विभिन्न ब्रान्डमा चामल बेच्ने ३ कम्पनीले गरे साढे ५ अर्बको कारोबार



काठमाडौं । विभिन्न देशबाट धान तथा चामल आयात गरी नेपालमा प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्दै आएको ३ कम्पनीले सन् २०२१ मा साढे ५ अर्बको कारोबार गरेका छन् ।

रेटिङ एजेन्सीमार्फत् सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा ५ अर्ब ५२ करोड ४० लाख रुपैयाँको कारोबार गरेका छन् ।

बजारमा चामल प्रशोधन गरी बेच्ने कम्पनीको बढ्दो प्रतिस्पर्धा छ । त्यसमध्ये पनि ३ कम्पनीले सन् २०२१ मा बढ्दो प्रतिस्पर्धाबीच उच्च कारोबार भएको जनाएको छ ।

कम्पनीहरूले विभिन्न देशबाट चामल आयात गरी प्रशोधन गर्दै आएका छन् । नेपालले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा मात्रै ४३ अर्ब ९१ करोड १८ लाख रुपैयाँ बराबरको १ अर्ब ३ करोड ८१ लाख ९९ हजार केजी चामल तथा धान आयात भएको छ ।

आयातित चामल तथा धानबाट मात्रै नेपाल सरकारले ३ अर्ब ३५ करोड ७६ लाख रुपैयाँ राजस्व महसुल संकलन गरेको छ ।

जयश्री फुड्स प्रालि
भान्साघर र मंगलम ब्रान्डका चामल प्रशोधन गरी बेच्ने जयश्री कम्पनीले एकै वर्ष करिब ३ अर्बको कारोबार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब ८२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२० को तुलनामा करिब २० करोड बढीको कारोबार गरेको छ । जसमा कम्पनीले सन् २०२० मा २ अर्ब ६४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो । साथै, कम्पनीले सन् २०१९ मा २ अर्ब २४ करोड ४० लाख रुपैयाँको चामल बिक्री गरेको थियो ।

साथै, कम्पनीले सो अवधिमा ५.२६ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा २ अर्ब २७ करोड रुपैयाँको कारोबार गर्ने अनुमान गरेको छ ।

सन् २००९ मा गैडाकोट नवलपरासीमा धान प्रशोधन गर्ने उद्योगको रुपमा स्थापना भएको कम्पनीले चिउरा तथा विभिन्न ब्रान्डका चामल बिक्री वितरण गर्दै आएका छन् । कम्पनीले लङ ग्रेन चामल, जिरा चामल र सवा चामल भान्साघर र मंगलम ब्रान्डमा बिक्री गर्ने गरेको छ ।

कम्पनीले आन्तरिक उत्पादन तथा आयातित कच्चा पदार्थबाट चालम मिल सञ्चालन गर्दै आएको छ । जसमा कम्पनीले १ केजीदेखि ३० केजीको प्याकेजिङमा चामल बिक्री गर्दै आइरहेको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि केयर रेटिङ एजेन्सीले १ अर्ब रुपैयाँको रेटिङ दिएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ करोड ९५ लाख रुपैयाँ अर्थात् ट्रिपल बी माइनस र अल्पकालीन कर्जाका लागि ९८ करोड ५ लाख रुपैयाँ अर्थात् एथ्री रेटिङ पाएको छ ।

शिवम् एग्रो उद्योग
शिवम् एग्रो उद्योग प्रालिले सन् २०२१ मा कम्पनीले सन् २०२१ मा भने १ अर्ब ८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२० मा १ अर्ब २४ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२१ मा आम्दानी २०२० को तुलनामा १२.५७ प्रतिशतले आम्दानी घटेको जनाएको छ । सन् २०२१ मा कोभिड–१९ को प्रभावले प्रिमियम ब्रान्डको चामल बिक्रीमा कमी आउँदा १२.५७ प्रतिशतले आम्दानी घटेको कम्पनीको भनाइ छ ।

सन् त्यसैगरी, सन् २०१९ मा कम्पनीले ९४ करोड ३० लाख रुपैयाँको मात्रै आम्दानी गरेको थियो । जसमा कम्पनीको सन् २०२१ मा २३ प्रतिशतले नाफा घटेको जनाएको छ । तर, सन् २०२२ मा कम्पनीको आम्दानी रिबाउन्ड हुने अपेक्षा गरेको छ ।

कम्पनीअनुसार सन् २०२२ को अर्धवार्षिकमा प्रिमियम ब्रान्डको चामल उच्च रुपमा बिक्री हुने अपेक्षासहित ७५ करोडको आम्दानी हुने अनुमान गरेको छ ।

कम्पनीले विगत लामो समयदेखि धान प्रशोधन गरी चामल उत्पादन गर्दै आएको छ । कम्पनीले आन्तरिक उत्पादनसँगै आयातित धानलाई प्रशोधन गर्दै बिक्री वितरण गर्दै आएको छ । कम्पनीको आम्दानी हेर्ने हो भने विगत ३ वर्षदेखि निरन्तर बढाउँदै गएको छ ।

धान मौसम अनुकुलको आधारमा उत्पादन हुने गर्दछ ।

सोहीअनुसार धानको मूल्य पनि उत्पादनको आधारमा तय हुने गर्दछ । कम्पनीका अनुसार नेपाल धान उत्पादनको क्षेत्रफल, माग आपूर्तिको अवस्था, मौसमलगायत विभिन्न आधारमा आम्दानी हुने गरेको छ ।

सन् २०१२ देखि शिवम् एग्रोले एग्रो क्षेत्रमा नयाँ रेकर्ड कायम गर्दै आएको छ । शिवजी प्रसाद शाह कल्वार अध्यक्ष रहेको यस कम्पनीले खाद्यान्न प्रशोधन, दाना उत्पादन, सोया नगेट उत्पादन, खाद्यान्न, ड्राई फ्रूटलगायत र अन्य एग्रो वस्तु आयात गर्दै आएको छ ।

हाल कम्पनीको देशभर २ सय वटा होलसेलर रहेको छ ।

कम्पनीले मसिनो र लामो चामल ५ केजीदेखि ३० केजीसम्मको विभिन्न ७ वटा ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका १ अर्ब ९ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको छ । जसमा रेटिङ एजेन्सीमार्फत् अल्पकालीन कर्जाका लागि १ अर्ब र दीर्घकालीन कर्जाका लागि ९ करोड १७ लाख रुपैयाँको रेटिङ गराएको हो ।

सेञ्चुरी फुड प्याकेजिङ प्रसोसिङ उद्योग
थकाली, मुबारक, सन्चो, कुहिनुर, सुवास साही र झमझाम ब्रान्डमा खुदी चामल, बासमती चामल, लामो खालको चामल, जिरा चामल उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण गर्दै आएका सेन्चुरी फुड प्याकेजिङ प्रोसेसिङ उद्योगले सन् २०२१ मा १ अर्ब ६१ करोड ४० लाखको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२० १ अर्ब २५ करोड २० लाखको मात्रै कारोबार गरेको थियो भने सन् २०१९ मा ८७ करोड ३० लाखको गरेको थियो । जसमा कम्पनीको कारोबार निरन्तर बढ्दै गएको देखिन्छ ।

सन् २०२१ मा १०.४७ प्रतिशतले नाफा कमाएको कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा १ अर्ब ३६ करोड ९० लाख रुपैयाँको कारोबार हुने अनुमान गरेको छ ।

राजेन्द्रप्रसाद अग्रवाल अध्यक्ष रहेको यस उद्योगको देशभर ७ वटा ठूला तथा साना खुद्रा विक्रेता छन् । जसमा कम्पनीले आन्तरिक तथा आयातित कच्चा पदार्थ ल्याई चामल प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै, केयर रेटिङ नेपालले कम्पनीलाई दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७७ करोडको रेटिङ गराएको छ ।


अरिष्मा मोक्तान