भारु ५ हजार लिएर सेयर बजारमा छिरेका राधाकिशन दमानीले बनाए सफलताको साम्राज्य



एजेन्सी । भारतमा सस्तो मूल्यमा सामान खरिद गर्न चाहेनहरुको प्रमुख रोजाईको स्थान बन्ने गरेको छ- डि मार्ट । अधिकांश मानिसलाई सोही मार्टले लोभ्याउँछ ।

यसको शुरुवात सन् २००२ मा मुम्बईको पवई क्षेत्रमा भएको थियो । आज भारतभर नै सो कम्पनीको २३८ स्टोर रहेको छ । सफलताको कहानी बताउने यो कम्पनीको एक सफल लगानकर्ताको रुपमा स्थापित भएका छन् ।

उनलाई भारतीय सेयर बजारका बिग बुल राकेश झुनझुनवालाले समेत आफनो गुरु मान्ने गरेका छन् । चमकधमकयुक्त कर्पोरेट कल्चरबाट सँधै टाढा रहने ती व्यापारीको नाम हो राधाकिशन दमानी । उनलाई मानिसहरु आरडीको नामले समेत चिन्छन् । सँधै सेतो कपडामात्रै लगाउन मन पराउने उनलाई धेरैले ‘मिस्टर व्हाइट उण्ड व्हाइट’ को नामले समेत बोलाउने गरेका छन् ।

सन् १९८० को दशकमा सेयर बजारमा मात्रै ५ हजार भारु लिएर प्रवेश गरेका दमानीको आज कूल नेटवर्थमात्रै १ लाख ४२ हजार करोड बराबर हुन पुगेको छ । ब्लूमबर्ग विलेनियर्स इन्डेक्सका अनुसार हाल संसारभरकै धनीहरुको सूचीमा उनी ९८ औं स्थानमा रहेका छन् ।

राधाकिशन दमानीको सफलताको कथा कहाँबाट कहिले र कसरी शुरु भयो ? उनी कसरी सफल लगानीकर्ता बने ? बदलिँदो भारतमा हाएपरमार्केट चेनमा कसरी बुम बुम बनाए ? र, उनको विश्वास गरेर लगानी गरेकालाई कसरी उनले मनग्य नाफा दिलाए भन्ने बारेमा धेरैको चाुसो रहने गरेको छ ।

उनी हरेक वर्षको कुम्भ मेलामा नुहाउन जान्छन् । खाना खाएपछि उनलाई नियमितरुपमा पान खानुपर्छ । उनी हरेक समय सेतो कपडा लगाउँछन् । सधै सेता कपडा लगाउने भएकाले उनको परिचयन नै सेतो कपडा लगाउने मानिसका रुपमा परिचित छ ।

दमानीको रिटेल स्टोर चेन कम्पनी डिमार्टको सफल भएपछि उनलाई धेरैले रिटेल किंगसमेत बताउने गरेका छन् । उनको कम्पनीले साधारण सेयर बिक्री गर्ने क्रममा आयोजित रोड शो मा उनी गएनन् बरु, आफना सहायोगी तथा कनिष्ठ अधिकारीलाई पठाए । किनकी, उनलाई प्रचारको लोभ लालच थिएन ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार राधाकिशन दमानीले सन् २००० भन्दा पहिले सेयर बजारसँग दुरी राख्दै व्यापार व्यवसायमा लागे । उनले खास गरी रिटेल कारोबारमा आफूलाई उभ्याए ।

शिवकिशन दामनीको छोरा राधाकिशनका श्रीमती र तीन छोरी छन् ।

सन् १९८५/८६ मा उनका पिता शिवकिशन दमानीको मृत्युपछि उनले घाटामा चीरहेको बल बेयरिङको व्यापार बन्द गरे । खासमा उनका पिता सेयर ब्रोकर थिए । बालककालदेखि नै उनले सेयर बजारको बारेमा केही जान्ने मौका पाएका थिए । भाइ गोपीकिशन दमानीसँग मिलेर उनले आफूलाई पूर्ण रुपमा सेयर बजारमा केन्द्रीत गरेका थिए । कूल ५ हजार भारुबाट लगानी शुरु गरेका उनी आज संसारकै सबैभन्दा धेरै धनीहरुको सूचीमा ९८औं स्थानमा रहेका छन् ।

शुरुवाती चरणमा उनी सिंगल रुम अपार्टमेन्टमा नै बढेका थिए । यस वर्ष मात्रै उनले मुम्बर्यमा १००१ करोड बराबरको सम्पत्ति खरिद गरेका छन् । दमानीको जन्म १९५४ मा राजस्थानको बीकानेरमा मारवाडी समुदायाम भएको हो । उनको परिवार मुम्बईमा सिंगल रुम अर्पाटमेन्टमा बस्थे । मुम्बई विश्वविद्यालयमा उनले कमर्सको पढाई शुरु गरेका थिए । तर, उनले पहिलो वर्ष नै छाडिदिए । ९० को दशकमा हर्षद मेहत्ताको घोटाला सार्वजनिक भएपछि उनले शर्ट सेलिङबाट बम्पर नाफा कमाए ।

सन् १९९९ मा नयाँ मुम्बईको नेरुलमा आफनो बजारको फ्रेन्चाई शुरु भएको थियो । जुन असफल भयो । सन् २००२ मा मुम्बईको पवई क्षेत्रमा डिमार्टको पहिलो स्टोर खुल्यो । डिमार्टको प्यारेन्ट कम्पनी एभेन्यूको सुपरमार्टको सन् २०१७ मा आइपिओ आयो र सेयर बजारमा सूचीकृत भयो ।

सन् १९९२मा हर्षद मेहत्ताको घोटाला प्रकरण सार्वजनिक भयो । विवरणहरुका अनुसार सो समयमा दमानीले भनेका थिए- यदि हर्षद मेहत्ता ७ दिन वा सो भन्दा बढी समय बजारमा होल्ड गर्छन्, त्यतिबेला मैले सडकमा बसेर कटौरामा भीख माग्नुपर्छ । यस्तो उनले यसकारण बोलेका थिए कि हर्षद मेहत्ताले सेयर बजार तिव्रगतिमा बढीरहेको बेला नै दाऊ लगाएका थिए । जबकी, दमानीले बजार घटेपछि दाऊ लगाएका थिए ।

घोटाला प्रकरण सार्वजनिक भयो । बजार पनि निक्कै ठूलो मात्रामा गिर्यो । जसबाट दमानीलाई जबरजस्तरुपमा नाफा भयो । दमानीका लागि सस्तो मूल्यमा प्राप्त हुने सेयरलाई लामो समयसम्म राखेका कारण उनलाई फाइदा भयो । उनले सोही फमूला अपनाएर एचडिएफसी बैंकको साधारण सेयरमा पैसा लगानी गरे । यसमै उनले जमेर पैसा बनाए ।

पछिल्लो वर्षमा मात्रै उनले ठूलो मात्रामा नाफा कमाए । सन् २०१६/१७ मा ११ हजार ८८१ करोड बराबरको आम्दानी गरेका उनले सन् २०२०/ २१ मा २३ हजार ७८७ करोड बराबरको आम्दानी गरे । त्यसमा मुनाफा मात्रै ११६५ करोड बराबरको थियो ।

डिमार्टको सफलताका पछाडि ठूलो मात्रामा गरिने रिटेल कारोबार नै हो । कारोबारको खास लिकबाट बाहिर निस्केर उनले आफनो पहिचान बनाएका छन् । मूल्य भन्दा पनि ठूलो मात्रामा कारोबार । कम्पनीले सामान आपूर्तिकर्तालाई ७ देखि १० दिनमा पेमेण्ट गर्ने गरेको छ । अन्य कम्पनीले २० देखि ३० दिन लगाउँछन् । जहाँ डिमार्टको स्टोर खोलिन्छ, त्यो डिमार्टकै हुन्छ । कुनै पनि भवन भाडामा लिइँदैन ।

उनले स्वच्छ सूकल अभियानका लागि उनले भारतभरका ११३ विद्यालयमा सहयोग गरेका छन् । त्यसमा ४० हजार विद्यार्थी लाभान्वित भएका छन् । दमानीले पिएम केयर फण्डमा मात्रै १०० करोड बराबरको दान दिएका छन् । कोरोनाकालमा उनले फरक फरक राज्यलाई ५५ करोड सहायता गरेका छन् । मुम्बईमा उनले शिवकिशन मिण्डाराम दमानी च्यारिटेबल ट्रष्ट समेत चलाएका छन् ।


क्लिकमान्डु