पुगेको छ ।

पर्यटन मन्त्रालयका निवर्तमान सचिव दीपक काफ्लेले आफ्नो पर्यटन मन्त्रालयबाट सरुवा हुनु एक दिन अगाडि मात्रै उक्त विषयमा मुख्यसचिव वैकुण्ठ अर्यालसँग छलफल भएको बताए । काफ्ले पर्यटन मन्त्रालबाट विदाइ भएको दिन (२३ वैशाखमा) भने ‘पोखरा र भैरहवा नचलाइ हुँदैन । त्यसका लागि मैले प्रयास गरेर प्रस्ताव अगाडि बढाउने तयारी हुँदै गर्दा छोेडेर जानुपर्यो अब त्यसलाई अगाडि बढाउन आग्रह गर्छु ।’

सरकारले विभिन्न विकल्प र प्रस्तावमा छलफल गरिरहेको भएपनि हाम्रो आवश्यकता भन्दापनि वायुसेवा कम्पनीको सहजतामा साना जहाज सञ्चालन हुने विषय निर्धारण हुने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबावु तिवारीले बताए ।

उनले भने ‘अन्तर्राष्ट्रिय उडान भएकोले साना जहाजभन्दा यात्रुले ठूलै रुचाउने, जेटको तुलनामा भाडा र समय बढी लाग्ने हुन्छ।’

ठूला जहाजको विकल्पमा साना जहाज चलाउने भन्ने विषयको सम्भाव्यता समेत हेर्नुपर्ने र ठूला जहाजको नेटवर्क नभएको ठाउँमा हुनुपर्ने बुझाई पनि तिवारीको छ । ठूला जहाजमा अन्तर्राष्ट्रिय उडान हुँदा कम्फर्ट, चाँडो, कम भाडामा यात्रा हुन सक्ने भएकोले त्यसको विकल्पमा प्रतिस्पर्धा गर्न सानाले नसक्ने पनि हुनसक्ने भएकोले सबै पक्षलाई विश्लेषण गरेर मात्रै साना जहाजबाट उडान हुने विषयको निर्क्यौल गर्नुपर्ने पनि तिवारीको बुझाइ छ ।

पीपीमा बण्डलिङ उपयुक्त

भैरहवा र पोखरालाई एउटै परियोजना बनाएर सार्वजनिक निजी साझेदारी (पीपीपी)मोडलमा सञ्चालन गर्न दिनुपर्र्ने सुझाव अध्ययन समितिले दिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धित पूर्वसचिव शंकर अधिकारीको संयोजकत्वको उक्त अध्ययन समितिले पीपीपी मोडालिटीमा रिह्याविलिटेड, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण मोडेलेमा यी दुई विमानस्थल सञ्चालन गर्न सकिने सुझाव सरकारले दिएको छ । सोही सुझावलाई ग्रहण गर्दै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई एउटै प्योकजमा राखेर लगानी सम्मेलनको सोकेशमा राखिसकेको छ ।

अध्ययन समितिले दुबै विमानस्थललाई फरक फरक परियोजनाको रुपमा राखेर पीपीपी मोडलमै चलाउन सकिने सुझावसमेत दिएको छ । यसका लागि पनि रिह्याविलिटेड, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (रुट) मोडलमै जानुपर्ने सुझाव दिएको छ ।

आइएलएसको विकल्प खोजेर विमानस्थल चलाउन व्यवस्थापनको सुझाव

विभिन्न अध्ययन समितिले दिएको सुझाव र प्रयास हुँदा पनि गौतमबुद्ध विमानस्थल सञ्चालन हुन नसक्नुको मूल कारण प्राविधिक विषय औल्याइएको छ । विमानस्थलमा अवरतण गर्ने प्रणाली इन्टुमेन्टल ल्याण्डिङ सिस्टम (आइएलएस)को विकल्पमा जानुपर्ने सुझाव गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले दिएका छन् । उनले यो विमानस्थल चलाउन विभिन्न १० बुँदे सुझाव दिँदै यसलाई कार्यान्वयन गरेर जानुपर्ने पनि बताएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान सञ्चालन सम्बन्धमा राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमाका सांसदसँग छलफलसहित विभिन्न मन्त्रालय (पर्यटन, अर्थ, स्वास्थ्य, श्रम, उद्योग, परराष्ट्र) र अन्तर्गत निकायबाट पहल हुनुपर्ने सहितका विषयलाई समेटेर तिवारीले सुझाव यस्ता छन् ।

१. इन्टुमेन्टल ल्याण्डिङ सिस्टम (आइएलएस)बाट न्यून भिजिबिलिटीमा जहाजहरु अवतरण हुन सक्छन । तर, भैरहवाको एयरस्पेसको सिमितताका कारण आइएलएस सञ्चालनमा आउन सकेको छैन । यो अवस्थामा यान्त्रिक विधिमा उडान गर्दा न्यूनतम भिजिबिलिटी १८०० मिटर चाहिन्छ । जाडोमा अन्तर्राष्ट्रिय उडान होल्ड , डाइभर्ट हुनु परेको कारण उडान नियमित हुन नसकेको अवस्थामा यसको विकल्पको रूपमा प्राधिकरणले भू–उपग्रहमा आधारित आरएनपी एआर एप्रोच विधि बनाउँदा थप खर्च पनि नलाग्ने, भिजिबीलिटी पनि १८०० मिटरभन्दा कममा अवतरण गर्न सक्ने हुन्छ । त्यसका लागि आइएलएसको विकल्प खोज्नुपर्ने सुझाव तिवारीले दिएका छन् ।

२. गत वर्षको बजेट नीति तथा कार्यक्रममा हवाई टिकटमा भ्याट लगाउने निर्णयले हवाई भाडा बढेको गुनासो सहित विभिन्न वायुसेवा कम्पनीहरुले हवाई भाडा घटाउन माग गरिरहेका छन् । भैरहवाबाट उडानका लागि यात्रु आकर्षित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा हवाई भाडा सस्तो हुनु पर्ने त्यसको लागि, प्राधिकरणले ल्याण्डिङ, पार्किङ, नेभिगेसन, सेक्युरीटी चार्जसहितमा छुट दिन सकिन्छ । यसले थप यात्रु सेवा दस्तुर घटाउने, ग्राउण्ड हन्डलिङ दस्तुर घटाउने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्ने, यहाँ बाट उडान भर्ने अन्तर्राष्ट्रिय उडानका लागि मात्र इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा महंगो नपर्ने पर्दैन । इन्धन ढुवानी शुल्क निश्चित अवधिको लागि छुट दिएको खण्डमा अन्तर्राष्ट्रिय उडानको हवाई भाडा कम हुँदा यात्रुहरु यस विमानस्थल प्रयोगमा आकर्षित गर्न सकिन्छ । जसका लागि आगामी आबको बजेटले सम्बोधन गर्नु उपयुक्त हुन्छ ।

३. हाल नेपाल वायुसेवा निगमले मात्र हप्तामा एक उडान क्वालालम्पुरबाट गौतमबुद्ध विमानस्थल गरिरहेको भएता पनि सोचे अनुरूप यात्रु आएका छैनन् । विगतमा जजिरा एयरलाइन्सलेले खाडी मुलुकबाट सिधा उडान गरेको भएता पनि विविध कारण देखाएर उडान बन्द गरिसकेको छ । नेपालका अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक, नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सबाट खाडी मुलुकका विमानस्थल, चीन, भारत र वुद्धिस्ट मुलुकका विमानस्थलमासमेत क्रमशः नेटवर्क विस्तार गराउँदा विमानस्थल र उडानका प्रचार-प्रसार हुने र अन्य वायुसेवालाई पनि उडान सुचारु गर्न आधार तय हुन्छ ।

४. यस विमानस्थललाई ट्रान्जिट कार्गोको रूपमा विकास गर्न तथा ट्राफिक लोडका लागि नेपाली वायुसेवाले सेवा दिन नसक्ने अवस्थामा अन्य मुलुकका वायुसेवाका लागि फिफ्थ फ्रिडम राइट प्रदान गरी विमानस्थलको उपयोग बढाउने नीति पर्यटन मन्त्रालयलले लिनुपर्छ ।

५. भैरहवा विमानस्थललाई सबै वाइडबडी क्याटगोरीको जहाजको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा तयार गर्न नेपाल वायुसेवा निगमले वाइडबडीलाई समेत हुने गरी ग्राउण्ड ह्याण्डलिङ उपकरण र जनशक्तिको व्यवस्था गर्नुपर्छ।

६. खाडी मुलुकमा रोजगारको लागि जाने यात्रुले मेडिकल टेस्ट काठमाडौंको तोकिएको टेस्ट सेन्टरबाट मात्र गरी आएकोमा यात्रुको लागि काठमाडौं जानु पार्ने झन्झटका कारण विगतमा हिमालयन एयरलाइन्सको उडानसमेत प्रभावित हुन पुगेको थियो । भैरहवाको सरकारी अस्पतालबाट टेस्ट गर्न सक्ने व्यवस्थाका लागि स्वास्थ्य तथा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित मुलुकमा पहल हुनुपर्छ ।

७. भैरहवा मा नै मेनपावर कम्पनी अफिस खोल्ने व्यवस्था श्रम मन्त्रालयले मिलाउनुर्छ ।

८. धनगढीरनेपालगञ्ज (भैरहवा, चन्द्रगढी/विराटनगर/जनकपुर (भैरहवा अन्तरप्रदेश उडान सञ्चालन गरी यात्रुका लागि सहज आवागमन गराउन आन्तरिक वायुसेवा कम्पनीलाई सहभागी गराउनुपर्छ ।

९. खाडी मुलुकका वायुसेवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट गर्ने कुल उडानको २० प्रतिशत उडान भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न पर्ने र थप उडान माग गर्ने वायुसेवालाई काठमाडौं विमानस्थलमा स्लट नदिने व्यवस्था मिलाउनुपर्छ ।

१०. यात्रुहरुका लागि विमानस्थल आवागमन गर्न सहज यातायात व्यवस्था र यात्रुको चाहना अनुकुलको थप सुविधा स्थानीय निकायले व्यवस्था गर्नुपर्नेसहित सबै निकायको साझा प्रयास आवश्यक भएको सुझावमा उल्लेख छ ।


राजु बास्कोटा