सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?



काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला २३ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला २३ सय रुपैयाँले बढे १ लाख ३७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य १ लाख ३७ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

साथै शुक्रबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेर १७ सय ३५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु