कोरोनाले तपाईंको निन्द्रा खोसेको त छैन, यसो भन्छ अध्ययन



काठमाडौं । कोरोनाका कारण मानिसहरुको निदाउने समयमा धेरै प्रभाव परेको अनेकन खोज तथा अनुसन्धान शुरु भएको छ । मानसिक तनावका कारण पनि मानिसमा निदाउने समयमा धेरै तलमाथि भएको छ ।

किनकी अब के होला भन्ने आम चिन्ता यसबीचमा देखिएको छ । सन् २०१९ को डिसेम्वरमा चीनको उहानबाट शुरु भएको कोरोना भाइरसको कारण संसारभर नै मानिस असाध्यै ठूलो समस्यामा परे । अर्थतन्त्र चौपट भयो । दैनिक जीवन व्यवहार चलाउन समेत समस्या पैदा भयो ।

कोरोनाको दोस्रो लहरले संसार तवाह नै बनायो । छिट्टै तेस्रो लहर आउने अनुमान पनि सार्वजनिक भएको छ । यूरोपमा तेस्रो लहरको चर्चा शुरु भएको छ । भारतमा पनि कोरोनाको तेस्रो लहरको शंकास्पद अवस्था देखा परेको छ ।

कोरोनाले मानिसको दिनको चैन र रातको निद खोसेको चर्चाकाबीचमा यसको खोज भएको हो । भारतको चेन्नईस्थित इन्स्टिचूट अफ मेन्टल हेल्थका निर्देशक डा. पूर्णा चन्द्रिकाका अनुसार कोरोना कहरका कारण मानिसको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ ।

बिरामी हुँदा वा अचानक आइसोलेशनमा बस्नसपर्दा त्यसले गम्भीर खालका मानसिक तनाव दिएको छ । जो बिरामी भएका छैनन्, उनीहरु समेत बाहिर निस्कन पाएनन् । शारीरिक श्रम गर्ने अवस्थामा पूर्ण रुपमा बन्देज जस्तै भयो ।

त्यसले मानिसको जीवनशैलीमा असाध्यै ठूलो प्र्रभाव पारेको छ । आम मासिन सामाजिक सञ्जालमा मात्रै निर्भर भएका छन् ।

आम मानिस अनेकन खालका अनिश्चिततामा हराउन पुगे । दिनभर घरमा मात्रै बस्नुपर्दा दैनिक कार्यसूचीमा नै परिवर्तन हुन पुगेको छ । यी सबै गडबडीका कारण मानिसको निन्द्रा समेत प्रभावित भयो । त्यसले निन्द्राको चक्रमा समेत ठूलो प्रभाव परेको छ ।

सोही कारण मानिसको आम जीवनशैली नै प्रभावित भयो । सोही कारण अधिकांश मानिसको दिनको चैन र रातको निद्रा खोसिदियो ।

कोरोना महामारीको रोकथाम भएपनि आम मानिसमा परेको त्यसखालको प्रभाव लामो समयसम्म पर्ने देखिएको छ । त्यस्तो समस्यामा खास गरी चिकित्सक तथा मेडिकल क्षेत्रका कर्मचारी समेत परेका छन् ।

मेडिकल जर्नल द लासेन्टमा प्रकाशित विवरण अनुसार कोरोनाले पारेको प्रभावका बारेमा चीनमा मात्रै ३५ वर्ष उमेर समूहका ७ हजार २३६ जनाको सुत्ने समय तथा सुताईको शैलीका बारेमा अध्ययन गरिएको थियो । त्यसमा एक तिहाई मानिस स्वास्थ्य क्षेत्रका थिए ।

सो अध्ययनमा सहभागी भएका मध्ये २० प्रतिशत बढी मानिसमा डिप्रेशनको समस्या देखा परेको थियो भने ३५ प्रतिशत मानिसमा सामान्य खालको प्रभाव देखिएको थियो ।

अधिकांश मानिसमा कोरोनाले पारेको प्रभावको प्रत्यक्ष असर देखिएको थियो । त्यस्तो असर खासमा मानसिक प्रकृतिको थियो ।

चिकित्सकहरुका अनुसार स्लिप हाइजीन नै मानवीय जीवनको सबैभन्दा प्रखर विषय हो । त्यसमा केही विषय पनि जोडिएर आएका हुन्छन् । जस्तो सुत्नु अगाडि कम्तीमा पनि २ घण्टा अगाडि चिया वा कफी पिउन हुँदैन । भारी मात्रामा खानपान गर्नुहुँदैन । त्यसले पनि तपाईको निद्रा प्रभावित पार्छ ।

सुत्नुभन्दा पहिले धु्रमपान गर्नु हुँदैन । सुत्ने कोठा वा ओछ्यानमा खाना खाने, खेल्ने जस्ता काम नगर्न पनि चिकित्सिकले सुझाव दिएका छन् । सुत्नु भन्दा पहिले मोबाइल वा कुनै पनि विद्युतीय सामग्रीको प्रयोग पूर्ण रुपमा त्याग्न समेत सुझाव दिइएको छ ।

यस्तै, तपाईंमा सुगर र प्रेसरको समस्या छ वा औषधी लिइरहनु भएको छ भने त्यसको नियमित रुपमा औषधी सेवन गर्नुस् । यस्तै, सुत्ने, उठ्ने वा अन्य दैनि जीवनचर्याको रुटिङलाई पालना गर्न सुझाव दिइएको छ ।

यी काम मात्रै गर्न सकिएको खण्डमा तपाईंको निद्रा बिग्रने समस्या कम हुन जान्छ । तर, निद्रा लागेन भनेर कुनै पनि औषधीको प्रयोग भने नगर्न चिकित्सकले सुझाव दिएका छन् । त्यसले तपाईंलाई लत नै लगाउने भएकाले औषधीको प्रयोगलाई पूर्णरुपमा बन्देज गरिएको छ ।


क्लिकमान्डु