आइएमएफले साढे ३९ करोड डलर ऋण दिने, विदेशी मुद्राको सन्चिती बढ्ने



काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई ३९ करोड ५९ लाख अमेरिकी डलर ऋण दिने भएको छ ।

बुधबार आइएमएफ बोर्ड बैठकले एक्सटेण्डेट क्रेडिट प्mयासिलिटी(इसिएफ) अन्तर्गत नेपाललाई ३८ महिना भित्र सहुलियपूर्ण ब्याजदरमा उक्त कर्जा दिने प्रस्ताव पारित गरेको हो ।

कर्जा रकम मध्ये ११ करोड डलर तत्कालै उपलब्ध गराइने आइएमएफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यो रकम कोराना महामारीले असर पारेको क्षेत्रको पुनर्उत्थानका लागि खर्च गरिने छ । कोरोना महामारीले आर्थिक वर्ष २०७६/७७ मा नेपालको अर्थतन्त्रमा २.१ प्रतिशतको गिरावट आएको, आर्थिक वर्ष २०७७/७८ अर्थतन्त्रमा सुधार हुदँै २.७ प्रतिशतको आर्थिक बृद्धि भएको र चालु आर्थिक वर्षमा ४.४ प्रतिशतको बृद्धि हुने आइएमएफले अनुमान गरेको छ ।

नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपि) बढाउने क्षेत्रमा कर्जा रकम खर्च हुने आइएमएफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सरकारले आइएमएफबाट ल्याएको रकम महामारीले स्वास्थ्य र आर्थिक गतिविधिमा पारेको असर घटाउन, जोखिमपूर्ण समुहका व्यक्तिलाई सहायत प्रदान गर्न, माइक्रोइकोनमिक स्थिरताका कायम राख्न, वित्तिय स्थाइत्व कायम गर्न, दिगो विकास र गरिबि निवारका क्षेत्रमा खर्च खर्च गर्नेछ ।

यस्तै राजस्व परिचालन बढाउने, सरकारी खर्च गर्ने क्षमता बढाउने, वित्तिय क्षेत्रको नियमन र अनुगमन क्षमता बढाउने, वित्तिय पारदर्शीता कायम गर्ने, सुसाशन बढाउने र भष्ट्राचार नियन्त्रण गर्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै नेपाल सरकारले आइएमएफबाट प्राप्त हुने रकम खर्च गर्नेछ ।

चालु आर्थिक वर्ष ५ महिनामा उच्च दरमा आयात बढ्दा बैदेशिक मुद्राको सञ्चितिमा गिरावट आएपछि सरकारले वैदशिक मुद्राको सञ्चिती बढाउन आइएमएफसँग कर्जा लिएको हो । चालु आर्थिक वर्षको ५ महिनामा शोधानान्तर स्थिती (नेपालबाट विदेशिनी र बाहिरिने विदेशी मुद्राको फरक ) १ खर्ब ९५ अर्ब रुपैयाँले घाटा छ । त्यसको अर्थ, पछिल्लो ५ महिनामा नेपालमा भित्रिने भन्दा बाहिरिने विदेशी मुद्रा १ खर्ब ९५ अर्ब रहेको बुझिन्छ ।

अब नेपाल सरकारसँग मंसिर मसान्तमा १२ खर्ब १४ अर्ब रुपैयाँ (करिब १० अर्ब ३ करोड डलर ) बराबरको विदेशी मुद्राको सञ्चित कायम छ । जुन असार मसान्तमा १३ खर्ब ९९ अर्ब रुपैयाँ (११ अर्ब ७५ करोड डलर ) थियो । लगातार चालु खाता घाटामा जादाँ विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको हो । तत्काल आइएमएफले दिने ११ करोड डलरले चालु खाताको घाटा केही कम गर्ने र विदेशी मुद्राको सञ्चिती बढाउन पनि सहयोग गर्नेछ ।

सरकारले घट्दो रेमिट्यान्स बढाउन प्रयाप्त प्रयास नगरि विदेशी मुद्राको सञ्चिती बढाउन आइएमएफसँग कर्जा लिनु उपयुक्त नभएको केही अर्थशास्त्रको तर्क छ ।

तर, अर्थसचिव मधु मरासिनीले क्लिकमाण्डुसँगको कुराकानीमा आइएमएफबाट सहयोग ल्याउनु नियमित प्रक्रिया भएको बताएका थिए ।

चालु आर्थिक वर्षको ५ महिनामा रेमिट्यान्स आप्रवाह ६.८ प्रतिशतले घटेको छ । जबकी गत वर्ष रेमिट्यान्स ११ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको ५ महिनामा ३ खर्ब ८८ अर्ब रुपैयाँ बराबारको रेमिट्यान्स आएको छ ।


क्लिकमान्डु