सेबोनमा अध्यक्ष नहुँदा करिब २ अर्बको आइपीओ रोकियो



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नहुँदा १ अर्ब ८४ करोड ३६ लाख ६१ हजार ९ सय रुपैयाँको साधारण सेयर (आइपीओ) रोकिएको छ ।

बोर्डको पाइपलाइनमा २२ वटा कम्पनीले ५ अर्ब ९५ करोड ३२ लाख ८९ हजार ४०० रुपैयाँको ५ करोड २८ लाख १२ हजार ८९४ कित्ता सेयर रहेको छ ।

जसमध्ये ६ वटा कमम्पनीको आइपीओ बोर्डबाट स्वीकृतको अन्तिम चरणमा रहेका छन् । १ अर्ब ८४ करोड ३६ लाख ६१ हजार ९०० रुपैयाँको १ करोड ८४ लाख ३६ हजार ६१९ रुपैयाँको रहेको छ ।

बोर्डका अनुसार विन्दबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले २५ करोड रुपैयाँ, हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँ, बलेफी हाइड्रोपावर लिमिटेडले ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ, ग्रीन भेञ्चर लिमिटेडको ६२ करोड ५० लाख रुपैयाँ, नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ र दोर्दी खोला जलविद्युत कम्पनीले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको आइपीओ निष्कासनका लागि आवेदन दिएका थिए ।

यी कम्पनी अझै पनि पाइपलाइनमा रहेका छन् । बोर्डका एक अधिकारीका अनुसार सेबोनमा अध्यक्ष भएको भए अहिलेसम्म आइपीओ निष्काशनको लागि अनुमती पाइसक्ने थिए ।

‘अध्यक्ष नभएर नै ६ वटा कम्पनीलाई अनुमति दिन सकिएको छैन’ ति अधिकारीले भने ‘६ वटा कम्पनीले आइपीओ निष्काशनको लागि आवश्यक प्रकृया पूरा गरिसकेका छन् । अन्य कम्पनीको पनि आवश्यक भइरहेको छ । अध्यक्ष नियुक्त भएपछि केही कम्पनीलाई आइपीओ निष्काशन गर्न बोर्डले अनुमति दिने चरणमा छ ।’

सर्वोत्तम सिमेन्ट प्रकरणको ओटिसी (ओभर दि काउन्टर) मा मुछिएपछि सरकारले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ । अहिले बोर्ड अध्यक्षबिहीन बनेको छ । त्यसले गर्दा ६ वटा कम्पनीको आइपीओ रोकिएको हो ।

हाल २२ वटा कम्पनीले ५ अर्ब ९५ करोड ३२ लाख ८९ हजार ४०० रुपैयाँको ५ करोड २८ लाख १२ हजार ८९४ कित्ता आइपीओ निष्काशनका लागि आवेदन दिएका छन् ।

सेबोनका अनुसार १२ वटा हाइड्रोपावर कम्पनी, ६ वटा माइक्रोफाइनान्स, २ वटा बीमा कम्पनी र अन्य क्षेत्रका २ वटा कम्पनी आइपीओ निष्कासनका लागि बोर्डको पाइपलाइनमा रहेका छन् ।

बोर्डका अनुसार सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ, इमर्जिङ नेपाल लिमिटेडले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ, जल्पा सामूदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ, राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ, रियालबल लाइफ इन्स्योरेन्स कम्पनीले ११२ रुपैयाँ थप प्रिमियमसहित २१२ रुपैयाँमा १ अर्ब २७ करोड २० लाख रुपैयाँको आइपीओ निष्कासनका लागि आवेदन दिएका छन् ।

यस्तै अपरसोलू हाइड्रो इलेक्ट्रिक कम्पनीले ३३ करोड ७ लाख ५० हजार रुपैयाँ, रिभर फल्स पावरले ३४ करोड ३० लाख, थ्रि स्टार हाईड्रोपावरले १२ करोड ३१ लाख २५ हजार, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सनले २९ करोड ४१ लाख ४१ हजार, सिवाईसी नेपािल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँको र आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख रुपैयाँको आइपीओ निष्काशनको लागि आवेदन दिएका छन् ।

बोर्डका अनुसार डिस मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ, आइएमई लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ, अप्पर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनीको ३३ करोड ७ लाख ५० हजार रुपैयाँ र अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीले २० करोड रुपैयाँको आइपीओ निष्काशनको लागि बोर्डमा आवेदन दिएका छन् ।

यस्तै विन्धाबासिनी हाईड्रोपावर डेभलपमेन्टले २५ करोड, हिमालयन हाईड्रोपावरले २२ करोड ५० लाख, बलेफी हाईड्रोपावरले ३६ करोड ५५ लाख ९४ हजार, ग्रीन भेन्चर्सले ६२ करोड ५० लाख रुपैयाँ, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ र दोर्दी खोला लघुवित्त वित्तीय संस्थाले २९ करोड ५१ लाख ९२ हजार ९०० रुपैयाँको आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएका छन् ।

आइपीओ ल्याउने तयारीमा रहेका जलविद्युत् कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हुन् ।


क्लिकमान्डु