२० कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई कालोसूचीमा राखेको छ ।

कार्यालयले जारी गरेको सूचनाकाअनुसार असोज १५ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम यी कम्पनीहरुलाई कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा राखिएका कम्पनीहरुमा तीन वर्षका लागि कोटेश्वरस्थित एम/एस सकिल हैदर-शंकर माली निर्माण सेवा- सुनौला खिम्ती कन्स्ट्रक्सन जेभी, भारतको हैदरावादस्थित एम/एस सिपेल, चीनको सफ्बोन वाटर सर्भिस (होल्डिंग) आईएनएस, सिंगापुरमा शाखा रहेको आईजिएस इन्फरमेसन सर्भिसेस ग्रुप अमेरिकास इंक, चितवनको आरभान कन्स्ट्रक्सन प्रालि रहेका छन ।

त्यस्तै, २ वर्षका लागि मकवानपुरस्थित शिवालय बिल्डर्स, जनकपुरस्थित स्काइ/वाइबा एण्ड लामा मा जानकी जेभी, काठमाडौंस्थित नागार्जुन-शंकरमाली जेभी रहेका छन् ।

त्यस्तै, हेटौडाको शिवालय बिल्डर्सलाई पुनः १ वर्ष ६ महिना पनि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीलाई भरतपुर महानगरपालिकाले लेखी पठाएअनुसार २ कालोसूचीमा राखिएको हो ।

त्यस्तै, काठमाडौंको रुप्न्देही बिल्डर्स एण्ड कन्स्ट्रक्सन प्रालि, रोल्पाको ति.ई.भू. निर्माण सेवा, चितवनको कश्यप/आरभान जेभीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

चितवनको अर्विन्द्र कन्स्ट्रक्सन, इमाडोलको इको भिजिनरी प्रालि, सप्तरीको महेन्द्र निर्माण सेवा, काठमाडौंको एम/एस एसियन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिंग कन्सल्टेन्ट प्रालि, झापाको एभ्रीथिंग सलुसन कन्स्ट्रक्सन प्रालि, सिन्धुपाल्चोकको गौरती भिमसेन निर्माण सेवा, डडेलधुराको सैपाल अटोमोबाइल्स प्रालि र काठमाडौंको ग्रिन वर्ल्ड/जयस कन्स्ट्रक्सन जेभीलाई एक एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा राखिएका यी कम्पनीहरुले तोकिएको अवधिभर अब कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने समेत कार्यालयले जनाएको छ ।


क्लिकमान्डु