सञ्चालन मोडालिटी नबन्दा बागमतीको पाउडर दुध कारखाना अलपत्र



काठमाडौं । सरकारले कारखाना सञ्चालनसम्बन्धी मोडालिटी तयार नगर्दा हेटौंडाको पाउडर दुध कारखाना औपचारिक रुपमा सञ्चालनमा आउन सकेको छैन ।

बागमती प्रदेश सरकारले हेटौंडामा निर्माण भएको पाउडर दुध कारखाना सञ्चालन गर्न हालसम्म मोडालिटी तयार गरेको छैन । तयार भएको कारखाना औपचारिक रुपमा नियमित रुपमा सञ्चालनमा नआउँदा मेसिनरी उपकरणमा खिया लाग्ने जोखिम बढेको बागमती प्रदेश दुग्ध विकास बोर्डले जनाएको छ ।

खपतभन्दा बढी भएको दुध खेर जान नदिन बागमती प्रदेश सरकारले हेटौंडाको न्युरेनीस्थित सिसौंघारीमा पाउडर दुधको प्लान्ट निर्माण गरेको छ । सरकारी स्वामित्व रहेको जग्गामध्ये २ विगाहा जग्गामा यो कारखाना निर्माण गरिएको हो ।

बागमती प्रदेश दुग्ध विकास बोर्डका निर्देशक सजिता ज्ञवालीका अनुसार निर्माण सम्पन्न भएको उक्त कारखानाले अहिले दुग्ध विकास संस्थान(डीडीसी) को सहकार्यमा कहिले काँही परीक्षण उत्पादन गरेपनि औपचारिक रुपमा अझै सञ्चालनमा आउन नसकेको हो ।

‘सञ्चालनको जिम्मा कसलाई दिने भन्ने बिषयमा हालसम्म मोडालिटी तय नभएकाले औपचारिक रुपमा सञ्चालनमा आउन नसकेको हो,’ ज्ञवालीले क्लिकमान्डुसँग भनिन्, ‘सञ्चालनको मोडालिटी प्रदेश सरकारले तय गर्नेछ । त्यसपछि हामीले प्रदेश सरकारको निर्णयअनुसार सञ्चालनको लागि जिम्मा लगाउँछौं ।’

निर्माण सम्पन्न भएको उक्त कारखानाले गत मंसिरदेखि बेला मौकामा परीक्षण उत्पादन भने गर्दै आएको छ । कारखाना निर्माणको क्रममा मेसिनरी उपकरण आपूर्ति र जडानको ठेक्का पाएको ईजी इन्फ्रा कम्पनीले बाँकी भुक्तानीसमेत प्राप्त नगरेकाले हालसम्म यो कारखाना बागमती प्रदेश दुग्ध विकास बोर्डको स्वामित्वमा समेत आइपुगेको छैन ।

ज्ञवालीका अनुसार ९ करोड रुपैयाँ अझै ठेकेदार कम्पनीलाई भुक्तानी गर्न बाँकी छ । ठेकेदार कम्पनीलाई बजेट उपलब्ध गराउन अभाव भएकाले बोर्डले प्रदेश सरकारसँग बुधबार मात्रै बजेट मागको प्रक्रिया थालेको ज्ञवालीले जानकारी दिइन् ।

‘ठेकेदार कम्पनीबाट बोर्डको स्वामित्वमा कारखाना ल्याउन बजेटको अभाव भएको छ,’ ज्ञवालीले भनिन, ‘प्रदेश अन्तर्गतको कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग समेत बजेट नभएकाले प्रदेश सरकारसँग ९ करोड रुपैयाँ माग गर्ने बिषयमा बुधबार नै प्रक्रिया सुरु भएको छ । यो बजेट प्राप्त भएपछि ठेकेदारलाई बाँकी भुक्तानी दिएर कारखाना बोर्डलाई हस्तान्तरण हुनेछ ।’
कारखाना हस्तान्तरण भएपछि यसको सञ्चालनको मोडालिटीको बिषयमा प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

उनका अनुसार बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयको प्रदेश दुग्ध विकास बोर्डको लगानीमा यो कारखाना निर्माण भएको हो । तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलको कार्यअवधीमा २०७७ पुष १ गते यो कारखानाको शिलन्यास भएको थियो।

बहुवर्षिय योजना अन्तर्गत कारखाना निर्माण गर्न हालसम्म बागमती प्रदेश सरकारको ४७ करोड रुपैयाँ खर्च भइसकेको छ । बोर्डका अनुसार ४१ करोड २२ लाख ७१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त कारखानाको निर्माण अवधी लम्बिदैं जाँदा निर्माण लागत ४७ करोड रुपैयाँ पुगेको हो ।

‘कारखानाको निर्माण सम्पन्न गरी पाइपलाइज लिंकेज, प्राविधिक, पाउडर दुधको गुणस्तरलगायतको बिषयमा परीक्षण उत्पादन सफल भएको छ,’ प्रदेश दुग्ध बिकास बोर्डका उपाध्यक्ष टिकाबल्लभ सापकोटाले भने, ‘अहिलेसम्म त्यस्तो कुनै त्रुटी फेला परेको छैन । सञ्चालनसम्बन्धी मोडालिटी तयार भएपछि नियमित रुपमा कारखाना सञ्चालनमा ल्याइनेछ ।’

किसानले उत्पादन गरेको दुध बजार नपाएर बिक्री हुन नसकेको अवस्थामा पाउडर दुध कारखाना निर्माणले ठूलो राहत भएको सापकोटाका भनाइ छ ।

व्यावसायिकरुपमा कारखाना सञ्चालनमा आएपछि हेटौंडा वरिपरीका विभिन्न जिल्लाका २५ हजार किसानले प्रत्यक्ष रुपमा फाइदा उठाउन सक्ने उनले बताए । यो कारखानाबाट दैनिक ६० हजार लिटर

खपतभन्दा बढी भएको दुध खेर जान नदिन बागमती प्रदेश सरकारले हेटौंडाको न्युरेनीस्थित सिसौंघारीमा पाउडर दुधको प्लान्ट निर्माण गरेको छ । सरकारी स्वामित्व रहेको जग्गामध्ये २ विगाहा जग्गामा यो कारखाना निर्माण गरिएको हो ।

प्रशोधन गरी पाउडर दुधमा परिणत गर्न सकिने बोर्डले जनाएको छ ।

उत्पादन बढी भएर खपत नभएको दुधलाई यो कारखानाको सहयोगमा पाउडर

खपतभन्दा बढी भएको दुध खेर जान नदिन बागमती प्रदेश सरकारले हेटौंडाको न्युरेनीस्थित सिसौंघारीमा पाउडर दुधको प्लान्ट निर्माण गरेको छ । सरकारी स्वामित्व रहेको जग्गामध्ये २ विगाहा जग्गामा यो कारखाना निर्माण गरिएको हो ।

‘तयार गर्न सकियो भने किसानले सडकमा दुध पोख्ने समस्या पनि धेरै हदसम्म कम हुने हाम्रो विश्वास छ,’ सापकोटाले भने ।

मधेश, बागमती र लुम्बिनी प्रदेशलाई नजिक हुने गरी यो कारखाना हेटौंडामा निर्माण गरिएको हो । तीनवटै प्रदेशमा खपतभन्दा बढी भएको दुधलाई संकलन गरी यो कारखानाको सहयोगमा पाउडर

खपतभन्दा बढी भएको दुध खेर जान नदिन बागमती प्रदेश सरकारले हेटौंडाको न्युरेनीस्थित सिसौंघारीमा पाउडर दुधको प्लान्ट निर्माण गरेको छ । सरकारी स्वामित्व रहेको जग्गामध्ये २ विगाहा जग्गामा यो कारखाना निर्माण गरिएको हो ।

मा परिणत गर्न सहज भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

दैनिक ६० हजार लिटर कच्चा दुधबाट ५ हजार मेट्रिक टन पाउडर दुध उत्पादन गर्ने क्षमता यो कारखानाको छ ।

कारखाना सञ्चालनका लागि आवश्यक पर्ने कच्चा दुध बागमतीका १३ जिल्लाका साथै मधेस प्रदेशको महोत्तरी, सर्लाही, रौतहट, पर्सा, बारा तथा गण्डकी प्रदेशको नवलपरासी, तनहुँलगायतका जिल्लाबाट दुध संकलन गरी ल्याउनुपर्ने दाहालले बताए ।

कात्तिकदेखि माघसम्म सबैभन्दा बढी दुध उत्पादन हुने सिजन हो । कम उत्पादन हुने समय फागुनदेखि असोजसम्म उत्पादन भएको दुधले नै बजार पाउन नसकेको समयमा बढी उत्पादन हुने सिजनको दुध खपत गर्न ठूलो चुनौती थपिएको छ ।

एशोसिएसनका अध्यक्ष दाहालका अनुसार कारखाना सञ्चालन हुने अवस्थामा पुगेपनि पछिल्लो १ बर्षदेखि तयार भएको तर बिक्री हुन नसकेको मख्खन र पाउडरले निजी क्षेत्र र सरकारी डीडीसीको सबै गोदाम भरिएका छन् ।

‘यस्तो अवस्थामा अहिले बढी भएको दुध हेटौंडा कारखानाबाट पाउडर बनाउँदा राख्ने कहाँ भनेर अर्को समस्या पनि थपिएको छ,’ दाहालले भने, ‘पुरानै स्टक रहेको मख्खन र पाउडर दुध बिक्री नभएको अवस्था छ ।’

बिक्री हुन नसकेर सरकारी र नीजि क्षेत्रसँग अहिले १४ अर्ब रुपैयाँभन्दा बढी मूल्यबराबरको पाउडर दुध र मख्खन स्टक बसेको छ ।

देशभर ५ लाख १५ हजार लिटर क्षमताको पाउडर कारखाना

डीडीसीका निवर्तमान महाप्रवन्धक संजिवकुमार झाका अनुसार पछिल्लो समयमा हेटौंडामा निर्माण भएको पाउडर दुध कारखानासहित अब देशभर कच्चा दुधबाट पाउडर दुध बनाउने कारखानाको संख्या ७ पुगेको छ ।

यसमध्ये ४ वटा निजी क्षेत्र, १ सहकारी र २ वटा सरकारी स्वामित्वमा खुलेका छन् । झाकाअनुसार यसमध्ये निजी क्षेत्रतर्फ पोखरामा सबैभन्दा ठूलो क्षमताको डेढ लाख लिटर क्षमताको सुजल डेरी उद्योग छ । त्यसपछि चितवनमा १ लाख लिटर क्षमताको चितवन मिल्क, ५० हजार लिटर क्षमताको खरिपाटी डेरी भक्तपुर र ३० हजार लिटर क्षमताको बिराटनगरमा सुर्योदय मिल्क उद्योग सञ्चालनमा छन् ।

यस्तै सहकारीतर्फ इटहरीको तरहरामा ६० हजार लिटर क्षमताको सगरमाथा विशिष्टीकृत उद्योग र सरकारी स्वामित्वमा बिराटनगरमा डीडीसीअन्तर्गत ६५ हजार लिटर क्षमताको बिराटनगर दुग्ध वितरण आयोजना र बागमती प्रदेश सरकार स्वामित्वको हेटौंडामा ६० हजार लिटर क्षमताको पाउडर दुध कारखाना निर्माण भएका छन् ।

यी ७ वटै उद्योगले दैनिक ५ लाख १५ हजार लिटर कच्चा दुध प्रशोधन गरी पाउडर दुध उत्पादन गर्न सक्ने क्षमतामा पुगेका छन् । झाका अनुसार १२ लिटर दुधबाट १ किलो पाउडर दुध तयार हुन्छ ।

प्रतिकिलो पाउडर दुध तयार गर्न भ्याटवाहेक ६०४ रुपैयाँ लागत खर्च पर्ने उनले बताए ।

दाहालकाअनुसार उपभोग दर घटेका कारण खपत हुन नसक्दा अहिले दैनिक ५ लाख लिटर दुधले बजार पाएको छैन । देशभर दैनिक ३१ लाख लिटर दुध उत्पादन हुन्छ । यसमध्ये २६ लाख लिटर दुध मात्रै बजारमा बिक्री भइरहेका छन् ।

आर्थिक संकुचनका कारण सानादेखि ठूला रेष्टुँरा कम चलेका कारण दुधको खपत घटेको, सर्वसाधारणको क्रयशक्ति घटेर धेरै जना काठमाडौंबाट बाहरिनुका साथै राजधानीमै बशोबास गर्ने सर्वसाधारणले पनि खरिद परिमाण घटाएको र युवापुस्ता विदेशिनुले पनि दुधको खपत दर घटेको दाहालको भनाइ छ ।

‘यसबाहेक गाईभैसीमा देखापरेको लम्पी स्किन रोगका कारण पनि सर्वसाधारणले त्रासका कारण दुधको खपत दर घटाएका छन्,’ दाहालले भने, ‘यस्तै भारतबाट सस्तो मूल्यको दुध अवैध रुपमा नेपालमा भित्रिएका कारण स्वदेशी दुध बिक्री नहुँदा उद्योगलाई मार परेको हो ।’

दुधको खपत दर घटेपछि सरकारी र नीजि क्षेत्रका डेरी उद्योगले किसानले पाउनुपर्ने ५ अर्बभन्दा बढी रुपैयाँ किसानालाई भुक्तानी गर्न बाँकी छ ।

कारखाना सञ्चालनका जिम्मा तत्कालका लागि डीडीसीलाई

बागमती प्रदेश दुग्ध विकास बोर्डले हेटौंडामा निर्माण भएको पाउडर दुध कारखाना सञ्चालनको जिम्मेवारी तत्कालका लागि दुग्ध विकास संस्थान(डीडीसी) लाई दिने अनौपचारिक रुपमा छलफल सुरु गरेको छ ।

बोर्डका उपाध्यक्ष सापकोटाले डीडीसीसँग दक्ष जनशक्ति भएकाले बोर्डको स्वामित्व रहने गरी तत्कालका लागि सञ्चालनको लागि डीडीसीलाई जिम्मा दिने तयारी भइरहेको बताए ।

‘तत्कालको अवस्थामा डीडीसीलाई नै उद्योग चलाउन दिने र नीतिगत रुपमा सञ्चालनसम्बन्धी कार्यविधि बनेपछि सोही अनुसार सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,’ बोर्ड उपाध्यक्ष सापकोटाले भने ।

यसबाहेक सहकारी, निजी र दुग्ध विकास बोर्डले साझा मोडल बनाएर पनि यो कारखाना सञ्चालनमा ल्याउन सकिन्छ की भनेर छलफलमा जुटेको छ ।


राजेश बर्मा