२४ वर्षे युवाले अघि बढाएको सोच, स्टार्टअपबाटै सौर्य ऊर्जाको प्रबर्द्धन



एजेन्सी । विज्ञान तथा प्रविधिमा भएको विकासले व्यापार तथा व्यवसाय बिस्तार पनि फरक–फरक तरिकाले भएको छ । व्यवसायको समग्र डाइनामिक्सनै परिवर्तन भएको छ ।

विद्युतीय माध्यमबाट हुने व्यापारमा झन्झट र जोखिम पनि कम हुने हुनाले मानिसहरु यसमा आकर्षित भएका छन् । विशेष गरी, स्टार्टअपमा हुने कारोबारको बढोत्तरीसँगै मानिसहरुले फरक–फरक सोचका साथ काम गरिरहेका छन् ।

आम मानिसले गरेभन्दा फरक तरिकाले काम गर्नेहरु सफल भएका पनि छन् । अमेजनको नै उदाहरण हेरौं । संसारभर नै व्यवसाय बिस्तार गरिरहेको छ ।

यसै क्रममा भारतमा स्टार्टअपको माध्यमबाट हुने व्यवसाय समेत बिस्तार भएको छ । यसै क्रममा सौर्य ऊर्जाको व्यवसाय पनि स्टार्टअपबाट शुरु भएको छ ।

सौर्य ऊर्जाको प्रयोग र विकासमा ध्यान दिने उद्देश्यका साथ स्टार्टअपमा हाम फालेको त्यसका एक लगानीकर्ताले बताएका छन् । २४ वर्षीय तुषारजीतले देशभर सौर्य प्रणालीको प्रयोगमा बढावा दिने उद्देश्यका साथ स्टार्टअपको सहयोग लिएका छन् ।

त्यसबाट हरेक महिना लाखौंको कमाइ हुने गरेको छ । सोलार प्यानलाई नै कमाइको माध्यम बनाएका तुषारजीतले अपनाएको सोच नेपालका लागि पनि काम लाग्न सक्छ ।

कोइलाको संकटका कारण भारतमा देखिएको बिजुलीको अभाव अहिले पनि उस्तै छ । बिजुलीको संकटबाट जोगिने उद्देश्यले मानिसहरु सौर्य प्रणालीको खोजीमा पनि लागेका छन् । माग बढ्दै जाँदा व्यसायको सोच पनि फरक तरिकाले अगाडि बढेको छ ।

भारतका कयौं राज्यमा ठूला ठूला सौर्य प्रणाली जडान भएका छन् । वैकिलप्क ऊर्जाको स्रोतबाट १०० गिगावाट बराबरको ऊर्जा उत्पादन भएको छ ।

सन् २०३० सम्म त्यसलाई दोब्बर पार्ने लक्ष्य राखिएको छ । बिजुली संकट समाधान गर्ने उद्देश्यले लगाइएका सौर्य प्यानलले दिउँसोको समयमा केही राहत दिएकै छ । त्यसलाई सञ्चय गरेर रातको समयमा समेत प्रयोग गर्न सकिन्छ ।

संकटबाट नै उपायको खोजी हुन्छ भने जस्तै भारतको नोयडामा बस्दै आएका तुषारजीत भारद्वाजले सौर्य ऊर्जा प्रणालीको व्यवसायमा स्टार्ट अप जोडेका छन् ।

त्यसबाट देशको कयौं क्षेत्रमा सहज रुपमा सौर्य प्रणाली उपलब्ध गराउन सहयोग मिलेको छ । त्यसबाट कुन स्थानमा सौर्य प्रणाली चाहिएको छ , कस्तो प्रणाली चाहिन्छ । कति मूल्य बराबरको प्रणाली चाहिन्छ भन्ने जानकारी पनि प्राप्त हुन सक्छ ।

तुषारजीतले पछिल्ला दुई वर्षदेखि यो क्षेत्रमा काम गरिरहेका छन् । गत जनवरीदेखि शुरु भएको उनको स्टार्टअपले अहिलेसम्म १७ वटा परियोजनाका काम गरिसकेको छन् ।

सो कामबाट उनले २२ जनालाई प्रत्यक्ष रुपमा रोजगारी समेत दिएका छन् । अप्रत्यक्ष रुपमा सयौंले रोजगारी पाएका छन् । स्टार्टअपबाट लाखौंको कारोबार समेत भइरहेको छ ।

त्यसका साथै, तुषारजीतको कम्पनीले फरक खालका दुई वटा खोज समेत गरेको छ । उनको टीमले सोलार लिथियम इन्भर्टरको साथमा विद्युतीय सवारीका लागि एलसएपी को समेत विकास गरेको छ । त्यसबाट ब्याट्री लामो समयसम्म चल्न सक्छ । यस्तै, सवारी साधनको गति समेत बढ्न जान्छ ।

तुषारजीतले एसआरआम विश्वविद्यालय चेन्नईबाट स्नातकसम्मको अधययन गरेका हुन् । त्यसपछि उनी बेलायत गए । त्यहाँ उनले स्नातकोत्तरको पढाइ पूरा गरे । त्यसक्रममा उनले सोलार एयर कन्डिसनिङ सम्बन्धी परियोजनामा काम गरे । सोही समयमा नै उनले भारत फर्केर सोलारको कामलाई स्टार्टअपसँग जोडेर अगाडि बढाउने सोच बनाए ।

पढाइ सकेर फर्केको डेढ वर्षसम्म उनले सोही क्षेत्रका बारेमा अध्ययन गरे । शुरुवातीरुपमा उनले २ लाख भारुमा काम शुरु गरे । औपाचारिकरुपमा गत जनवरीदेखि आफनो व्यवसाय शुरु गरे ।

सोही क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सौर्य प्रणालीलाई ध्यान दिएको विषयमा पनि थाहा पाए । वैकल्पिक ऊर्जाको प्रयोगका बारेमा भारतमा विशेष ध्यान दिइएको छ । सोही योजनाबाट तुषारजीतको परियोजनालाई समेत फाइदा भयो ।

व्यवसाय शुरु गरे लगत्तै गत मार्चमा तुषारजीतको कम्पनीले पहिलो काम पायो । त्यो पनि स्र्टाटअपबाटै । बिस्तारै मानिसलहरुले उनको परियोजनालाई मन पराउन थाले । त्यसपछि उनले लगातार काम पाइरहेका छन् ।

छोटो समयमा नै उनले आफनो कामबाट पुरस्कृत हुने सौभाग्य पनि पाए । उनले सन् २०२० मा इन्डियन एचिभर्स अर्वाड पाए । त्यसका साथ साथै योङ एन्टरप्रेनर अर्वाड २०२१ पनि पाए । त्यसका साथ साथै तुषारजीतले योंग ग्लोबल आयकलन २०२१ पनि पाएका छन् ।

तुषारजीतसँग २२ जनाको टीम छ । सो समूहले पहिलो पटक सौर्य प्रणाली राख्ने क्षेत्रको पहिचान गर्छ । त्यसपछि त्यसको सर्भे गर्छ । सर्भे गरिसकेपछि इन्जिनियरले त्यसलाई हेर्छन् ।

त्यहाँ कस्तो प्रकारको प्लान्ट राख्न उपयुक्त हुन्छ भनेर पत्ता लगाउँछन् । मोड्यूलको उचाई, स्ट्रक्चरको बारेमा समेत जानकारी दिन्छन् । सबै कुरा हेरेर मात्रै सौर्य प्रणाली जडान गर्छन् । ्तुषारजीत भन्छन्– विश्वव्यापााी रुपमै ऊर्जाको बजारमा भारतको हिस्सा बढी रहेको छ ।

देशभर बिजुलीको खपत समेत तीव्ररुपमा बढेको छ । त्यसको साथ साथमा बिजुली काटिएको वा लोडसेडिङ भएको समेत ब्योहोर्नुपर्नेछ । यी सबै समस्या समाधानका लागि उपयुक्त माध्यम भनेकै सौर्य प्रणालीको विकास र सञ्चालननै हो । अधिकतमरुपमा सौर्य प्रणाली जडान गर्नुपर्छ । भारतमा औसतमा ३०० दिन घाम लाग्छ ।

उनले जे जति काम लिन्छन् ती सबै स्र्टाटअपबाट नै लिन्छन् । उनले एउटा गाँउमा निःशुल्क रुपमा अत्याधुनिक सौर्य प्रणाली जडान गर्ने योजना समेत बनाएका छन् ।

स्टार्टअपबाट नै तालिम, प्रशिक्षण दिने सोच समेत राखेका छन् । त्यसबाट इच्छुकले आफै सिकेर पनि यस क्षेत्रमा काम गर्न सक्छन् । उनले मुम्बई, पुणे, लखनऊ र नोयडामा आफनै तालिम केन्द्र समेत खोल्ने तयारी गरेका छन् ।

त्यसका लागि ६ विज्ञ समेत नियुक्त गरेका छन् । उनको स्टार्टअपको नाम हो सौर्य ऊर्जा टेक्नोलोजी । उनी भन्छन् ‘यसबाट नाम र दाम दुवै कमाउन सकिन्छ । विज्ञान र प्रविधिसँग जोडेर हरेक क्षेत्रमा काम गर्न सकिन्छ । मैले सौर्य प्रणाली रोजे ।’


क्लिकमान्डु