५० करोडसम्म विदेशी लगानी सहजै ल्याउन सकिने



काठमाडौं । सरकारले विदेशी लगानीलाई स्वचालित मार्ग (अटोमेटिक रुट)बाट ५० करोड रुपैयाँसम्म वैदेशिक लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी अटोमेटिक रुटबाट ५० करोड रुपैयाँसम्म विदेशी लगानी ल्याउन सक्ने व्यवस्था गरेको हो ।

सरकारले यसअघि विदेश लगानी तथा प्रविधि हस्तान्तरण नियमावली २०)७९ को पहिलो संशोधन गरेर १० करोड रुपैयाँ अटोमेटिक रुटबाट लगानी गर्न सन्ने व्यवस्था गरेको थियो । तर, सरकारले कति सीमा र कुन क्षेत्रमा लगानी गर्न सक्ने व्यवस्था गरेको थियो ।

त्यस्तै, सरकारले अहिले सूचना प्रकाशित गर्दै विदेशी लगानीको माथिल्लो सीमा र उद्योग व्यवसायका क्षेत्रमा अधिकतम ५० करोड रुपैयाँसम्मको कुल पुँजी हुने उद्योग व्यवसायमा लगानी गर्न सक्ने उल्लेख गरेको छ ।

साथै, सूचनामा बुँदा नम्बर २ को खण्ड (ङ) मा उल्लिखित सूचना प्रविधिमा आधारित उद्योगमा स्वचालित मार्गबाट विदेशी लगानीको स्वीकृति गर्दा लगानीको न्यूनतम सीमा लागु नहुने व्यवस्था गरेको छ ।

यस्तो छ सरकारले तोकेको व्यवसायका क्षेत्रः

उर्जामूलक उद्योग
– वायु, सौर्य शक्ति, बायोमास वा अन्य स्रोतहरूबाट ऊर्जा उत्पादन गर्ने उद्योग, त्यस्तो ऊर्जा उत्पादन गर्न प्रयोग गरिने मेसिन तथा उपकरण निर्माण गर्ने
–बायोग्याँसमा आधारित ऊर्जा
– चिनी उद्योगको सहउत्पादनको रूपमा उत्पादन हुने ऊर्जा
– ऊर्जाको सम्भाव्यता अध्ययन गर्ने

कृषि तथा वन पैदावारमा आधारित उद्योग
– फलफूल तथा तरकारी प्रशोधन
– हरितगृह (ग्रीन हाउस) स्थापना र सञ्चालन
– रेसम प्रशोधन
– चिया तथा कफी प्रशोधन
– जडीबुटी प्रशोधन
– रबर प्रशोधन
– शीत भण्डार (स्थानीय फलफुल तथा तरकारी भण्डारण गर्ने)
– प्राकृतिक रेसाजन्य प्रशोधन
– कागज, रेजिन लगायत अन्य गैरकाष्ठजन्य वन पैदावारमा आधारित
– नयाँ प्रविधिद्वारा बिरुवा उत्पादन गर्ने (टिस्यूकल्चर लगायत)
– कपास प्रशोधन

पूर्वाधार उद्योग

– सवारी पार्किङ्ग गृह
– निर्यातजन्य वस्तुको प्रशोधन क्षेत्र
– प्रदूषित पानी प्रशोधन उद्योग (वेष्ट वाटर ट्रिटमेण्ट प्लाण्ट)
– फिल्म सिटि निर्माण/फिल्म स्टुडियो निर्माण
– वेयर हाउस निर्माण तथा सञ्चालन

पर्यटन उद्योग
– मोटेल, होटेल, रिसोर्ट, बार तथा रेष्टुराँ
– मनोरञ्जन पार्क, वाटर पार्क
– सभा सम्मेलन तथा खेलकुद पर्यटन

सूचना प्रविधिमा आधारित उद्योग
– टेक्नोलोजी पार्क आइटि पार्क
– बायोटेक पार्क
– सफ्टवेयर विकास
– तथ्याङ्क प्रशोधन
– डिजिटल म्यापिङ
– बिजिनेस प्रोसेस आउटसोर्सिङ (बि.पि.ओ.), नलेज प्रोसेस आउटसोर्सिङ (के.पि.ओ.)
–डाटा सेण्टर, डाटा माइनिङ्ग, क्लाउड कम्प्युटिङ्ग वेब पोर्टल, वेब डिजाइन सेवा

सेवामूलक उद्योग
– यान्त्रिक कार्यशाला (वर्कशप)
– निर्माण व्यवसाय
– अस्पताल
– नर्सिङ्ग होम, पोलिक्लिनिक, पुनःस्थापना गृह सञ्चालन, फिजियोथेरापी क्लिनिक, आयुर्वेद तथा अन्य वैकल्पिक अस्पताल
– खेलकुद सेवा, स्वीमिङ्ग पुल
– फोहरमैला सङ्कलन तथा सरसफाइ, फोहारमैला पुनः प्रशोधन
– पशु चिकित्सा सेवा
– स्वास्थ्य परीक्षण (एक्सरे, सिटि स्क्यान, एम.आर.आई., अल्ट्रा साउण्डजस्ता सेवाहरू तथा स्वास्थ्य परीक्षण प्रयोगशाला)
– अन्तर्राष्ट्रिय कुरियर सेवा

उत्पादनमूलक उद्योग
– पशुपन्छी तथा माछाको दाना उत्पादन
– स्टार्च, ग्लुकोज आदि उत्पादन
– बेकरीका वस्तुहरू उत्पादन
– पशुपन्छी तथा मत्स्यजन्य मासु प्रशोधन तथा प्याकेजिङ्ग
– आधारभूत कच्चा पदार्थबाट तेल बोसो आदि उत्पादन
– कन्फेक्सनरी तथा बिस्कुट उत्पादन
– चिनी उत्पादन
– पेय पदार्थ उत्पादन (गैर मदिराजन्य )
– टेक्सटाइल, गार्मेन्ट तथा कपडा बनाउने र पुनःप्रयोग गरी बनाउने
– इलेक्ट्रोनिक घरायसी उपरकणहरूको उत्पादन प्लाष्टिक तथा रबरको प्रयोग गरी वस्तुहरूको उत्पादन झोला, थैलो, सुटकेस, ट्रली ब्याग तथा यस्तै सामान बोक्ने अन्य झोलाको उत्पादन
– परम्परागत तथा सांस्कृतिक कलामा आधारित वस्तु बाहेक काठका सामग्री बनाउने
– टुथपेस्ट, साबुन तथा स्याम्पु जस्ता टोइलेट्रिस सामग्रीको उत्पादन
– काँचको प्रयोग गरी वस्तुहरूको उत्पादन
– साइकल, स्कुटर, मोटरसाइकल तथा मोटरगाडी बनाउने र यसमा प्रयोग हुने उपकरण बनाउने
– विजुलीको बत्ती, स्विच, मिटर, मिटर फ्युज, वायरिङ्गको तार, कम्प्रेसर तथा यस्तै अन्य वस्तु बनाउने
– मेडिकल, सर्जिकल, अर्थोपेडिक कार्यमा प्रयोग हुने सामान बनाउने
– विद्युतीय तार उत्पादन

यस्तो छ प्रक्रिया

सरकारले स्वचालित मार्गबाट विदेशी लगानी स्वीकृतिसम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनका लागि ऐन तथा नियमावलीबमोजिम विदेशी लगानी स्वीकृतिका लागि पेस गर्नुपर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेस गर्न सकिने गरी विद्युतीय प्रणाली सञ्चालन गर्नेछ ।

लगानीसम्बन्धी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लग इन गरी सो प्रणालीले माग गरेबमोजिमको विवरण तथा कागजात प्रविष्ट गर्नुपर्ने राजपत्रमा उल्लेख छ ।

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिका लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरेपछि लगानी स्वीकृतिका लागि विद्युतीय प्रणालीबाट पेस गर्नुभन्दा पहिले सम्बन्धित विदेशी लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्न र सच्याउनुपर्ने भएमा सच्याउन सक्नेछ ।

‘प्रविष्ट गरिएको विवरण तथा कागजात विदेशी लगानीकर्ताले उपनियम (४) बमोजिम जाँच गरी आवश्यकताअनुसार सच्याएपछि विदेशी लगानी स्वीकृतिका लागि विभागको विद्युतीय प्रणालीमा पेस गर्न सक्नेछ,’ राजपत्रमा उल्लेख छ ।

विभागको विद्युतीय प्रणालीमा पेस भएपछि त्यस्तो प्रणालीबाट विदेशी लगानीकर्तालाई प्रविष्ट गरेको इमेल ठेगानामा आवेदन नम्बरसहित लगानी स्वीकृत भएको जानकारी (कन्फर्मेसन) दिइनेछ । जानकारीको अतिरिक्त विदेशी लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विद्युतीय प्रणालीबाट समेत प्राप्त गर्न सक्नेछ ।

विदेशी लगानी स्वीकृतिको जानकारी दिएपछि ऐन तथा यस नियमावलीबमोजिम निजको विदेशी लगानी स्वतः स्वीकृत भएको मानिने विभागले जनाएको छ ।


क्लिकमान्डु