अनिल अम्बानीको रिलायन्स क्यापिटलको सञ्चालक समिति खारेज, आरबीआईको कब्जा



एजेन्सी । दाजुको सम्पत्ति लगातार उकालो लागिरहेको बेला भाइलाई भने पर्नु पीर परेको छ ।

दाजुभाइको सम्बन्ध संसारभरनै अर्कै खालको रहने गरेको छ । माता पिता एउटै भएपनि दाजुभाइका बीचमा फरक–फरक सोच र काम गर्ने शैली हुँदो रहेछ । यस्तै भएको छ, भारतीय अर्बपति व्यापारी मुकेश अम्बानी र अनिल अम्बानीको बीचमा पनि ।

मुकेशको व्यवसायिक यात्रा लगातार उकालो लागिरहँदा अनिलको भने उँधोगति भइरहेको छ । एउटाको कम्पनी र लगानी डुब्दै जाँदा अर्कोको भने उकालो लागिरहेको छ । पछिल्लो पटक त अनिलको एउटा कम्पनीलाई भारतीय केन्द्रीय बैंकले नियन्त्रणमा लिएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार रिजर्भ बैंकले रिलायन्स क्यापिटललाई नियन्त्रणमा लिएको छ । केन्द्रीय बैंकले बैंक अफ महाराष्ट्रका कार्यकारी निर्देशकलाई प्रशासकको रुपमा नियुक्त गरिएको छ ।

भारतीय रिजर्भ बैंकले रिलायन्स क्यापिटलको सञ्चालक समितिनै खारेज गरिदिएको छ । बैंक अफ महाराष्ट्रका पूर्वकार्यकारी निर्देशक नागेश्वर रावलाई प्रशासकको रुपमा नियुक्त गरिएको छ ।

सो फाइनान्सको सेयरमा मंगलबार नकारात्मक सर्किट लागेको छ । जानकारीअनुसार कम्पनीको सेयर ४.९९ प्रतिशतले ओरोलो लागेर १९.०५ भारुमा ओर्लिएको छ । कम्पनीको सञ्चालक समितिमा अनिल अम्बानी, राहुल सरिन, छाँया विारनी, थोमक मैथ्यू र धनञ्जय तिवारीलगायत थिए ।

रिलायन्स क्यापिटलले २७ नोभेम्बरमा स्टक एक्सचेञ्जलाई जानकारी गराएको थियो । उसले भनेको थियो कि एक्सिस बैंक र एचडिएफसीको ६२४ करोड भारु बराबरको ऋणको ब्याज दिन असफल भयौ । सो ब्याज उसले ३१ अक्टोबरसम्म तिर्नुपर्ने थियो । एडिएफसीको ४.७७ करोड र एक्सिस बैंकको ७१ लाख भारुको ब्याज दिनुपर्ने थियो ।

कम्पनीले एचडिएफसीबाट १०.६ र १३ प्रतिशत ब्याज तिर्नुपर्ने थियो । एक्सिस बैंकको भने ८.२५ प्रतिशत ब्याज तिर्नुपर्ने थियो ।

सन् २०२१ को अप्रिलमा कम्पनीले भनेको थियो कि नान कनभर्टिवल डिवेञ्चरको ब्याज दिन सकिएन । सो ब्याज २२ अप्रिलमै तिर्नुपर्ने थियो ।

रिजर्भ बैंकले एक विज्ञप्तिमार्फत् सोमबार भनेको थियो कि सबै आर्थिक परिसूचकहरु नकारात्मक भएपछि हामीले रिलायन्स क्यापिटललाई नियन्त्रण गर्नुपर्ने अवस्थामा पुग्यौ । रिलायन्स क्यापिटलले तमाम उधारो तिर्न नसकेको तथा कुनै पनि ब्याज भुक्तानी गर्न नसकेका कारण समस्या बल्झिएको छ ।

सबै कर्पोरेट सुशासनमा समेत समस्या पैदा भएको छ । यो मामिला आफेमा असाध्यै चिन्ताजनक विषय हो ।

रिजर्भ बैंकले कडा चाल्नुपर्ने अवस्था आएको संकेत गरेको दोस्रो दिन नै सबै कारोबारका अलावा सञ्चालक समिति नै खारेज गरेर नियन्त्रणमा लिएको छ ।

‘अवस्थालाई हामीले अनदेखा गर्न सकेनौ,’ केन्द्रीय बैंकले भनेको छ । जुन २०१९ देखिनै कम्पनीको लेखापरीक्षण प्रतिवेदनका सम्बन्धमा प्रश्न उठेको थियो । त्यसमा दर्जनौ सवालहरु उठेका थिए ।

यस्तै लेखाको कोणबाट पनि अनेकन प्रश्न उठेका थिए । रिलायन्स क्यापिटल गैर बैंकिङ कारोबार गर्ने कम्पनी हो । यसभन्दा अगाडि दिवान हाउजिङ कम्पनीमा पनि यस्तै खालको समस्या देखिएको थियो ।

क्यापिटलले सन् २०१८ को डिसेम्बरदेखि नै वित्तीय विवरण प्रकाशित गरेको छैन । सो समयमा कम्पनीको कूल रेभिन्यू ५६८ करोड भारु बराबर थियो । त्यसमा कूल फाइदा भने ८९ करोड भारु मात्रै थियो । त्यसमा प्रमोटर्सको हिस्सेदारी १.५१ प्रतिशतमात्रै थियो ।

आम लगानीकर्ताको हिस्सा ९७.८५ प्रतिशत बराबर थियो । कम्पनीमा अनिल अम्बानीका छोरा अनमोन र जय अंशुलको समेत सेयर रहेको छ । खासगरी अलिनको ११.०६ लाख,टीना अम्बानीको २.६३ लाख, जय अनमोलको १.७८, जय अंशुलको १.७८ लाख कित्ता सेयर रहेको छ ।

ओरालो लागेको मृगलाई हरिणले पनि खेद्छ भने जस्तै भएको छ अनिललाई । जताततै समस्यामा परेका उनलाई अब कोही कसैले पनि जोगाउन नसक्ने अवस्थाको सिर्जना भएको छ ।


क्लिकमान्डु