श्रीलंकामा आर्थिक संकट चरम अवस्थामा, सीमित व्यक्तिको पहुँचमा अर्थतन्त्र



एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोमा बस्ने रमेश मारिया रिटायर्ड कर्मचारी हुन् ।

श्रीलंकाको वर्तमान आर्थिक अवस्थाका कारण उनको जनजीवन कष्टकर बनेको छ । उनले सेवन गर्ने औषधि सहज रुपमा पाइएको छैन । पाइए पनि मूल्य दोब्बर भइसकेको छ ।

‘मेरो छोराको जागिर छुटिसक्यो । मैले बचत गरेको पैसाको अहिले कुनै मूल्य नै छैन । प्रत्येक वस्तुको मूल्य चार गुणासम्म बढेको छ । मलाई थाहा छैन कि यो अवस्था कहिलेसम्म रहन्छ,’ मारियाले भने ।

श्रीलंका यतिबेला चरम आर्थिक संकटमा चुर्लम्मै छ । श्रीलंका स्वतन्त्रतापछि गम्भीर आर्थिक संकटमा परेको यो पहिलो पटक हो ।

श्रीलंकामा महंगी १७ प्रतिशतभन्दा बढी पुगिसकेको छ । मानिसहरु पेट्रोल, खाना पकाउने ग्याँस, मट्टितेल खरिद गर्नका लागि घण्टौसम्म लाइनमा बस्न बाध्य भएका छन् ।

जसका कारण श्रीलंकामा चरम आर्थिक संकट छाएका छ । श्रीलंकामा खाद्यान्नको मूल्य आकाशिएको छ । स्थानीयहरुका अनुसार उनीहरुका लागि यो एक कप चिया पिउन पनि मुस्किल समय हो ।

इन्धन संकट बढ्दो, घण्टौं लोडसेडिङ
श्रीलंका एउटा द्विप हो । जसको अर्थव्यवस्था पर्यटन रेमिट्यान्समा निर्भर छ । कोभिडका कारण यी दुबै क्षेत्रमा नराम्रो प्रभाव पर्यो । र, श्रीलंकन अर्थव्यवस्थाको मेरुदण्ड भाँचियो ।

श्रीलंकासँग यतिबेला विदेशी मुद्रा छैन । यस्तो अवस्थामा न त इन्धन खरिद गर्न पाएको छ, न खाद्य पदार्थ र औषधि नै खरिद हुन सकेको छ ।

विदेशी मुद्रा भण्डारको बचाउँदै गर्दा महंगी १७.५ प्रतिशतसम्म पुगेको छ । थर्मल प्लान्टमा इन्धन छैन । जसका कारण दैनिक ५ घण्टासम्म लोडसेडिङ भइरहेको छ ।

श्रीलंकामाथि यतिबेला ५१ अर्ब डलरको ऋण छ । क्रेडिट एजेन्सीहरु श्रीलंका यतिबेला कर्जा चुक्ता गर्न असमर्थ भएको बताइरहेका छन् ।

श्रीलंकाले चीनसँग पनि ठूलो मात्रामा ऋण लिएको छ तर तिर्न सकिरहेको छैन । चीनसँगको ऋण श्रीलंका रि–स्ट्रक्चर होस् भन्ने चाहन्छन् ।

भ्रष्टाचार बढ्दो, समस्या झन बढ्यो
मारिया भन्छन्, ‘अहिले जुन अवस्था आएको छ त्यो लामो समयसम्मको भ्रष्टाचार कै कारण हो, अहिले आएर असर देखिएको मात्रै हो ।’

सर्वसाधारणसँग पैसा छैन । जति पैसा छ त्यसको पनि मूल्य नै छैन । नेपाली १ रुपैयाँको ९९ रुपैयाँ मात्रै छ । श्रीलंकामा यो समय आधार किलो मिल्क पाउडरको मूल्य श्रीलंकन ८०० छ ।

‘दुध र तरकारीको मूल्य अत्यधिक हुँदा खाना खान पनि मुस्किल भइरहेको अवस्था छ,’ मारियाले भने ।

सरकारी दमन नीति
कोलम्बोमा काम गर्ने एक स्थानीय पत्रकारले आफ्नो नाम गोप्य राख्ने शर्तमा भने, ‘सरकार अहिले ती मानिसहरुलाई निशाना बनाएको छ, जो सरकारको विरुद्ध बोलिरहेका छन् ।’

उनका अनुसार सरकारलाई प्रदर्शनले कुनै फरक परेको छैन । सरकारले प्रदर्शनलाई कुनै महत्व दिएको छैन । सरकारका तर्फबाट कुनै प्रतिक्रिया पनि आएको छैन ।

‘१/२ वर्षअघिदेखि नै श्रीलंकामा आम जीवन निकै मुस्किल भइरहेको थियो । मानिसहरु आफ्नो खर्च आफै चलाउन सकेका थिए । तर जब यो सरकार सत्तामा आयो । तर मानिसहरुको जनजीवन अझ कष्टकर बन्यो । अब घरको खर्च चलाउन पनि समस्या भइरहेको छ ।’

श्रीलंकामा यतिबेला ठूलो संकट खाद्यान्नसँगै विजुलीको पनि हो । पर्याप्त विजुली नै छैन । लोडसेडिङ हरेक दिन भइरहेको छ ।
इन्धनका लागि घण्टौ लाइनमा लागिरहेका मानिसहरु बेहोस भइरहेका छन् । इन्धनको अभावमा सवारी साधन सञ्चालन रोकिएको छ । खाना पकाउने ग्याँसका लागि लामो लाइन लाग्नु परिरहेको छ ।

‘एक महिनापहिले सुप बनाउनका लागि सामान लिन जाँदा ३ सय श्रीलंकन मुद्रा परेकोमा अहिले सोही सामान १ हजार पर्न थालेको छ,’ ती पत्रकारले भने ।

यतिबेला श्रीलंका जाने पर्यटकहरुमा पनि कमी आएको छ । होटलमा विजुली पनि छैन र पर्यटक आवगमन कम हुँदै जाँदा समस्या अझ थपिएको छ ।

नोट धेरै छपाउँदा मूल्य घट्यो
श्रीलंकामा आर्थिक संकट अत्यन्तै गहिरो भएसँगै सरकारले समिति बनायो । तर कुनै ठोस काम भएन । सरकारले कैयन सल्लाहकार समिति पनि बनायो । समिति अन्तर्गत अन्य समितिहरु पनि बनाइयो । तर कुनै समस्या समाधान भएन ।

यसरी श्रीलंकाको अर्थतन्त्र संकट पर्दै जानुमा धेरै नोट छाप्ने नीति पनि कारक भएको विज्ञहरु बताउँछन् ।

‘अर्थतन्त्र स.कटमा आउनुमा नोट धेरै छाप्नु पनि हो । यसले ब्याजदर बढ्यो । अन्य देश र वित्तीय संस्थानको कर्जा पनि बढ्यो । ऋण चुक्ता गर्न श्रीलंका लगातार ऋण लिइराख्यो जुन अर्थव्यवस्थाका लागि गाह्रो भयो,’ ती पत्रकारले भने ।


क्लिकमान्डु