बडवाइजरले बढायो प्रिमियम बियरको बजारः डेढ वर्षमै ग्राहकको पहिलो रोजाइमा, स्ट्रोङ पनि आयो



जाउलाखेल ग्रुप अफ इन्ड्रष्ट्रीका चिफ मार्केटिङ अफिसर वैभव शर्मा

काठमाडौं । झम्सिखेलको मोस्क रेष्टुरेन्टमा पार्टी, जमघट, जन्मदिन मनाउनेहरु धेरै आउँछन् । प्रयाः यस्ता जमघटहरु दिउँसो शुरु हुन्छन् । र, रातिसम्म चल्छन् ।

साथीभाइ जमघट र पार्टी भनेपछि खानपिन त चल्ने नै भयो । गर्मी छ बियरमा रुची राख्ने धेरै हुन्छन् । मोस्कमा स्वदेश र विदेशी धेरै बियर उपलब्ध छन् ।

‘कुन बियर खाने त ?’ साथीहरू आफ्नो मनपर्ने बियर भन्छन् ।

पछिल्लो सयम धेरैको रोजाइमा आउँछन्- बडवाइजर । बडवाइजर १४५ वर्ष पूरानो अमेरिकी बियर हो । जुन विश्वका कैयन मुलुकमा चर्चित छ । यो बियर संसारमै सबैभन्दा बढी बिक्दै आएको छ ।

नेपालमा पनि झन्डै १५ महिनाअघि जाउलाखेल ग्रुप अफ इन्ड्रष्ट्रिअन्तर्गत राज ब्रुअरीले प्रिमियम माइल्ड बडवाइजर उत्पादन शुरु गरेको थियो । नेपालमा प्रिमियम बजारमा छोटो समयमै बडवाइजर राम्रो बजार लिन सफल भएको छ ।

मोस्कमा म्यानेजमेन्ट हेरिरहेका जीवन ढुंगानाले पछिल्लो एक वर्षमा बडवाइजर अग्रपंक्तिमा आएको बताउँछन् ।

‘हाम्रो प्रिमियम बियर खानेहरु धेरै आउनुहुन्छ,’ ढुंगानाले भने, ‘प्रिमियम बियरम बडवाइजर एक नम्बरमा आएको छ ।’

उनको रेष्टुराँमा टुबोर्ग, गोर्खा, काल्र्सबर्ग पनि उपलब्ध छन् । पहिलो गोर्खा, टुबोर्ग धेरै बिक्री हुन्थ्यो । केही समयअघि यी बियरको बजार राम्रो भइरहेको बेला पछिल्लो एक वर्षदेखि धेरै उपभोक्ताले बडवाइजर रुचाउको उनले बताए ।

उनको रेष्टुरेन्टमा दिउँसो लन्चपछि आउने धेरै जनाले बडवाइजर बियर धेरै माग्छन् ।

‘यो मिठो र अरुभन्दा स्मुथ छ,’ ढुंगानाले भने, ‘मान्छेहरुले मिठो मानेर खाएको देख्दा यो धेरैले मन पराएका छन् भन्ने लाग्छ ।’

ढुंगानाको जस्तै अनुभव पुल्चोकमा रहेका एम्बियन्स ३६५ रेष्टुरेन्टका राहुल शाक्यले पनि गरेका छन् ।

बडवाइजर अन्तर्राष्ट्रिय ब्रान्ड भएकाले पहिलेदेखि परिचित थिए शाक्य । नेपालमा आइसकेपछि यहाँ पनि राम्रो बजार लिएको उनी बताउँछन् । उनले रक्सीको डिलर पनि लिएका छन् ।

‘अरुको तुलनामा वडवाइजर राम्रो छ,’ एम्बियन्स ३६५ का म्यानेजर शाक्यले क्लिकमाण्डूसँग भने, ‘मान्छेको मुडअनुसार सफ्ट मन पराउनेहरु बडवाइजर नै रोज्छन् । यो नयाँ पुस्ताले खाने खालको छ ।’

पछिल्लो समय नेपालको बियर बजारमा धेरै प्रतिस्पर्धा छ । राम्राराम्रा नेपाली बियर पनि आइरहेका छन् । पिउनेहरुका लागि धेरै विकल्पहरु रहेको गैरीधारामा तामा रेष्टुरेन्टका प्रबन्ध निर्देशक अन्जित मल्ल बताउँछन् । जसले गर्दा बियर कम्पनीहरुले पनि प्रतिस्पर्धा गर्नुपर्छ ।

नेपालमा बडवाइर नआउँदै उनीहरुले भारतमा उत्पादन भएको बडवाइजर बिक्री गर्थे ।

‘भारतबाट लामो बाटो आउँदा गाडीमा धेरै हल्लिने रहेछ,’ मल्लले भने, ‘त्योबेला ग्राहकले खासै मन पराएका थिएनन ।’

नेपालमै उत्पादन भएको बडवाइजर आएपछि भने आफ्ना रेष्टुरेन्टमा आउने उपभोक्तामध्ये धेरैको रोजाइमा परेको उनी बताउँछन् ।

‘खानेहरु सफ्ट र स्मुथ छ भन्नुहुन्छ,’ मल्लले भने, ‘सफ्ट बियर भएकाले दुई बोतल खाएपछि हल्का लागे जस्तो पनि हुन्छ ।’

उनको अनुभवमा पहिला सबैभन्दा धेरै बिक्री हुनेमा टुबोर्ग बियर थियो । बडवाइजर आइसकेपछि अलि सस्तो भएर पनि होला टुबोर्गको सट्टामा यही माग्ने गरको बताए ।

सातदोबाटोमा रहेको सेल्सबेरीको बिक्री हर्ने हो भने बडवाइजरको माग बढ्दै गएको छ । ‘हामीले क्राफ्टेड भनेर यो बियर बिक्री गर्छौं’ सातदोबाटोको सेल्सबेरीमा लिक्वायर सेक्सन हेर्ने जेनी तन्डुकारले भनिन्, ‘महिनामा सानो र ठूलो गरेर ३० केसभन्दा धेरै जान्छ ।’

त्यस्तै सानो बडवाइजरको बिक्री पनि महिनामा ३६० पिसभन्दा धेरै छ । अहिले धेरे बिक्री हुनेमा बडवाइजर र बाह्रसिंगे रहेको उनले बताइन् । प्रिमियम सेग्मेन्टमा अन्य बियरको माग भने घट्दै गएको उनको अनुभव छ ।

बालुवाटारमा हस्त लामाले लामा स्टोर चलाउँछन् । एक वर्षअघि उनको रिटेल पसलबाट सबैभन्दा धेरै टुबोर्ग बियर बिक्री हुन्थ्यो । नेपालमा कोरोना संक्रमणसँगसँगै बजारमा बडवाइजर बियार आयो ।

उनले बडवाइजर बियर पनि बिक्री गर्न थाले । लकडाउनले गर्दा धेरै बिक्री भएको थिएन । जब लकडाउन अलिकति खुकुलो हुँदै गयो यसको बिक्री बढ्न थाल्यो ।

‘पछिल्लो एक वर्षमा बडवाइजर बियरको माग धेरै छ,’ लामाले भने, ‘हामी कुनै महिना ५० केससम्म बडवाइजर बिक्री गर्छौं । जबकी, टुबोर्ग १० केसमात्र जान्छ ।’ यो बियरलाई उनले पनि धेरै मन पराएका छन् ।

‘नुन अलि कम लागे जस्तो छ तर स्वाद ज्यादै मिठो छ,’ उनले भने ।

अहिले बजारमा उपलब्ध भएको बडवाइजर प्रिमियम र मइल्ड सेग्मेन्टको हो । प्रिमियम माइल्डमा ५ प्रतिशतभन्दा अल्कोहल छ । ६ प्रतिशतभन्दा माथिको बियरलाई भने स्ट्रोङ भनिन्छ । केही दिनमा बडवाइजरको स्ट्रोङ सेग्मेन्टको म्याग्नम पनि सार्वजनिक हुँदै छ ।

नेपालमा बियरको कुल बजार हेर्ने हो भने सफ्ट प्रिमियम सेग्मेन्टको बियरको बजार २० प्रतिशतमात्र रहेको जाउलाखेल ग्रुप अफ इन्ड्रष्ट्रीका चिफ मार्केटिङ अफिसर वैभव शर्मा बताउँछन् ।

नेपाली बजारमा सफ्ट र स्ट्रोङ बियर आएपछि बजारको संरचना नै बदलिएको छ । पहिला ८० प्रतिशत माइल्ड र २० प्रतिशत स्ट्रोङ बिक्री हुन्थ्यो । अहिले यसको ठिक विपरित ८० प्रतिशत स्ट्रोङ बियरको बजार छ ।

स्ट्रोङ बियरको बजार बढ्दै जाँदा प्रिमियमको बजार घट्दै गएको छ । घट्दै गएको प्रिमियम बियरको बजारलाई बडवाइजरले थप घट्नबाट रोकेको शर्मा बताउँछन् ।

‘प्रिमियम बियरको बजार हिस्सा घट्दै गएर २० प्रतिशत पुगेको थियो,’ शर्माले क्लिकमाण्डूसँग भने, ‘बडवाइजर आएपछि त्यो बजार थामिएको छ ।

प्रिमियम सेग्मेन्टमा बडवाइजरको हिस्सा २५ देखि ३० प्रतिशत रहेको उनले बताए । शर्माका अनुसार हाल औषत महिनामा ६० हजार कार्टुन बिक्री भइरहेको छ । ठूलो कार्टुनमा १२ र सानो कार्टुनमा २४ वटा हुन्छन् । यो भनेकोे ५ हजार हेक्टो लिटर हो । मासिक औषत ४ हजारदेखि ५ हजार हेक्टो लिटरको खपत भइरहेको उनले बताए ।

अहिले नेपालमा स्ट्रोङ बियरको बजारमा गोर्खा स्ट्रोङ, नेपाल आइस, अर्ना, टुबोर्ग चल्तिमा छन् ।

उनका अनुसार नेपालमा महिनाको १ लाख हेक्टोलिटर हाराहारीमा बियर बिक्छ । प्रिमियम बियर २० हजार हेक्टोलिटर बिक्री हुन्छ । त्यसमध्ये बडवाइजरमात्र ५ हजार हेक्टोलिटर बिक्री हुन्छ ।

‘घटिरहेको बजारमा प्रवेश गरेर घट्नेक्रमलाई रोक्दै २० प्रतिशत बजार लिनु ठूलो कुरा हो,’ शर्माले भने, ‘अहिलेको बिक्री उत्साहजनक छ ।’

पुस, माघ, फागुनसम्म २० हजार कार्टुन बिक्री भइरहेको बडवाइजर चैतपछि ७० हजार कार्टुन बिक्री भएको छ । १५ महिनाअघि सार्वजनिक भएको बडवाइजर गत वर्षको साउनदेखि बिक्रीको रफ्तार बढेको थियो ।

बडवाइजर बियरको उत्पादन कारखाना भैरहवामा छ । भैरहवामा झन्डै डेढ सय र काठमाडौंमा सेल्स टिमसहित ७० जनाले बजवाइजरकै कर्मचारी छन् ।

बडवाइजरलाई थप विस्तार गर्न अगामी दिनमा प्रवर्द्धनका योजना पनि बनाइरहेका छन् । स्ट्रोङ सेग्मेन्टमा प्रतिस्पर्धा गर्न बडवाइजर म्याग्नम आउँदै छ ।

त्यस्तै, यस पटक विश्वकपको आधिकारिक स्पोन्सरमा बडवाइजर रहेको छ । त्योबेला नेपालमा पनि केही प्रवर्द्धनको काम गर्ने योजना रहेको शर्माले बताए ।

‘हामीले युवा उपभोक्तालाई लक्षित गर्छौं । यो भनेको प्रिमियममा मात्र हो,’ उनले भने ।

जाउलाखेल ग्रुप अफ इन्ड्रष्ट्री मदिराको बजारमा बजार लिडर भए पनि बियरमा भने अगाडि आउन सकेको थिएन । अब बडवाइजरमार्फत् जाउलाखेल ग्रुप अफ इन्ड्रष्ट्री आक्रमकरुपमा बजारमा आउने रणनीति बनाएको ।

नेपालमा बियरको बजार वार्षिक झन्डै १५ लाख हेक्टोलिटर रहेको उनको अनुमान छ । यो भनेको झन्डै २ करोड कार्टुन हो । कारोबारमा हिसाब गर्ने हो भने ६० अर्ब रुपैयाँ बराबरको बजार रहेको व्यवसायी बताउँछन् । विश्वका चर्चित फुटबल खेलाडी मेसी बडवाइजरको ब्रान्ड एम्बासडर हुन् ।

स्ट्रोङ सेग्मेन्टको म्याग्नम पनि सार्वजनिक

नेपाली बजारमा छोटो समयमै बडवाइजर प्रिमियम लोकप्रिय भएपछिस्ट्रोङ सेग्मेन्टअन्र्तगतको म्याग्नम पनि सार्वजनिक भएको छ ।

नेपालमा बडवाइजरको प्रिमियम सेग्मेन्टमा उत्पादन तथा बिक्री वितरण गरिरहेको जाउलाखेल ग्रुप अफ इन्ड्रष्ट्रि अन्तर्गत राज ब्रुअरीले बडवाइजर म्याग्नम सेग्मेन्टमा ल्याउन लागेको हो । बडवाइजर म्याग्नम स्ट्रोङ सेग्मेन्ट अन्र्तगतको बियर हो ।

बडवाइजर म्याग्नम मंगलबार सार्वजनिक भइसकेको छ। यो हालको लागि नेपालको पश्चिम क्षेत्रमा मात्र उपलब्ध भएकोे कम्पनीका चिफ मार्केटिङ अफिसर शर्माले जानकारी दिए ।

‘प्रिमियम सेग्मेन्ट लोकप्रिय भएपछि म्याग्नम पनि ल्याएका हौं,’ उनले भने, ‘म्याग्नम शुरुमा काठमाडौं बाहिरबाट सार्वजनिक भएको छ ।’

हाललाई पहिलो चरणमा बुटबल, भैरहवा र सुदूरपश्चिममा क्षेत्रमा सार्वजनिक भएको छ। त्यसको केही समयपछि मात्रै काठमाडौंमा सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताए ।

बडवाइजर म्याग्नममा अल्कोहलको मात्रा ६.५ प्रतिशत छ । प्रिमियम माइल्ड सेग्मेन्टको बियरमा भने अल्कोहलको मात्रा ५ प्रतिशतभन्दा कम छ ।

स्ट्रोङ सेग्मेन्ट अन्र्तगतको बडवाइजर म्याग्नम ठूलो र सानो बोतलमा आउने छ । ठूलो बोतलको मूल्य ३६० रुपैयाँ राखिएको छ।

नेपालमा स्ट्रोङ बियर माइल्डभन्दा अलि सस्तो हुने गरेको छ ।

‘म्याग्नम बियर प्रिमियम जस्तो मीठो छ,’ शर्मा भन्छन्, ‘भारतमा पनि यसलाई प्रिमियम बियर भनेर नै बुझ्छन् । दुबै प्रिमियम हुन्।’

बडवाइजर म्याग्नम स्ट्रोङ भए पनि प्रिमियम सेग्मेन्टमा ल्याउन लागिएको उनले बताए । भारतमा म्याग्नम प्रिमियमभन्दा महंगो भएको उनी बताउँछन् । शर्माका अनुसार भारतमा बडवाइजरको बजारमध्ये ८० प्रतिशत म्याग्नमको छ ।

नेपालमा बियरको बजारमध्ये स्ट्रोङ सेग्मेन्टले ८० प्रतिशत हिस्सा ओगट्छ । स्ट्रोङ सेग्मेन्टमा गोर्खा, अर्ना, टुबोर्ग, नेपाल आइसलगायतका बियर लोकप्रिय छन् ।

स्ट्रोङ सेग्मेन्ट आएपछि नेपालमा बियरको बजार अझ धेरै बिस्तार भएको छ । तर, यसले प्रिमियमलाई भने असर गरेको व्यवसायीहरुको बुझाइ छ ।

पछिल्लो समय स्ट्रोङको बजार ह्वात्तै बढेपछि प्रिमियम बियर धेरै खस्किएको थियो । वडवाइजर प्रिमियम आएपछि भने प्रिमियमको बजारलाई टिकाइराखेको शर्मा बताउँछन् ।

विश्वमै सबैभन्दा धेरै बिक्ने बियर

सन् १८७६ मा अमेरिकामा स्थापना भएको एनहाइजर बुस इनवेभ कम्पनीले यो बडवाइजर उत्पादन गर्छ । तत्कालीन समयमा यसलाई किङ अफ बियरका नामले चिनिन्थ्यो । यो बियर अमेरिकासहित विश्व बजारमा धेरै बिक्री हुनेमा पर्छ ।

एजेन्सीहरुका अनुसार सन् २०२१ मा बडबाइजर बियर उत्पादक कम्पनीको ब्राण्ड भ्यालु १६ अर्ब २० करोड अमेरिकी डलर अर्थात् २० खर्ब ४८ अर्ब नेपाली रुपैयाँ बराबरको थियो ।

उक्त वर्ष कम्पनीको कूल आम्दानी ५४ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् ६८ खर्ब ६७ अर्ब रुपैयाँ बराबर थियो । सो वर्ष कम्पनीले ७८ अर्ब ७० करोड ५० लाख लिटर बियर उत्पादन गरेको थियो । बडबाइजरले अमेरिकी बियर बजारको ४५.८ प्रतिशत र विश्व बजारको २८ प्रतिशत हिस्सा ओगट्छ ।


क्लिकमान्डु