चिप्सको अभावले पनि रोकिएन बीएमडब्ल्यूको यात्रा, बिक्रीमा रेकर्ड कायम गर्दा अरु कम्पनी परे पछाडि



कोरोना कहरका कारण विश्वभरको अटो क्षेत्रमा समेत समस्या पैदा भयो । अटो क्षेत्रका अन्य वस्तुमा समस्या नभए पनि चिप्सको अभाव हुँदा धेरै कम्पनीले समस्या भोग्नुपर्यो ।

कोरोनाले आयात निर्यातको श्रृंखला अवरुद्ध हुँदा चीप्सको अभाव देखिएको हो । अझै पनि त्यसको समस्या पूर्णरुपमा समाधान हुन सकेको छैन । समस्या समाधानका लागि अझै लामो समयसम्म लाग्न सक्ने देखिन्छ ।

बीएमडब्ल्यूले लेक्सस, मर्सिडिजलाई लगातार तेस्रो वर्ष पनि लक्जरी उत्पादन बिक्रीमा शीर्ष स्थानमा रहेको पाइएको छ ।

बीएमडब्ल्यूले सन् २०२१ मा प्रतिद्वन्द्वी मर्सिडीज–बेन्ज र लेक्ससलाई पछि पार्दै लगातार तेस्रो वर्ष अमेरिकी लक्जरी कार बिक्रीको नेतृत्व गरेको छ । अटो उद्योगमा चीप्सको अभावलाई क्रमशः समाधन गर्ने प्रयासबाट उत्साहित बनेको छ ।

कम्पनीको एक्स ४ एयूभी ३ सिरिजको सेडानको निर्माताले चौथो त्रैमासिकमा डाइमिलर एजीको मर्सिडिजलाई ३२ हजार ७०५ इकाइ र पूरा वर्षका लागि ६० हजारभन्दा बढी कार उपलब्ध गराएको थियो ।

जुन महामारीको बन्दको बीचमा पनि धेरै फराकिलो अन्तर हो । सन् २०२० मा बीएमडब्ल्यूकोे डेलिभरी गत वर्षभन्दा २१ प्रतिशतले बढेर ३ लाख ३६ हजार ६४४ मा पुग्यो । जबकि मर्सिडिजको बिक्री १ प्रतिशतभन्दा कम मात्रै बढेको छ ।

बीएमडब्ल्यूले यसको एक्स ३ क्रसओभर र एक्स ५ मोडलकोे बिक्रीमा नयाँ उपमा कायम गर्यो । जबकि सेडानको बिक्रीमा १८ प्रतिशतले रिबाउन्स भएको छ । बिक्री र ब्रान्डिङको निरिक्षण गर्ने कम्पनीको बोर्डका सदस्य पिटर नोटाले यस वर्ष अर्को बढोत्तरी हुने अपेक्षा गरेका छन् किनभने कम्पनीले आफ्नो इलेक्ट्रिक आइएक्स सेडानलाई टेस्ला इंकसँग प्रतिस्पर्धा गर्न मैदानमा उतारेको छ ।

नोटाले एक अन्तर्वार्तामा भने, ‘पूर्णरूपमा विद्युतीय सवारी साधनको माग साँच्चै बढ्दै गएको छ ।’

बीएमडब्ल्यूले २०२१ मा विश्वव्यापी रूपमा बेचेका १ लाख वटा ब्याट्रीबाट चल्ने सवारी साधनलाई दोब्बर बनाउन चाहेको छ ।

खासमा २०२१ मा महामारीको प्रारम्भका कारण यसको धेरै सेमिकन्डक्टर अर्डरहरू कायम राख्न बीएमडब्ल्यूको निर्णयले सहयोग गरेको थियो । नोटा अनुसार केही प्रतिस्पर्धीहरूले उत्पादन कटौती गरिएको छ । बीएमडब्ल्यको आफ्नो अडानका कारण महिनौंपछि मात्रै भुक्तानी भएको थियो ।

जसरी टोयोटा मोटर कर्पोरेशनले गत वर्ष समग्र अमेरिकी बिक्रीमा जनरल मोटर्स कम्पनीलाई यसको आपूर्ति–श्रृंखलाका कारणले पछि पारेको थियो । त्यसरी नै लक्जरी कारको बजारले पनि केही कम्पनीको कोलाहललाई राम्रोसँग समाधान गर्न सक्छन् भन्ने परीक्षामा खरो उत्रिन सक्छ ।

नोटाले आगामी केही महिनाहरूमा लक्जरी कारको बिक्रीमा जारी रहेको चिप्सको अभावलाई सम्बोधन गर्ने प्रयास रहने बताएका छन् । त्यसबाट अपेक्षा गरिएभन्दा अन्य आधारमा थप सहज वा आधा मात्रै हुनसक्छ भन्ने पनि देखिन्छ ।

टोयोटाको स्वामित्वमा रहेको लेक्ससले गत वर्ष आरएक्स एसयूभी र इएस सेडानको बिक्री ११ प्रतिशतले बढाएको थियो । जसले यसको आम बजारको लाभलाई प्रतिध्वनित गरेको छ ।

जीएलई एसयूभीले मर्सिडिजको बिक्रीलाई ३५ प्रतिशत बढाएको छ । जबकि मर्सिडिजको दोस्रो ठूलो बिक्रेता जीएलसी आइडी ८ थोरै मात्रामा घटेको छ । त्यसमा पनि विद्युतीय सवारीको बिक्री भने उल्लेख्य बढेको छ ।

विवरणहरुमा जनाइएअनुसार बीएमडब्ल्यूले मर्सिडिज बेञ्जलाई पछि पार्दै विश्वको सबैभन्दा धेरै बिक्री हुने प्रिमियम कार ब्रान्ड बनेको छ । उसले मर्सिडीजलाई पछाडि पारेको पाँच वर्षमा यो पहिलो पटक हो ।

यस महिनाको अन्त्यमा पूर्ण–वर्ष बिक्रीको आधिकारिक तथ्याङ्कहरू जारी गरेको छैन, तर डेलिभरीहरू यस वर्षको धेरैजसो डेमलर एजी ब्रान्डको अगाडि रहेको छ । सो अटोमेकरले वर्षको पहिलो नौ महिनामा १.७ मिलियन बीएमडब्ल्यूले ब्रान्डेड गाडी उपलब्ध गराएको छ ।

रिपोर्ट अनुसार, बीएमडब्ल्यू ब्रान्डले २०२१ मा २.२ मिलियन गाडी बिक्री गरेको थियो भने मर्सिडिज–बेञ्जले विश्वव्यापी रूपमा १.०५ मिलियन यात्रुवाहक सवारी साधन बेचेको थियो ।

मर्सिडीजले २८ फेब्रुअरीमा कम्पोनेन्टको दुर्लभ आपूर्तीले वर्षको आधा अवधिमा उद्योगलाई अगाडि बढाउने र विश्वव्यापी रूपमा क्षमता मापन जारी रहने बताएको छ ।

मर्सिडिज ब्रान्डका यात्रुवाहक कारहरूको बिक्री गत वर्ष ५ प्रतिशतले घटेर २.०५ इकाइमा पुगेको डेमलरले गत हप्ता जानकारी दिएका थिए । चौथो त्रैमासिकमा कारको मात्रामा २५ प्रतिशतले घटेको थियो । किनभने सेमिकन्डक्टरको अभावले आपूर्तिमा असर परेको थियो ।


क्लिकमान्डु