घरजग्गा धितो राखेर लिने ऋणी २५% ले बढे, ३ लाख बढीले गरे फुकुवा



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीकै समयमा घरजग्गा कारोबारले नयाँ रकर्ड कायम गरेको छ । साथै, राजश्व संकलनपनि उच्च भएको छ । काभिड–१९ मा इतिहासकै सर्वाधिक धेरै घरजग्गा कारोबारमा रेकर्ड ब्रेक गरेको अवस्थामा घरजग्गा धितो राखेर लिने ऋणी २५ प्रतिशतले बढेको छ ।

कोरोना महामारीले आर्थिक मन्दी भएकै अवस्थामा घरजग्गा कारोबार उच्च भएकाले घरजग्गा धितो राखेर ऋण लिएका ऋणीको संख्या २५.२९ प्रतिशतलले बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँदछ ।

आर्थिक वर्ष २०७६/७७ मा घरजग्गा क्षेत्रमा २१ खर्ब ४६ अर्ब २२ करोड ३५ लाख रुपैयाँ बैंक तथा वित्तिय संस्थाबाट कर्जा प्रवाह भएको थियो । त्यस्तै आव २०७७/७८ को साउन मसान्तदेखि जेठ मसान्तसम्ममा २

६ खर्ब ८९ अर्ब १७ करोड ९८ लाख रुपैयाँ कर्जा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कले उल्लेख गरेको छ । जसमा आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा ५ खर्ब ६९ अर्ब १८ करोड ९२ लाख रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । जुन गत वर्षको तुलनामा २५ प्रतिशतले बढी कर्जा प्रवा भएको हो ।

त्यस्तै, आव २०७५/७६ मा घरजग्गा कारोबारको लागि देशभरका बैंक तथा वित्तिय संस्थाले १८ खर्ब ७४ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको तथ्याङ्कले देखाउँदछ । उक्त तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा कोरोनाकै समयमै २ खर्ब ३४ अर्ब ५ करोड ६१ लाख रुपैयाँले बढी कर्जा प्रवाह भएको थियो ।

सामान्य अवस्थाको तुलनामा कोरोनाको समयमा ५० प्रतिशतले घरजग्गाको कारोबार बढेको पाइन्छ । साथै, घरजग्गा कारोबार बढ्नुका साथै जग्गाको मूल्य पनि निकै उक्लिएको छ । सामान्य अवस्थाको तुलनामा घरजग्गा खरिद बिक्री बढे पनि बैंकको कर्जा प्रवाहमा सहज नुहँदा समस्या परेको घरजग्गा व्यवसायीहरू बताउँछन् ।

उक्त समयमा आर्थिक मन्दिका कारण अधिकांश मानिसले घरजग्गा धितो राखेर कर्जा लिनेको संख्या बढेको घरजग्गा बिक्री केन्द्रका अध्यक्ष सुरज खड्का बताउँछन् ।

कोरोनाले व्यापार व्यवासाय बन्द भएको अवस्थामा विभिन्न व्यापारीहरूले यस क्षेत्रमा घाटा नहुने भन्दै घरजग्गा खरिदमा आकर्षण बढेको देखिन्छ । तर, अधिकांश व्यवसायीहरू घरजग्गा खरिद गर्नुका साथै आर्थिक मन्दीले गर्दा बिक्रीको संख्या अत्याधिक रहेको उनी बताउँछन् ।


त्यस्तै, भूमि, व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको देशभरको मालपोत कार्यालयको रोक्का र फुकुवा तथ्याङ्कले पनि ऋणीको संख्या बढेको देखाउँदछ ।

घरजग्गा धितो बन्धक राखेर बैंकबाट कर्जा लिनेमध्ये करिब ४२ प्रतिशतले मात्रै आफ्नो घरजग्गाको फुकुवा गरेको विभागको तथ्यांकले उल्लेख गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा देशभरका मालपोत कार्यालयहरूमा कर्जाका लागि बन्धक राखेको धितो घरजग्गा रोक्का र फुकुवाको आँकडालले ४२ प्रतिशतलले फकुवा गर्न सकेका छैनन् भने ५८ प्रतिशतले मात्रै कर्जा समयमै चुक्ता गरी फुकवा गरेको छ ।

विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ५ लाख ४९ हजार ४८७ घरजग्गा धितो बन्धक राखेर ऋण लिएको देखिन्छ । उक्त ऋणीको संख्यामध्ये बैंकको ऋण चुक्ता गरेर धितो बन्धक राखेको घरजग्गा फुकुवा गर्नेको ऋणीको संख्या ३ लाख २० हजार २०७ मात्र रहेको छ ।

कोभिडको समयमा अधिकांश व्यापार व्यवसाय बन्द भएको अवस्थामा व्यवसायी र उद्योगीहरूले आफ्नो लगानी सुनिश्चित गर्नको लागि घरजग्गा र शेयर बजारमा लगानी गरेको देखिन्छ । उक्त समयमा घरजग्गामा मात्रै नभएर शेयर बजारमा हालसम्मकै उच्च विन्दुमा कारोबार भएको थियो ।

एकातिर घरजग्गाको कारोबार उच्च भएको छ भने अर्कोतर्फ कोभिडकै कारण ऋणीले समयमा कर्जा चुक्ता गर्न नसकेर धितो बन्धक राखेको घरजग्गा फुकुवा गर्न सकिरहेका छैनन् । साथै पछिल्लो समय झन घरजग्गा धितो बन्धक राखेर ऋण लिनेहरूको संख्या बढ्दै गएको विभागको तथ्याङ्कले देखाउँदछ । राष्ट्र बैंकको तथ्याङ्कले पनि घरजग्गा करोबारको लागि ऋण लिएर लगानी गरेको स्पष्ट पार्दछ ।


क्लिकमान्डु