कामना सेवाको फड्कोः ३ वर्षमा ‘टप फोर’मा पुग्यो, अब्बल बने ‘इन्डिकेटर’



काठमाडौं । पोखराको कामना र बुटबलको सेवा विकास बैंक मर्जपछि बनेको कामना सेवा विकास बैंक काठमाडौंमा आउँदा ‘राष्ट्रिय पहिचान’ थिएन ।

अधिकांश व्यवसायीक सूचकांकमा धेरै पछाडि थिए । झन्डै एक दर्जन राष्ट्रिय विकास बैंकमध्ये सबैभन्दा अन्तिमा सूचिमा थियो कामना सेवा विकास बैंक ।

‘राष्ट्रियस्तरको विकास बैंक भनिए पनि त्यसअनुसारको उपस्थिति थिएन,’ कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले भने, ‘राष्ट्रियस्तरको पहिचना र गुडविल पनि थिएन ।’
तीन वर्षको अवधिमा भने यस बैंकले आफ्नो पहिचानलाई परिवर्तन गरेको छ ।

‘११ औं स्थानमा रहेको बैंक अहिले उत्कृष्ट राष्ट्रियस्तरको विकास बैंकमध्ये टप ४ भित्र पर्न सफल भएका छौं,’ बस्नेतले भने, ‘अहिले हाम्रा हरेक सुचकांकहरु राष्ट्रियस्तरका छन् ।’

निक्षेप र कर्जामा सफलता, अन्य सुचकांकमा पनि अब्बल हुँदै

बैंकले पछिल्लो पाँच वर्षको अवधिमा बैंकको निक्षेप संकलन र कर्जा विस्तारमा ठूलो फड्को मारेको छ ।

निक्षेप संकलनमा बैंकले चार वर्षको १८७.६८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४\७५ मा निक्षेप संकलन १५ अर्ब ७५ करोड रुपैयाँ थियो । २०७७\७८ मा आइपुग्दा ४५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको फागुनसम्म ८ महिनामा निक्षेप संकलन ४९ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै, कर्जाको बिस्तारमा पनि चार वर्षको अवधिमा १९७.६१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७४\७५ बैकको कर्जा बिस्तार १३ अर्ब ४४ करोड रुपैयाँ थियो । जुन गत आर्थिक वर्ष २०७७\७८ मा ४० अर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ८ महिनामा कर्जा विस्तार ४४ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

चार वर्षको अवधिमा ग्राहक संख्यामा पनि उलेख्य वृद्धि भएको छ । आर्थिक वर्ष २०७५\७६ मा बैंकको ग्राहक २ लाख ५० हजार ३ सय ४ जना थिए । चालु आर्थिक वर्षको फागुन महिनासम्म उक्त ग्राहक संख्या ४ लाख ७९ हजार ३ सय ३ पुगेका छन् । चार वर्षमा ग्राहकको वृद्धि ९१.४८ प्रतिशतले वृद्धि भएको छ ।

ग्राहकको संख्यासँगै बैंकका कर्मचारीको संख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०७४\७५ मा बैंकमा ६ सय ६६ कर्मचारी थिए । चालु आर्थिक वर्षमा कर्मचारीको संख्या १ हजार ३३ पुगेका छन् ।

राष्ट्रियस्तरको विकास बैंकको पहिचान बनाएसँगै बैंकका शाखा र एटीएमको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०७४\७५ मा बैंकका शाखा ६० थिए । चालु आर्थिक वर्षको फागुनसम्म मुलुकभर १ सय ३३ वटा शाखा पुगेका छन् । केही दिनभित्र थप दुई शाखा थपिन लागेको बस्नेतले बताए । त्यस्तै एटीएमको संख्या ७७ पुगेको छ ।

यसरी सम्भव भयो सफलता

छोटो समयमा राष्ट्रियस्तरको टप ४ भित्रको विकास बैंक बन्नुमा बैंकले अंगालेको रणनीति र कर्मचारीको उत्कृष्ट प्रदशन प्रमुख कारक रहेका छन् । व्यवस्थापन, बोर्ड, सीइओ र कर्मचारीको संयुक्त प्रयासले ग्राहकको चाहनालाई पूरा गरेपछि अलिहेको सफलता प्राप्त भएको सीईओ बस्नेतको भनाई छ । उनी साढे तीन वर्षअघि उनी सीइओ हुँदा बैंक ११औं स्थानमा थियो । अहिले बैंक टप फोरको राष्ट्रियस्तरको विकास बैंक बन्न सफल भएको छ ।

बस्नेत बैंकमा छिर्दै गर्दा सञ्चालक समितिको भिजन मुलुककै उत्कृष्ट विकास बैंक बनाउने थियो । त्यही भिजनलाई साकार पार्न बोर्ड र व्यवस्थापनले बैंकको रणनीति बनायो ।

‘उक्त रणनीतिलाई पालना गर्दै जाँदा हामीले अहिलेको प्रगति हासिल गर्न सकेका हौं,’ सीईओ प्रविण बस्नेत भन्छन्, ‘स्तरीय कर्पोरेट कल्चर विकास गर्दै राम्रो रोजगारी र इनोभेसनमा काम गर्न सकेका छौं ।’

जुन सेवा ग्राहकमाझ ल्याएको थियो, ती सबै ग्राहकले मन पारइदिएको उनले बताए ।

‘कर्मचारीले हामीले लिएका रणनीति र कोरभ्यालुलाई आत्मसाथ गरेकाले यो प्रगति हुन सकेको हो,’ उनी भन्छन्, ‘सबै कुराको फ्युजनले यो म्याजिक हुन सकेको हो ।’

कर्मचारीबाट पनि ठूलो मेहनत र सहयोग मिलेको छ । बैंकले भनेको थियो, ‘यही अवस्थामा रहने हो भने बैंक सफल हुनसक्दैन । हामीले फड्को मार्नै पर्छ । बैंकले ‘स्ट्राटेजिक प्लान २०८०’ निर्धारण गरेको छ ।

‘हाम्रो एउटै बाटो भनेको तन, मन, धनले काम गरेर ‘स्ट्राटेजिक २०८०’ भिजनलाई कसरी प्राप्त गर्ने भन्ने थियो,’ बस्नेत भन्छन्, ‘२०८० रणनीति भनेको ग्राहकको हितलाई केन्द्रमा राखेर बैंकले निर्णय लिन्छ भन्ने मुख्य कुरा हो ।’

मर्जरमा गएर राष्ट्रियस्तरको बैंक भएपछि उपल्लो तहमा दक्ष कर्मचारीको अभाव थियो । बैकले शुरुमा डेड अफ डिपार्टमेन्टमा बाहिरबाट कर्मचारी भर्ना गर्यो भने त्यस तलका कर्मचारी प्रमोशन गर्ने र आवश्यक तालिम दिने काम गर्यो ।
‘तालिमको विषयमा गम्भिर थियौं । तालिम र कर्मचारीका विकसामा धेरै लगानी गर्यौं,’ बस्नेत भन्छन्, ‘यो बीचमा प्रोडक्टहरुलाई रिभाइभ गर्यौं । धेरै जसोलाई डिजिटाइज पनि गर्यौं । लामो प्रकृयालाई छोटो बनायौं ।’

दक्ष कर्मचारी र उनीहरको क्षमताअनुसारको जिम्मेवारी दिए । जसले गर्दा बैंकको प्रोडक्टिभिटीमा धेरै भयो ।

बैंकमा महिला र पुरुष कर्मचारीको सहभागिता पनि राम्रै छ । बैंकमा ४ सय महिला कर्मचारी रहेका छन् । जुन कुल कर्मचारीको ४० प्रतिशत हो । क्षेत्रियताका हिसाबले हेर्ने हो भने पनि बैंक हरेक प्रदेशमा पुगेको छ ।
बैंकको अबको योजना भनेको अहिलेसम्म प्राप्त सफलता र गुडविललाई निरन्तता दिँदै एक नम्बर बन्ने छ ।

‘हामीलाई अहिले आइरहेको सल्लाह र सुझावलाई मनन गरेर आवश्यकताअनुसार कार्यान्वयन गर्छौं,’ बस्नेतले भने ।

बैंकलाई डिजाइज गर्ने, आवश्यकतालाई पूरा गर्ने, अझ बढी व्यवसायीक हुने, डिजिटल ट्रान्सफरमेसनमा ध्यान दिने र ग्राहकलाई फुलफेज कमर्सियल बैंकको अनुभव दिलाउने प्रयास हुने बस्नेत बताउँछन् ।
बैंकले छिट्टै क्रेडिट कार्ड शुरु गर्दैछ । विभिन्न अफरसहितको डेभड कार्ड पनि ल्याउन लागेको उनले जानकारी गराए ।

बैंकले आफ्नो कारोबारलाई अझ बढी डिजिटाइज बनाउने योजना रहेको बस्नेत बताउँछन् । अहिले ६० प्रतिशत कम डिजिटल भइरहेको छ । त्यसलाई अझ माथि लैजाने योजना रहेको उनले बताए ।

दुई वर्षको अवधिमा डिजिटल ट्रान्सफरमेसनमा धेरै फड्को मारेको छ । जतिबेला ८० प्रतिशत कम फिजिकल हुन्थ्यो । कोरोना संक्रमणले डिजिटल ट्रान्सफरमेसनमा ठूलो सहयोग मिलेको उनको भनाइ छ ।


सन्तोष न्यौपाने