बीमा पोलिसी त्याग्नेको संख्या २९.२१% ले बढ्यो, कुन कम्पनीमा कति ?



काठमाडौं । बीमा समितिकाअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब १८ करोड ८ लाख रूपैयाँ बराबरका ८१ हजार ८३० बीमालेख समर्पण (त्याग) भएका छन् ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा समर्पण संख्या २९.२१ प्रतिशतले धेरै हो भने समर्पण रकम २३.२७ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ९ अर्ब ८८ करोड १४ लाख ९४ हजार रूपैयाँ बराबरका ६३ हजार ३३१ वटा पोलिसी त्याग भएका थिए ।

नेपाल इन्स्योरेन्सको सबै भन्दा धेरै पोलिसी सरेन्डर भएका छन् । गत आर्थिक वर्षको असारसम्ममा कम्पनीको ५ अर्ब १ करोड ५४ लाख रूपैयाँ बराबरका २६ हजार ६०३ वटा बीमालेख त्याग भएका छन् । यो कुल सरेण्डर भएका बीमालेखको ३२.५१ प्रतिशत हो । रकमका आधारमा ४१.१७ प्रतिशत हो ।

राष्ट्रिय बीमा संस्थानको पनि ८५ करोड ५५ लाख रूपैयाँ बराबरका १६ हजार ९१७ वटा बीमालेख सरेन्डर भएका छन् ।

सबै भन्दा कम पोलीसी सरेण्डर हुनेमा भने सानिमा लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीमा ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बराबरको २२६ वटा बीमालेखहरू मात्रै सरेण्डर भएका छन् ।

कुन कम्पनीको कति ?

तथ्यांकअनुसार केही कम्पनीहरूमा समर्पण मूल्य र समर्पण संख्या दुबै बढेको छ भने केही कम्पनीहरूमा समर्पण मूल्य र संख्यामा पनि सुधार आएको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) मा समर्पण मूल्य र संख्यामा सुधार आएको छ । गत आवमा कम्पनीमा २ अर्ब ९३ करोड ६९ हजार रूपैयाँ बराबरका ९ हजार ८६८ वटा पोलिसी समर्पण भएका छन् ।

अघिल्लो आवमा कम्पनीमा ३ अर्ब ५३ करोड ६७ लाख २४ हजार रुपैयाँ बरारबरका २२ हजार २६७ वटा बीमालेख सरेण्डर भएका थिए ।

गत आवमा नेपाल लाइफका ५ अर्ब १ करोड ५४ लाख रूपैयाँ बराबरका २६ हजार ६०३ वटा पोलिसी त्याग भएका छन् । अघिल्लो आवमा इन्स्योरेन्समा ३ अर्ब ८५ करोड ५२ लाख ८९ हजार रूपैयाँ बराबरका २० हजार ४७६ वटा बीमालेख सरेण्डर भएका थिए ।

गत आवमा नेशनल लाइफ इन्स्योरेन्सका ८५ करोड ९७ लाख रूपैयाँ बराबरका ७ हजार ५६६ वटा पोलिसी त्याग भएका छन् । अघिल्लो आवमा कम्पनीका ७५ लाख ५७ करोड २३ लाख १० हजार रूपैयाँका ६ हजार २२६ वटा बीमालेख सरेण्डर भएका थिए ।

पूराना जीवन बीमा कम्पनीतर्फ मेट लाइफ इन्स्योरेन्समा ३६ करोड ९ लाख २९ हजार रूपैयाँ बराबरका ३ हजार ३५७ वटा, एशियन लाइफका ५८ करोड ९० लाख ५ हजार रूपैयाँ बराबरका ७ हजार ३६३, गुराँस लाइफमा ३९ करोड ६ लाख ४६ हजार रूपैयाँका १ हजार ८५९ वटा, सूर्या लाइफमा २६ करोड ७० लाख ८३ हजार रूपैयाँका १ हजार ५९६ वटा पोलिसी त्याग भएका छन् ।

अघिल्लो आवमा एशियन लाइफमा ३५ करोड ७१ लख ६ हजार, एशियन लाइफका ३६ करोड ८१ लख ५१ हजार रुपैयाँका ४ हजार ६०, गुराँस लाइफ इन्स्योरेन्सका ८ करोड १८ हजार रूपैयाँका १ हजार ४ सय, सूर्या लाइफको १० करोड ३० लाख ६३ हजार रूपैयाँका २ हजार ११० वटा बीमालेख सरेण्डर भएका थिए ।

यस्तै, नयाँ जीवन बीमा कम्पनीतर्फ आइएमई लाइफका २ करोड ४० लाख २८ हजार रूपैयाँका ३२४ वटा, यूनियन लाइफका १० करोड ८८ लाख रूपैयाँ बराबरका ३५३ वटा, ज्योति लाइफका ६ करोड ४६ लाख ३० हजार रूपैयाँका ४७७ वटा, सन नेपाल लाइफका २ करोड ४५ लाख ४८ हजार रूपैयाँ बराबरका २४६ वटा, रिलायन्स लाइफका १४ करोड ८१ लाख ३१ हजार रूपैयाँका ४५५ वटा, रिलायबल नेपाल लाइफका २ करोड ७१ लाख १६ हजार रूपैयाँका ७१३ वटा, सिटिजन लाइफका ३ करोड १४ लाख ७५ हजार रूपैयाँका ३३७ वटा, सानिमा लाइफका ६ करोड ५० लाख रूपैयाँका २२६ वटा, प्रभु लाइफमा १४ करोड ७७ लाख ९७ हजार रूपैयाँका २८६ वटा र महालक्ष्मी लाइफका ६ करोड ४१ लाख ४२ हजार रूपैयाँका ३६४ वटा पोलिसी समर्पण भएका छन् ।

अघिल्लो आवमा आईएमई लाइफको १ करोड ६ लाख ६२ हजार रूपैयाँका १२८, यूनियन लाइफको ६ करोड ६२ लाख ९७ हजार रूपैयाँका १४०, ज्योति लाइफको ४ करोड १२ लाख १३ हजार, सन नेपाल लाइफको ५७ लाख १९ हजार, रिलायन्स लाइफको १ करोड १ लाख ९३ हजार, रिलायबल नेपाल लाइफको १ करोड ३६ लाख ७३ हजार, सिटिजन लाइफको ८८ लाख ७० हजारका ११३, सानिमा लाइफको ८१ लाख ४९ हजार, प्रभु लाइफको ६४ लाख ४७ हजारको ७१ र महालक्ष्मी लाइफको १९ करोड १९ लाख २९ हजार रूपैयाँका १८६ वटा बीमालेख सरेण्डर भएका थिए ।

जीवन बीमा कम्पनीबाट बीमालेख खरिद गरेका बीमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न पाउँदैनन् ।

‘बीमकले बीमालेखअन्तर्गत पूरा ३ वर्षको बीमाशुल्क प्राप्त भई बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात तथा एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ मितिबाट ३ वर्ष पूरा भएपश्चात बीमालेख समर्पण गर्न तथा बीमालेख धितो राखी ऋण प्रदान गर्न सक्नेछ ।’ समितिद्धारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८मा उल्लेख छ ।

समितिद्धारा जारी जीवन बीमालेखसम्बन्धी निर्देशिका, २०७८ ले बीमा पोलिसी समर्पण मूल्यसमेत निर्धारण गरेको छ ।

बीमितले बीमा पोलिसी सरेण्डर गर्दा भुक्तानी भएको कुल बीमाशुल्कको अधिकतम ९० प्रतिशतसम्म भुक्तानी हुने व्यवस्था छ  । साथै, सो अवधिसम्ममा आर्जित बोनस रकमसमेत जोडिने छ  ।


क्लिकमान्डु