सोपान मल्टिपल कम्पनीले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त



काठमाडौं । सोपान मल्टिपल कम्पनीले प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

सोपानका अध्यक्ष डा. तारा प्रसाद पोखरेल र क्यापिटलका सीईओ दिपेश कुमार बैध्यले नियुक्तीका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कम्पनीले अंकित मूल्यमा १०७ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको छ ।
आगामी वैशाख २२ गते हुन लागेको कम्पनीको १५औं बार्षिक साधारणसभामा प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले चुक्ता पूँजी १ अर्ब ४५ करोड ७५ लाख पुर्याउन लागेको छ । संस्थापक तर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता रहने र २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता सर्वसाधारणलाई आईपिओ निष्कान गर्न लागेको जनाएको छ ।

सोपान मल्टिपलको लगानी रहेको मैलुङ्ग खोला जलबिद्युत कम्पनी र माथिल्लो मैलुङ्ग खोलाले आईपीओ निष्काशन गरिसकेको छ । सोपान मल्टिपलको प्रमुख परियोजनाको सोपान फर्मास्युटिकल्सले आईपीओ निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको जनाइएको छ ।


क्लिकमान्डु