भारतको अयोध्यामा राम मन्दिर प्राणप्रतिष्ठा, कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले दियो बिदा



काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले सोमबार बिदा दिएको छ । भारतको अयोध्यामा निर्माण गरिएको राम मन्दिरमा प्राणप्रतिष्ठाको अवसर पारेर पालिकाले बिदा दिएको हो ।

रामको विवाह नेपाली छोरी सीतासँग भएकाले बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताए ।

गाउँपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा बिदा दिइएको अध्यक्ष मण्डलले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । पालिकाले सोमबार पशुपन्छी र जीवजन्तुको बध, माछामासु र मदिराको बिक्री वितरण नगर्न समेत आग्रह गरेको छ ।

अयोध्यास्थित राम मन्दिरको २२ जनवरी (सोमबार) भगवान रामको मूर्ति प्राणप्रतिष्ठाको कार्यक्रम रहेको छ । रामको मूर्ति मन्दिरको गर्भगृहमा राखिएको छ ।

यो मन्दिर त्यस स्थानमा छ जहाँ हिन्दूधर्मावलम्बीका देवता श्री रामको जन्मस्थान मानिन्छ । पहिला यो स्थानमा बाबरी मस्जिद थियो । जसको निर्माण राम मन्दिरलाई ध्वस्त बनाएर निर्माण गरिएको थियो । सन् २०१९ मा भारतको सर्वोच्च अदालतले विवादित भूमिमा राम मन्दिर बनाउन सक्ने फैसला गरेको थियो ।

अदालते उक्त स्थानमा बाबरी मस्जिद अघि गैर-इस्लामिक संरचना रहेको र त्यसको अवस्थिति अहिले पनि रहेको प्रमाणको आधारमा फैसला गरेको थियो ।


क्लिकमान्डु