राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड बजेट विनियोजन गरेका बताए ।

अर्थमन्त्री महतले राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षणको गुरुयोजना कार्यान्वयन गरिने बताए ।

यस अन्तर्गत जल र जमिन संरक्षण गर्न वाँस रोपण, रिचार्ज पोखरी, गल्छी, पहिरो नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।


क्लिकमान्डु