वाणिज्य बैंकहरुले कमाए ४१ अर्ब बढी नाफा, दुई बैंकबीच प्रतिस्पर्धा



काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुले ४१ अर्ब ५ करोड ६६ लाख ५० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । ७ महिनाको अवधिमा २२ वटा बैंकले उक्त नाफा आर्जन गर्दा दुईवटा बैंक नाफामा प्रतिस्पर्धी बनेका छन् ।

सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । माघ मसान्तसम्म नबिल बैंकले ४ अर्ब १३ करोड २६ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

नाफा आर्जनका हिसाबले २ वटा बैंक भने प्रतिस्पर्धी जस्तै देखिएका छन् । एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंक प्रतिस्पर्धी देखिएका हुन् ।

एनआईसी एशिया बैंकले ३ अर्ब ६७ करोड ८९ लाख ८० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । यस्तै ग्लोबल आइएमई बैंकले ३ अर्ब ५५ करोड ३५ लाख ५० हजार रुपैयाँ रहेको छ । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ६ करोड ६८ लाख २० हजार रुपैयाँ नाफा गरेको छ ।

तीनवटा बैंकको नाफा ३ अर्ब रुपैयाँभन्दा कम रहेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ७० करोड ३० लाख २० हजार , एनएमबि बैंकको २ अर्ब २३ करोड ५७ लाख ५० हजार र स्टयान्डर्ड चार्टर्ड बैंकको २ अर्ब २ करोड ३२ लाख ८० हजार रुपैयाँ नाफा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।

१२ वटा बैंकको नाफा भने २ अर्बभन्दा कम रहेको छ ।

प्राइम बैंकले ७ महिनाको अवधिमा १ अर्ब ९९ करोड ७८ लाख ३० हजार, एभरेष्ट बैंकले १ अर्ब ८८ करोड ३४ लाख ५० हजार, नेपाल बैंकको १ अर्ब ७० करोड ६ लाख ६१ हजार, प्रभु बैंकले १ अर्ब ६६ करोड २० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै सानिमा बैंकले १ अर्ब ५३ करोड ३७ लाख ४० हजार, कुमारी बैंकले १ अर्ब ५३ करोड सिद्धार्थ बैंकले १ अर्ब ४५ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, हिमालयन बैंकले १ अर्ब २९ करोड ८३ लाख ४० हजार, लक्ष्मी बैंकले १ अर्ब २८ करोड, माछापुच्छे बैंकले १ अर्ब १७ करोड ८६ लाख, सिटिजन बैंकले १ अर्ब २ करोड ३३ लाख ७० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

तीनवटा बैंक अर्ब क्लबमा प्रवेश गर्न सकेका छैनन् । जसमा सनराइज, सिभिल र कृषि विकास बैंकले १ अर्बभन्दा कम नाफा गरेका हुन् । सनराइज बैंकले ८६ करोड, सिभिल बैंकले ७७ करोड ७० लाख ८० हजार र कृषि विकास बैंकले १० करोड रुपैयाँ नाफा आर्जन गरेको छन् ।


क्लिकमान्डु