वार्षिक २ खर्बको सिमेन्ट निर्यात गर्न सकिन्छः अध्यक्ष थापा



काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपालमा निर्माण हुने सडकलाई गुणस्तरीय तथा दिगो बनाउने उद्देश्यका ‘गाइडलाइन फर डिजाइन एण्ड कन्स्ट्रक्सन अफ सिमेन्ट कंक्रिट पेभ्ड रोड’ निर्देशिका पुस्तक सार्वजनिक गरेको छ ।

इन्स्टिच्युट फर प्रोफेशनल ट्रेनिङ एण्ड म्यनेजमेन्ट (आइपीटीएम) को प्राविधिक सहयोगमा उक्त निर्देशिका तयार पारिएको हो ।

नेपालभर ६५ वटा सिमेन्ट उद्योग छन् । त्यसमध्ये ४४ वटा ग्रेडिङ र २१ वटा किल्ङकर कम्पनी छन् । साथै, सिमेन्टको उत्पादन क्षमता साढे २ करोड छ भने करिब १ करोड रुपैयाँको मात्रै नेपालमा खपत हुने संघको भनाइ छ ।

संघका अध्यक्ष ध्रुव थापाले नेपालको उद्योग ४० प्रतिशत क्षमतामा मात्रै उद्योग चल्न पाएको बताए ।

थापाले उत्पादन भएको सिमेन्ट आन्तरिक क्षेत्रमा बढाउनुपर्ने र निर्यात गर्नुपर्ने बताए । यदि सिमेन्ट निर्यात गर्ने हो भने नेपालबाट वार्षिक २ खर्बको निर्यात गर्न सक्ने दाबी गरे ।

उक्त रकम बराबरको सिमेन्ट निर्यात गर्न सके व्यापारघाटा कम गर्न सहयोग पुर्याउने उनको भनाइ छ । यसैगरी, नेपालको मौसम करिब ९० प्रतिशत अनुकुल नरहेको बताउँदै काम गर्न निकै कठिन रहेको उल्लेख गरे ।

उनले नेपालमा उत्पादन गरेको सिमेन्टबाट कालोपत्रे सडक ३ वर्ष टिक्ने र कंङ्क्रिटको प्रयोगबाट १५ वर्ष टिक्ने बताए । संघका कन्सलटेन्ट किशोर शाक्यले संघले बनाएको गाइडलाइनले सही दिशा देखाउने बताए । उनकाअनुसार उक्त गाइडलाइनप्रत्येक पालिकालाई जानकारी दिनुपर्छ । सो जानकारी दिए प्रभावकारी हुने दाबी गरे ।

‘संघले सकेकम्म सहज ढंगबाट बुझाउने प्रयास गरेको छ,’ उनले भने ।

इञ्जिनियर पदम शाहीले निर्देशिकाको प्राविधिक विषयलाई स्पस्ट पार्दै सडकअनुसार कंक्रिट बनाउनुपर्नेमा जोड दिनुपर्ने बताए । नेपालमा करिब ५०० किलोमिटरको सडकमा मात्रै कंङ्क्रिट पेभ्मेन्ट प्रयोग भएको छ ।

एफएनसीआइका वरिष्ठ अध्यक्ष चन्द्र ढकालले सिमेन्ट बढी उत्पादन भइरहेको अवस्थामा सडक निर्माणमा विशेष ध्यान दिएर गुणस्तरको सिमेन्ट प्रयोग गर्नुपर्ने बताए ।


क्लिकमान्डु