समयमै सम्पन्न नभएका ३५ सय आयोजनाको म्याद एक वर्ष थपियो



काठमाडौं । समयमै सम्पन्न हुन नसकेको ३५ सय आयोजनाको म्याद थप हुने भएको छ । सरकारले सार्वजनिक खरिद नियामवलीको १२औं संशोधन गरी म्याप थपको व्यवस्था गरेको हो ।

‘सरकारले सम्झौताको अवधि समाप्त भएका, असार मसान्तसम्म खरिद सम्झौताको अवधि समाप्त भएका, सम्झौता बमोजिमको काम सम्पन्न नभएका वा हुन नसकेका अवस्थामा रहेका वा यो नियम प्रारम्भ हुनुअघि अवधि थपका लागि सार्वजनिक निकाय समक्ष निवेदन दिएका आयोजनाहरुको हकमा एक वर्षसम्मका लागि म्याद थप गरिएको हो ।

निर्माण कार्यको हकमा सम्बन्धित निर्माण व्यवसायीले यो नियम लागू भएको २१ दिनभित्र सम्झौता अवधि थप गर्नका लागि निवेदन दिनुपर्नेछ ।

निवेदन प्राप्त भएमा सम्बन्धित अधिकार प्राप्त अधिकारीले उपनियम (१) कमोजिम पेश भएको कार्यतालिका जाँच गरी आवश्यक देखिएमा परिमार्जन गरी पुनः पेश गर्न सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिन सक्नेछन् ।

संशोधित कार्यतालिका पेश भएपश्चात बोलपत्र स्वीकृत गर्ने अधिकारीले कम्तीमा दुई वटा प्रगती हासिल गर्नुपर्ने सीमा (माइलस्टोन) तोकी थप आर्थिक व्ययभार नपर्ने गरी बढीमा २०८० साल असार मसान्तसम्ममा म्याद थप गर्न सक्नेछ । तर, निर्माण व्यवसायीले तोकेको प्रगति हासिल नगरेमा पूर्वनिर्धारित क्षतिपूर्ति तिर्नुपर्नेछ ।

म्याद थपसम्बन्धी निर्णय उपनियम (१) बमोजिम निवेदन प्राप्त भएको ३० दिनभित्र निवृदन गरिसक्नुपर्नेछ । यसरी समयमा नै म्याद थप सम्बन्धी निर्णय नगर्ने पदाधिकारी वा कर्मचारीलाई तालुक निकायले प्रचलित कानून बमोजिम विभागीय कारबाही गर्नुपर्नेछ ।


क्लिकमान्डु