सिन्धुलीमा प्रेसर कुकर बम विस्फोट, एनसेलको टावरमा क्षति



फाइल तस्बिर

काठमाडौं । सिन्धुलीमा बम विस्फोट भएको छ । कमलामाई नगरपालिकास्थित एनसेलको टावरमा बम विस्फोट भएको हो।

प्रहरीका अनुसार गएराति साढे १ बजे प्रेसर कुकर बम विस्फोट भएको हो ।

विस्फोटले टावरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।

घटनास्थलमा जनमुक्ति सेना लेखिएको पर्चा फेला परेको प्रहरीले जनाएको छ ।

बम विस्फोटबारे स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। बम विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु