टाटाले छाडेर गएको खर्बौं सम्पत्ति सम्हाल्ने सौतेनी भाइ को हुन् ?



भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधनभन्दा पहिलेदेखि नै उनको उत्तराधिकारी को बन्छ भनेर चर्चा हुने गरेको थियो । किनकि रतन टाटाले विवाह गरेका थिएनन् । अन्तत: टाटा समूहको खर्बौं रुपैयाँको विरासत अब रतनका सौतेनी भाइ नोयलले सम्हाल्ने भएका छन् । को हुन् नोयल ?

एजेन्सी । प्रसिद्ध उद्योगपति रतन टाटाको यही ९ अक्टोबरमा ८६ वर्षको उमेरमा निधन भयो । उनको निधनमा विश्वभरबाट विभिन्न व्यक्तिहरुले दुख व्यक्त गरे । धेरैले उनलाई सम्झिए ।

तर यससँगै उनको खर्बौंको सम्पत्ति कसले संरक्षण गर्ला भनेर पनि धेरैले प्रश्न सोधिरहेका छन् । टाटा समूहको तीन पुस्ते कम्पनी अब कसले सम्हाल्नेछ भन्ने धेरैको चासो छ ।

दशकौंदेखि नै बजारमा टाटा ग्रुपको वर्चस्व रहँदै आएको छ । रतन टाटा यो समूहका एक प्रमुख व्यक्ति थिए । उनै रतन टाटाको परिवार एउटा अनौठो संरचना थियो।

आज टाटा समूह भनेर चिनिने कम्पनीलाई यहाँसम्म ल्याउनुको पछाडि रतनका हजुरबा जमसेदजी टाटा थिए । जमसेदजीले १८७० मा नै टाटा कम्पनी सुरु गरेका थिए ।

जमसेदजी नुसीरवानजी टाटा र कावसजीका छोरा थिए । जमसेदजीले टेक्सटाइल, ऊर्जा, विज्ञान, स्टिल र हस्पिटालिटी क्षेत्रमा लगानी गरेका थिए । जमसेदजीको विवाह हिराबाइ डाबुसँग भएको थियो । उनका तीन सन्तान थिए । उनीहरु दोराबजी टाटा, धुनबाई टाटा र रतनजी टाटा थिए ।

सर दोराबजी टाटा

सर दोराबजी टाटा जमसेदजी टाटाका सबैभन्दा ठूलो छोरा थिए । सरदोराबजी टाटाले आफ्ना भाइ सर रतनजी टाटासँग मिलेर टाटा ट्रस्ट र टाटा स्टिल खोलेका थिए ।

उनको विवाह १८९८ को फेब्रुअरीमा लेडी मेहरबाइ टाटासँग भएको थियो । सर दोराबजी टाटा ब्रिटिस इन्डियामा औधोगिक योगदान गरेवापत १९१० मा नाइट उपाधिबाट सम्मानित भएका थिए । १९२० मा सर दोराबजी टाटाले आफ्नो खर्चमा भारतीय खेलाडीहरुलाई ओलम्पिकमा पठाएका थिए ।

लेडी मेहरबाइ टाटा सर दोराबजीकी पत्नी थिइन् । टाटा ट्रस्टका अनुसार जब टाटा कम्पनी संकटमा गुज्रिरहेको थियो त्यसबेला उनले आफ्नो हिराको गहनालाई धरौटीमा राखेर टाटालाई ऋणबाट बचाएकी थिइन् । टाटा ट्रस्टका अनुसार बालविवाह रोकथाम कानुन बनाउने पनि उनको महत्त्वपूर्ण भूमिका थियो ।

यो कानुन १९२९ मा बनेको थियो । जसलाई सारदा एक्टको रुपमा पनि चिनिन्छ । ट्रस्टका अनुसार यो कानुन बनाउने बेला लेडी मेहरबाइ टाटाको सल्लाह मात्रै नभएर उनले भारतबाहेक अन्य देशमा पनि यस कानुनको प्रचार गरेकी थिइन् ।

सर रतनजी टाटा

रतन टाटाका हजुरबाको नाम सर रतनजी टाटा थियो । उनी जमसेदजी टाटाका माइलो छोरा थिए । उनले दुई विवाह गरेका थिए । उनको पहिलो विवाह लेडी नवाजबाइसँग भएको थियो । सर रतनजी टाटा १९२८ देखि १९३२ को बीचमा टाटा ग्रुपको चेयरम्यान थिए । सर रतनजी र नवाजबाइको कुनै सन्तान थिएनन् ।

र उनीहरुले नवल टाटालाई धर्मपुत्रको रुपमा एडप्ट गरेका थिए । उनै नवल टाटाका छोरा थिए रतन टाटा । सर रतन जी टाटाको दोस्रो विवाह एक फ्रेन्च महिला सुजेन ब्रियरसँग भएको थियो । उनको दोस्रो विवाहबाट एक छोरा जन्मिएका थिए । जसको नामजहांगीर रतनजी दादाभाइ टाटा थियो । जो जेआरडी टाटाको नामबाट प्रख्यात थिए ।

लेडी नवाजबाइ टाटा सर रतनकी पहिलो पत्नी र रतन टाटाकी हजुरआमा थिइन् । १९२५ मा उनी टाटा सन्स बोर्डको पहिलो महिला निर्देशक बनेकी थिइन् । जब उनी रतन टाटा ट्रस्टको चेयरम्यान बनिन् त्यसबेला उनले पछाडि परेका समुदायका महिलाहरुका लागि सीपमुलक तालिम सिकाउने संस्था खोलिन् । यसलाई १९२६ मा रतन टाटा इन्स्टिच्युटको रुपमा परिवर्तन गरियो । टाटा ट्रस्टका अनुसार आफ्नो जीवनकालमा उनले आफ्ना केही घरहरु पनि दान दिएकी थिइन् ।

नवल टाटा सर रतन जी टाटा र लेडी नवाजबाइका धर्मपुत्र थिए भने रतन टाटाका बाबु थिए । नवलले पनि दुई विवाह गरेका थिए । उनकी पहिलो पत्नीको नाम सुनी टाटा थियो। र दोस्रो पत्नी एक जना स्विस महिला थिइन् । उनको नाम सिमोन दुनोयर थियो ।

नवल टाटा र उनकी पहिलो पत्नी सुनीका दुई छोरा थिए । जसको नाम रतन र जम्मी थियो । उनै दोस्रो पत्नी सिमोनका एक छोरा छन् । उनको नाम नोएल टाटा थियो ।

१९३० मा नवल टाटा ग्रुपमा सामेल भएका थिए । उनले श्रम सेवाका लागि प्रसस्त काम गरेका थिए । र अब उनै नोयलले टाटा ग्रुपको विरासत सम्हाल्ने छन् । उनैले रतन टाटाको पनि रेखदेख गरिराखेका थिए । १९४६ मा उनी भारतीय हकी फेडरेसनको पनि अध्यक्ष बनेका थिए ।

जहांगीर रतनजी दादाभाइ टाटा सर टाटा र सुजन ब्रियर । सर रतन टाटा र सुजेन ब्रियरका सन्तान थिए । १९२५ मा उनले टाटा ग्रुपमा आफ्नो करिअरको सुरुवात इन्टर्नको रुपमा गरेका थिए । जे आरडी जहाज उडानका लागि पाइलट लाइसेन्स पाउने पहिलो भारतीय थिए ।

रतन टाटा १९३२-२०२४

१९३२ मा जेआरडीले टाटा एयरलाइन्स कम्पनी स्थापना गरेका थिए । जुन पछि एयर इन्डियाको नामले चिनिन्छ ।

रतन टाटाको पूरा नाम रतन नवल टाटा थियो । उनी नवल टाटा र सुनी टाटाका छोरा थिए । उनको जन्म डिसेम्बर १९३७ मा भएको थियो । उनका आमाबाबुबीच सम्बन्ध विच्छेद हुँदा रतन केलव १० वर्षको थिए ।

त्यसपछि रतन १८ वर्षको हुँदा उनका पिताले एक स्विस महिला सिमोन दुनोयरसँग विवाह गरेका थिए । र रतनकी आमाले पनि सम्बन्ध विच्छेदपछि अर्को विवाह गरिन् ।

रतनलाई उनकी हजुरआमा लेडी नवाजबाइ टाटाले पालनपोषण गरिन् । १९६२ मा रतन टाटाले जमसेदपुरमा टाटा स्टिलमा काम गर्न सुरु गरेका थिए ।

यसरी रतन टाटा प्रख्यात उद्योगपति त थिए । यसभन्दा पनि उनी अत्यन्तै साधारण जीवनशैली र परोपकारी कामहरुबाट बढी चिनिए ।

को हुन् टाटा ट्रस्टको नयाँ अध्यक्ष नोयल टाटा

नोयल टाटा टाटा ट्रस्टका नयाँ अध्यक्ष हुँदैछन् । टाटा ट्रस्ट टाटा ग्रुपका केही ट्रस्टहरु मिलेर बनेको हो । र नोयल रतन टाटाका सौतेनी भाइ हुन् । रतन बुधबार राति मुम्बइमा निधन भएपछि शुक्रबार बसेको बोर्ड बैठकले नयाँ अध्यक्षको रुपमा ६७ वर्षीय नोयललाई अध्यक्षमा चयन गरेको हो ।

नोयल पहिलेदेखि नै टाटा सन्सलाई सम्हाल्दै आएका थिए । रतनपछि अब नोयल टाटा लगभग ३४ लाख करोड भारतीय रुपैयाँको टाटा समूहको नेतृत्व गर्दैछन् ।

रतन टाटा अविवाहित थिए र उनका सन्तान पनि कोही थिएनन् । यसैले पनि उनको सम्पूर्ण सम्पत्ति कसले सम्हाल्नेछ भनेर चर्चा हुने गरेको थियो ।

यस्तो सन्दर्भमा टाटा परिवारको सबैभन्दा नजिक रहेका व्यक्ति उनै नोयल हुन् । त्यसो त टाटा समूहमा नोयलको मात्रै ६६.४ प्रतिशत हिस्सेदारी छ । नोयल टाटा नवल र सिमोनका छोरा र रतनका सौतेनी भाइ हुन् । नोयल टाटा समूहसँग ४० वर्षयता जोडिएका छन् ।


क्लिकमान्डु