के बिग्रेका आइफोन प्रयोगकर्ताले आफै बनाउन सक्छन् ?



एजेन्सी । विश्वप्रसिद्ध कम्पनी एप्पलका सह–संस्थापक स्टीभ ओज्नियाकले आफ्नै कम्पनीको नीति विरुद्ध ‘राइट-टु-रिपेयर’ अभियान चलाइनुपर्ने अभिव्यक्ति दिएका छन् ।

उपभोक्ताले खरिद गरेको कुनै पनि प्राविधिक सामानको हार्डवेयर तथा सफ्टवेयरको मर्मतसम्भार स्वयं आफैले गर्न पाउनुपर्ने र त्यसलाई उनीहरुको हकका रुपमा स्थापित गर्नका लागि अभियान चलाइनुपर्ने बताएका हुन् ।

पछिल्लो समय युरोप र अमेरिकामा राइट–टु–रिपेयरको बहसले अभियानकै रुप लिन थालेको छ । यो अभियानले उपभोक्ताले आफूले प्रयोग गरिरहेको सामान बिग्रेमा स्वयम् कसरी बनाउन सकिन्छ भनेर त्यस्तो सामान बेच्ने कम्पनीले जानकारी उपलब्ध गराउनुपर्ने विषयलाई उठाउने गरेको छ ।

‘यदि हामीसँग एप्पल हुँदैन थियो भने हामी अहिलेको भन्दा अझ बढी खुला टेक्नोलोजी प्रयोग गरिरहेका हुन्थ्यौं,’ यो अभियानको ओजनियाकले भनेका छन्, ‘हामीले प्रयोग गर्ने डिभाइसहरु हामी आफैले मर्मतसम्भार गर्नेगरी राइट टु रिपेयर बारे बोल्ने यो उपयुक्त समय पनि हो ।’

युरोप र अमेरिकी मुलुकहरुमा घरायसी इलोक्ट्रोनिक्स सामान र सवारी साधनको रिपेयर कसरी गर्ने भन्नेबारे उपभोक्ताले सामान्य जानकारी पाउने र त्यसको हक उनीहरुले पाएको भएपनि स्मार्टफोन, ग्याजेट, ल्यापटपजस्ता उपकरणहरुको रिपेयरका लागि निकै कममात्र जानकारी उपभोक्ताले पाउने गरेका छन् ।

मेन्टेनेन्स र रिपेयरका मामलामा एप्पल कम्पनीको नीति झन कठोर छ । एप्पलले आफ्ना आफ्ना आधिकारिक बिक्रेताहरुबाट मात्रै पाटपुर्जा बिक्री गर्ने र उसले मान्यता दिएका टेक्निसियनबाट मात्रै रिपेयर गर्न सक्ने व्यवस्था राखेको छ ।

इलोक्ट्रोनिक डिभाइसेजको रिपेयरका लागि उत्पादक कम्पनीहरुले निकै कम मात्र जानकारी प्रयोगकर्तालाई दिने र उनीहले सबै अधिकार आफूसँगै राख्ने गरेको ओज्नियाकको बुझाइ छ ।

बिग्रेका डिभाइसहरु कसरी रिपेयरका गर्ने भनेर उत्पादक कम्पनीले सबै जानकारी आफूसँगै राख्ने गरेकाले उपभोक्ताको अधिकार हनन भएको उनको भनाइ छ ।

सन् १९७० मा स्टिभ जब्ससँगै सहसंस्थापकमा रुपमा रहेर उनले एप्पल कम्पनी स्थापना गरेका थिए ।


क्लिकमान्डु