एक महिनामा ३५ हजार मेट्रिक टन स्पन्च आइरन आयात, कुन उद्योगको कति ?



काठमाडौं । सरकारले स्वदेशमा बिलेट उद्योगलाई प्रोत्साहनको नीति लिएपछि एक महिनामा ३५ हजार ३०७ मेट्रिक टन स्पन्च आयात भएको देखिएको छ ।

अर्थमन्त्रालयले अर्थसमितिमा बुझाएको विवरण अनुसार भदौ २६ मा बिलेटमा लाग्ने भन्सार ५ प्रतिशतले बढाउने तथा स्पन्च आइरनमा लाग्ने अन्तःशुल्क हटाएपछि ३५ हजार मेट्रिक टन स्पन्च आइरन आयात भएको देखिएको छ । यसबाट सरकारले २४ करोड राजस्व पाएको देखिन्छ ।

बिलेटमा प्रोत्साहन दिने नीतिपछि ७४० मेट्रिक टन बिलेट आएको छ । यसबाट सरकारले २ करोड १४ लाख राजस्व पाएको देखिन्छ ।
अर्थमन्त्रालयको विवरण हेर्दा स्पन्च आइरनबाट बिलेट बनाउने उद्योगपनि कर सहुलियत पाएपछि बिलेट आयात गरेको देखिन्छ ।

स्पन्चबाट बिलेट बनाउने उद्योग जगदम्बा स्टिलले एक महिनामा ३ सय मेट्रिक टन बिलेट आयात गरेको छ । सबैभन्दा बढी बिलेट आयात गर्नेमा जगदम्बा स्टिल रहेको देखिएको छ । दोस्रोमा अम्बे स्टिल रहेको छ । अम्बे स्टिलले एक महिनामा १४४ मेट्रिक टन बिलेट आयात गरेको छ । अम्बेले पनि स्पन्च आइरनबाट बिलेट बनाउने गर्छ ।

यसबाहेक लक्ष्मी स्टिल,अशोक स्टिल,स्वतिक रोलिङ मिल्स,सन फिटिङ,मेटल कास्ट,केबी मेटल,पशुपति आइनर र अशोक स्टिल र नारायणी स्पातले पनि बिलेट आयात गरेका छन् ।

स्पन्च आइरन आयात गर्नेमा जगदम्बा स्टिल अगाडि


बिलेट आयात गर्नेमा सबैभन्दा अगाडि रहेको जगदम्बा स्टिल स्पन्च आइरन आयात गर्नेमा पनि सबैभन्दा अगाडि रहेको छ । जगदम्बा स्टिलले एक महिनामा १८ हजार ४५१ मेट्रिक टन स्पन्च आइरन आयात गरेको छ । जसबाट सरकारले १२ करोड राजस्व पाएको छ ।

एक महिनामा दोस्रोमा बढी स्पन्च आइरन आयात गर्नेमा नारायणी इस्पात रहेको छ । नारायणीले ५ हजार १६९ मेट्रिक टन स्पन्च आइरन आयात गरेको छ । यस्तै अशोक स्टिलले ४ हजार ३७९ मेट्रिक टन स्पन्च आइरन आयात गरेको छ ।

सर्बोत्तम स्टिलले ३ हजार ४५० मेट्रिक टन स्पन्च आइरन आयात गरेको छ । पशुपति आइरन स्टिलले ३ हजार ४६ मेट्रिक टन तथा लक्ष्मी स्टिलले ६०२ मेट्रिक टन र स्वस्तिक रोलिङ मिल्सले २११ मेट्रिक टन स्पन्च आइरन आयात गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट संसोधन गर्दै भदौ २६ देखि बिलेटको अन्तःशुल्क बढाभन्सार शुल्क बढाएका थिए ।


क्लिकमान्डु