अम्बे सिमेन्टको आम्दानी १४%ले बढ्यो, दैनिक १ हजार मेट्रिक टन बिक्री



काठमाडौं । कोरोनाकालको समयममै अम्बे सिमेन्टको आम्दानी १४ प्रतिशतले बढेको छ ।

कम्पनीले सन् २०२१ मा २ अर्ब ४ करोड २० लाख रुपैयाँको आम्दानी गरेको छ । जबकी सन् २०२० मा कम्पनीको आम्दानी १ अर्ब ७८ करोड ४० लाख रुपैयाँ थियो ।

कम्पनीले गत वर्ष आफ्नो उत्पादन क्षमतालाई बढाएको जनाएको छ । सन् २०२० मा ४८ प्रतिशतले आफ्नो क्षमता बढाएकोमा गत वर्ष ५८ प्रतिशतले आफ्नो क्षमता उपयोग गरेको थियो ।

कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनले उत्पादनमा असर पुग्न गई सन् २०२० मा आफ्नो आम्दानी घटेको थियो । तर, सन् २०२१ मा कोभिडले रोकिएको काम शुरु हुँदा कम्पनीको आम्दानी १४ प्रतिशतले बढेको जनाएको छ ।

कम्पनीले दुई प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले दुई वटा ब्रान्डका ओपीसी सिमेन्ट र ६ वटा ब्रान्डको पीएससी सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उक्त सिमेन्ट आवासिय, व्यवासायिक तथा उद्योग आयोजना, ड्याम र कंक्रिट क्षेत्रमा प्रयोग हुने गर्दछ । कम्पनीले विशेषगरी पूर्वी क्षेत्र अर्थात् ७ प्रदेशमध्ये ४ वटा प्रदेश र ७७ जिल्लामध्ये ३८ वटा जिल्लामा आफ्नो बिक्री वितरण गर्दै आएका छन् ।

कम्पनीको आफ्नै ग्रान्डिङ र क्लिङ्कर उद्योग भएपनि भारतबाट स्ल्याग र कच्चा पदार्थ आयात गर्दै आएको छ । अम्बेले मुख्य सिमेन्ट उत्पादन गर्दा क्लिङ्कर, स्ल्याग, फ्लाई यश, जिपशमलगायत अन्य कच्चा पदार्थबाट प्रयोग गर्दै आएका छन् ।

सन् २००४ मा पर्सा जिल्लामा उद्योग स्थापना भएको कम्पनीले हाल दैनिक १ हजार मेट्रिक टन उत्पादन तथा बिक्री गर्दै आएको छ ।

इक्रा नेपालले अम्बे सिमेन्ट कम्पनीको अल्पकालीन कर्जाका लागि ९५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा कम्पनीले एथ्रीको रेटिङ गरेको हो ।

अम्बे ग्रुप अफ कम्पनीको अन्तर्गतको अम्बे सिमेन्ट विगत १५ वर्षभन्दा ग्रान्डिङ र क्लिङ्कर दुबै सिमेन्ट उत्पादन गर्दै आएको छ ।

शोभाकर न्यौपाने अध्यक्ष रहेको अम्बे कम्पनीको सज्जनकुमार अग्रवाल प्रबन्ध निर्देशको रुपमा रहेका छन् । अग्रवालसँग करिब १५ वर्षको व्यापार र उत्पादनमा क्षेत्रमा अनुभव रहेको अम्बे स्टीलको कार्यकारी सदस्यसेमत हुन् ।


क्लिकमान्डु