महाराजगञ्जमा पौने ३ अर्ब लागतमा सेल्सबेरी स्टोर: तेह्रौं तलामा भ्यू टावर, ३६० डिग्रीमा काठमाडौं हेर्न सकिने



काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गर्दैछ । ३० वर्षदेखि चेन डिपार्टमेण्टल स्टोरका रुपमा सञ्चालित सेलवेज ग्रुप अर्न्तगत रही सेलवेज क्यास एण्ड क्यारी प्रालि विगत १० वर्षदेखि सेल्सवेरी ब्राण्डमा व्यापार, व्यवसाय गर्दै आएको छ ।

हाल ३२ वटा शाखामार्फत व्यापार, व्यवसाय गर्दै आएको सेल्सबेरीले शुक्रबारबाट महाराजगञ्जमा ग्राण्ड ओपनिङ गर्न लागेको हो । अत्याधुनिक भवनमार्फत अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गरि एक बेग्लै खालको किनमेलको आनन्द दिने विश्वास लिएको सेल्स बेरीले जनाएको छ ।

उक्त अत्याधुनिक भवनमा बाल मनोरन्जनका सुविधा, स्पा, ज्याकुजी, स्वीमिंग पुल तथा विविध स्वदेशी, विदेशी खानाहरुको सेवा, सुविधा सहितको विश्व स्तरीय रेष्टुरेण्ट सहित स्वदेशी एवम् अन्तराष्ट्रिय गुणस्तरिय सामानहरु उचित मूल्यमा उपलब्ध गरि ग्राहकको विश्वास जित्नेमा कम्पनीले विश्वास लिएको छ ।

२ अर्ब ७५ करोड लगानी

महाराजगञ्जको सेल्सबेरी सुपरस्टोरमा २ अर्ब ७५ करोड रुपैयाँ लगानी भएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील प्रधानाङ्गले जानकारी दिए ।

९ रोपनी क्षेत्रफल ओगटेको १६ तला अग्लो सेल्सबेरी सुपरस्टोरको उक्त अत्याधुनिक भवनमा ४ तला बेसमेन्ट पार्किङ रहेको छ । भुई तलादेखि छैठौं तलासम्म डिपार्टमेण्टल स्टोर सञ्चालन हुने कम्पनीले जनाएको छ ।

सातौं र आठौं तलामा विभिन्न कर्पोरेट अफिसहरु रहने छन् । नवौं, दसौं तथा एघारौं तलामा जिम, फिटनेस सेन्टर, स्पा तथा स्वदेशी एवम् विदेशी खानाहरुको सेवा, सुविधा सहितको रेष्टुरेण्ट एवम् बार संचालन हुने कम्पनीले जनाएको छ ।

बाह्रौ तलामा स्वीमिङ पुल, ज्याकुजी, बियर गार्डेन, कफि लाउन्ज तथा इभेन्ट सेन्टर सञ्चालन हुनेछ । उक्त भवनको तेह्रौं तलामा भ्यू टावर रहेको र त्यहाँबाट काठमाडौं उपत्यका ३६० डिग्रीमा दृस्यावलोकन गर्न सकिने उनले बताए ।

‘रियल डिपार्टमेन्टल स्टोर कस्तो हुन्छ भन्ने अनुभव गर्न सेल्सबेरी सुपरस्टोर महाराजगनञ्ज जानैपर्ने गरी तयार पारेका छौं,’ सीईओ प्रधानाङ्गले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘यहाँ पाइने सामान सितिमिति अन्य डिपार्टमेन्टल स्टोरमा पाइँदैन । यो प्रिमियम सुपरस्टोर बन्ने विश्वास छ ।’

सेल्सवेरीले अर्को शाखा पनि सञ्चालन गर्न लागेको उनले जानकारी दिए । कालिमाटीमा अवस्थित कालिमाटी ट्रेड सेन्टरमा अर्को शाखा सञ्चालन गर्न लागेको सेल्सबेरीले जनाएको छ । वैशाख २१ गते उक्त शाखाको सुरुवात हुने उनको भनाइ छ ।

महाराजगञ्जको सेल्सवेरी टावर तथा कालिमाटी ट्रेड सेन्टरको सुरुवातको उपलक्ष्यमा कम्पनीले ग्राहकका लागि लक्की ड्र स्किममार्फत मार्फत बम्पर पुरस्कारको रुपमा एमजी कमेट ईभी पेस ईलेक्ट्रिक कार तथा प्रथम पुरस्कार वापत सेजवे नाइनबुट ई १०० स्कुटर तथा अन्य आकर्षक पुरस्कारहरु लक्की ड्र स्कीममार्फत राख्ने जनाएको छ ।

कम्पनीले यसै आर्थिक वर्षको अन्त्य सम्ममा काठमाडौं तथा पोखरामा थप ६ वटा शाखाहरु सञ्चालन गर्न गएको र हरेक वर्ष सानो, मध्यम तथा ठुलो स्तरको १०-१५ वटा सम्म शाखा सञ्चालनको विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।

कम्पनीले विगत १० वर्षदेखि सेल्सवेरी व्राण्डमा हाल ३२ वटा शाखामार्फत आफ्नो व्यापार, व्यवसाय संचालन गर्दै आइरहेको छ । सन् २०२६ सम्म १०० वटा शाखा विस्तार गरी २,००० जनशक्तिलाई प्रत्यक्ष रोजगारी सृजना गर्ने लक्ष्य लिएको सेल्सवेरीले जनाएको छ ।


क्लिकमान्डु