रुस-युक्रेन युद्धका कारण के विश्वभर आर्थिक मन्दी आउँदैछ ?



बीबीसी । रुस र युक्रेनबीच चलिरहेको युद्धका कारण यतिबेला विश्वभर आर्थिक मन्दी आउँछ कि भन्ने विषयमा चिन्ता बढ्दै गएको छ ।

जानकारहरु विश्वको अर्थतन्त्र यसवर्ष पनि बढ्दो क्रममै हुने बताएका छन् । यद्यपि यी दुई देशबीचको युद्धको असर विश्वका सबै देशभर महशुस भने हुनेछ ।

तर असर कतिसम्म ठूलो हुनेछ भन्ने विषय युद्ध कति लामो समयसम्म चल्छ भन्ने विषयमा निर्भर हुने जानकारहरुको भनाइ छ, वैश्विक बजार अहिले जुन उथलपुथलबाट हिँडिरहेको छ यसले गर्दा केही समयपछि यसको असर दीर्घकालीन हुन सक्ने देखिएको छ ।

स्थान अनुसार असर पनि फरक

बेलायतमा रहेको कन्सल्टेन्सी अक्सफोर्ड इकोनोमिक्सका अनुसार रुस–युक्रेनका लागि आर्थिक परिणाम नाटकीय हुनेछ । तर, बाँकी विश्वका लागि उस्तै भने हुने छैन ।

उदाहरणका लागि पोल्याण्ड र टर्कीको रुससँग राम्रो र बलियो व्यापारिक सम्बन्ध छ । जसका कारण युद्धको असरको विषयमा अन्य अर्थव्यवस्थाको तुलनामा बढी जोखिम हुने देखिएको छ ।

इन्धनका विषयमा पोल्याण्ड आफ्नो आवश्यकता पूरा गर्न आधा हिस्सा रुसबाट आयात गर्छ भने टर्कीले एकतिहाइ इन्धन रुसबाट आयात गर्दै आएको छ ।

यी दुई देशको तुलनामा अमेरिकाको व्यापार जीडीपीको मात्रै ०.५ प्रतिशत मात्रै छ । चीनका लागि यो आँकडा २.५ प्रतिशत छ । त्यसैले यी दुबै देश अमेरिका र चीनका लागि रुस-युक्रेनबीचको युद्धको ठूलो असर भने पर्ने छैन ।

अक्सफोर्ड इकोनोमिक्समा ग्लोबल माइक्रो रिसर्चका निर्देशक बनले वैश्विक आर्थिक विकासमा असर पर्नेछ । उनका अनुसार युद्धका कारण ०.२ प्रतिशत आर्थिक विकासको गती कम हुनसक्छ । अर्थात् ४ प्रतिशतभन्दा कम भएर ३.८ प्रतिशतमा सीमित हुन सक्नेछ ।

‘युद्ध कति लामो समयसम्म चल्न सक्छ भन्ने विषयले अर्थतन्त्रको गति निर्धारण हुन्छ, जति लामो समयसम्म युद्ध चल्यो अर्थतन्त्रमा त्यति धेरै क्षति हुनेछ,’ उनले भने ।

स्ट्याग्फ्लेशन तथा तेलको मूल्यमा असर

बजारमा तेलको बढ्दो मूल्य निकै महत्वपूर्ण छ । युद्धका कारण बढिरहेको तेलको मूल्य अझै बढ्न सक्नेछ ।

अमेरिकी इनर्जी इन्फरर्मेशन एड्मिनिस्ट्रेसनका अनुसार अमेरिका तथा साउदी अरबपछि विश्वको कच्चा तेलको उत्पादनमा रुस तेस्रो स्थानमा छ, सन् २०२० मा रुसले प्रतिदिन १.०५ करोड ब्यारेल तेलको उत्पादन गरेको थियो । रुसले त्यसमध्ये ५० देखि ६० लाख ब्यारेल तेल निर्यात गरेको थियो । जसमध्ये आधार युरोपमा मात्रै निर्यात भएको थियो ।

रुसको तेल निर्यातलाई लिएर अमेरिका तथा युरोपको सम्भावित प्रतिबन्धको आशंकाका बीचमा गत ७ मार्चमा ब्रेन्ट आयलको मूल्य बढेर नयाँ रेकर्ड कायम गरेको थियो ।

पछिल्लो साता अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य २१ प्रतिशतले बढेको थियो । त्यसपछि १८ प्रतिशत बढेर केही कम हुँदै प्रतिब्यारेल १४० डलरमा पुगेको थियो ।

८ मार्चमा अमेरिकाले रुससँग तेल खरिदलाई लिएर प्रतिबन्ध लगाएको छ । साथै बेलायतले सन् २०२२ को अन्तिमभन्दा पहिले रुससँग तेल खरिदको काम पूर्णरुपमा बन्द गरिसकेको छ ।

रिसर्च कम्पनी थन्डर सेड इनर्जीका प्रमुख रोब बेस्टले फाइनान्सियल टाइम्सलाई बताए अनुसार वर्तमान स्थितिका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० डलर पुग्नसक्छ ।

‘रुससँग अन्या देशहरुले तेल खरिद गर्न छाडेको असर के पर्छ भन्ने विषयमा अझै यकिनका साथ भन्न सकिने अवस्था छैन,’ गत ८ मार्चमा रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोवाकले भनेका थिए ।

कच्चा तेलको मूल्य बढ्दा डिजल र पेट्रोल वा ग्यासका मूल्यमात्रै बढ्दैन । यसले त अन्य सामानको मूल्य पनि बढाउँछ । उत्पादनका लागि एक ठाउँबाट अर्को ठाउँमा समान लैजाने खर्च बढ्छ । त्यसैले तेलको मूल्य बढ्दा महंगी स्वभाविकरुपमै बढ्ने छ ।

स्टेगफ्लेशन त्यस्तो अवस्था हो जहाँ महंगी लगातार बढिरहन्छ । र, अर्थव्यवस्थामा विकासको गति सुस्त हुन्छ र बेरोजगारी बढ्नेछ । यो यस्तो अवस्था हो जहाँ महंगी बढ्दै जान्छ भने जीडीपी कम हुन थाल्छ यस्तो अवस्थालाई स्टेगफ्लेक्सन भनिन्छ ।

खाद्यान्नको मूल्य पनि बढ्नेछ

युद्धको असर खाने सामानहरुमा पनि पर्न सक्नेछ । त्यो किन पनि भने रुस र युक्रेन कृषि उत्पादनका लागि अगाडि छन् ।

स्टेनलेसबोस युनिभर्सिटी तथा जेपी मोगर्नमा कृषि अर्थशास्त्रका सिनियर रिसर्चर बेन्डिल शिलोबोका अनुसार विश्वभर गहुँको उत्पादनमध्ये १४ प्रतिशत रुस र युक्रेनमा मात्रै हुन्छ । र, गहुँको वैश्विक बजारमा २९ प्रतिशत हिस्सा यी दुई देशबाट आउँछ । यी देशहरु सूर्यमुखी तेलको उत्पादनका लागि पनि अगाडि छन् ।

यी देशबाट हुने निर्यातको असर मध्यपूर्ण अफ्रिकार र टर्कीसम्म पर्नेछ ।

लेबनान, मिश्र तथा टर्कीले गहुँको आवयकता पूर्ती गर्नका लागि रुस र युक्रेनबाट आयात गर्छन् । त्यसका साथै सुडान, नाइजेरिया, तान्जानियम, अल्जिरिया, केन्या तथा दक्षिढण अफ्रिका पनि अन्नको आवश्यकता पूरा गर्न यी दुई देशमा अधिक निर्भर छन् ।

विश्वका सबैभन्दा ठूला खाद्य कम्पनीमध्ये एक याराका प्रमुख स्वेन टोरे होलसेथर भन्छन्, ‘मेरा लागि वैश्विक खाद्य संकट पर्छ भन्नेमा चिन्ता भन्दा पनि यो कति लामो समयसम्म रहला भन्नेमा चिन्ता छ ।’

होलसेथरका अनुसार यस विषयमा युद्धभन्दा अगाडि पनि अवस्था गम्भीर थियो ।

ब्याजदर बढ्न सक्नेछ

क्यापिटल इकोनोमिक्सका ग्लोबल इकोनोमिक्स सर्भिसका प्रमुख जेनिफर म्यक्किओनका अनुसार इन्धन र खाद्यान्नको बढ्दो मूल्यका कारण विकासशील देशको अर्थव्यवस्थामा महंगीको असर एक प्रतिशतले बढ्नेछ ।
पहिलेदेखि नै महंगीको असरबाट चिन्तामा उत्पन्न भएको अवस्थामा केन्द्रीय यूरोप तथा ल्याटिन अमेरिकाका केही देशहरुले महंगी नियन्त्रणका लागि ब्याजदर बढाउन सक्नेछन् ।

जेनिफरले म्यक्किओनले बीबीसीसँग कुरा गर्र्दै भनिन्, ‘यस्तो अवस्था आयो भने अर्थव्यवस्थाको बोझ अझ बढ्नेछ ।

यसैबीच पूर्वी युरोपका केही क्षेत्रहरु जर्मनी, इटली तथा टर्कीजस्ता मुलुक रुसबाट प्राप्त हुने कच्चा तेलमा अधिक निर्भर छन् । यसका कारण महंगी अझ बढ्ने देखिएको छ ।

कन्ज्यूमर डिमाण्ड

म्यक्किओनका अनुसार वैश्विकस्तरमा उपभोक्ताको पर्चेजिङ पावरमाथि असर पर्दा एशियाली अर्थव्यवस्थामा ठूलो असर पर्नेछ ।

‘मलाई के लाग्छ भने कन्ज्यूमर डिमाण्ड तथा निर्यातको मागमाथि असर पर्नेछ । साथै, एशियाली देशमा पनि यसको असर हुनेछ । यदि युद्धका कारण कच्चा तेलको मूल्य बढ्यो र यूरोजोनमा तेल र खाद्यान्नको माग कम भयो भने एशियाबाट हुने निर्यात प्रभावित हुन सक्छनेछ,’ उनी भन्छिन् ।

आगामी बाटो अझै कठीन

विश्लेषकहरुको अनुमान अनुसार वैश्विक अर्थव्यवस्था यो वर्ष अगाडि बढ्दै जाने देखिएको छ । कोरोनाका कारण संकटमा परेको अर्थतन्त्र यो वर्ष कोरोना अघिको अवस्थामा पुग्न खोज्दै गरेको देखिएको छ ।

साथै, युद्धका कारण कोरोना अघिकै अवस्थामा अर्थतन्त्र पुर्याउन कठीन हुने देखिएको छ । युद्धका कारण विकासको गतीलाई लिएर आशंका उत्पन्न भइरहेको छ ।


क्लिकमान्डु