उद्योग विभागमा करिब १ खर्ब लगानीका ४४ ऊर्जा कम्पनी दर्ता
काठमाडौं । उद्योग विभागमा ९८ अर्ब रुपैयाँ बराबरका नयाँ ऊर्जा उद्योग दर्ता भएका छन् ।
आर्थिक वर्ष २०७६/७७ मा ९८ अर्ब ३२ करोड ७६ लाख १७ हजार ४५३ रुपैयाँ लगानीका ऊर्जा कम्पनी उद्योग विभागमा दर्ता भएका छन् । जसमा जलविद्युत् र सोलार कम्पनी छन् ।
जरिम्बा हाइड्रो पावर कम्पनीले सिन्धुपाल्चोकको तातोपानीमा १ अर्ब ६९ करोड २ लाख रुपैयाँको स्थिर पुँजीमा ७.६३ मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
अम्बे हाइड्रो पावरले कास्कीको अन्नपूर्ण र पर्वतको मोदी गाउँपालिकामा ६५ करोड ९ लाख ५० हजार रुपैयाँको स्थिर पुँजीमा ३.७५ मेगावट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
हिम पर्वत हाइड्रो पावरले दोलखाको बिगुमा ७९ करोड ६९ लाख ६७ हजार रुपैयाँको स्थिर पुँजीमा ५.५ मेगावाट जलविद्युत उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
फस्ट सोलार डेप्लपरर्स नेपालले कपिलवस्तुको बुड्डीमा ४४ करोड ७५ लाख ७७ हजार रुपैयाँको स्थिर पुँजीमा ९ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
साझा पावर डेपलपर्सले सिन्धुपाल्चोकको बलेफीमा ३ अर्ब ४६ करोड ४३ लाख ७१ हजार रुपैयाँको स्थिर पुँजीमा २० मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
मडामे खोला हाइड्रोपावरले कास्कीको माडीमा ३ अर्ब ५२ करोड ४ लाख ८४ हजार रुपैयाँको स्थिर पुँजीमा २४ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
कालिञ्चोक हाइड्रो पावरले दोलखाको बिगु र कालिञ्चोकमा ८३ करोड रुपैयाँको स्थिर पुँजीमा ५ मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
आरती पावर कम्पनीले भोजपुरको षडानन्द र साल्पासिलिछोमा २ अर्ब ५४ करोड ४५ लाख रुपैयाँको स्थिर पुँजीमा १४.५ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
चिस्याङ हाइड्रोले मोरङको लेटाङमा २९ करोड ६५ लाख ८७ हजार रुपैयाँको स्थिर पुँजमा १.८ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
हाइड्रो कनेक्सनले सोलुखुम्बुको टाकसिन्धुमा ३ अर्ब २ करोड २१ लाख ३८ हजारमा १८ मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
माउण्ट रसुवा हाइड्रोपावरले लमजुङको भुजुङमा ३ अर्ब ७ करोड २९ लाख रुपैयाँको स्थिर पुँजीमा १६ मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी उद्योग विभागमा दर्ता गराएको छ ।
बारपाक दरैदीले गोर्खाको घ्याचोकमा १ अर्ब ६५ करोड ९९ लाख रुपैयाँ स्थिर पुँजीमा १० मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
सान्भी इनर्जीले इलामको मरेडमा ९९ करोड २५ लाख ८९ हजार रुपैयाँको स्थिर पुँजीमा ५.२ मेगावाट जलविद्युत् उत्पादन गर्ने उद्योग दर्ता गराएको छ ।
संयुक्त ऊर्जाले म्याग्दीको रघुगंगामा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँको स्थिर पुँजीमा २१.३० मेगावाट जलविद्युत उत्पादन गर्ने उद्योग दर्ता गराएको छ ।
भिजन लुम्बिनी उर्जाले कास्कीको माछापुच्छ«ेमा ४ अर्ब ६० करोड २० लाख ६० हजार रुपैयाँको स्थिर पुँजीमा २५ मेगावाटको जलविद्युत् उत्पादन गर्नका लागि उद्योग विभागमा दर्ता गराएको छ ।
कांग हाइड्रो पावरले ताप्लेजुङको मैवाखोलामा ३ अर्ब १३ करोड ५४ लाख ७१ हजार रुपैयाँ बारबरको स्थिर पुँजीमा १७.८५ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
मिलारेपा इन्र्जीले सिन्धुपाल्चोकको हेलम्बुमा ३ अर्ब ९९ करोड ७७ लाख रुपैयाँको स्थिर पुँजीमा २३.६ मेगावाट जलविद्युत उत्पादन गर्ने गरी उद्योग दर्ता गरेको छ ।
मेबिलङ इन्र्जीले संखुवासभाको मावादिनमा ८६ करोड ६० लाख रुपैयाँको स्थिर पुँजीमा ४.९५ मेगावाट जलविद्युत् उत्पादन गर्नेगरी उद्योग दर्ता गराएको छ ।
अपर बलेफी हाइड्रो पावरले सिन्धुपाल्चोकको जगलमा ५ अर्ब ७३ करोड २३ लाख १९ हजार रुपैयाँको स्थिर पुँजीमा ४६ मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
हाइड्रो कन्र्सनले रसुवाको गोसाइकुण्डमा १ अर्ब ७१ करोड ४० लाख रुपैयाँको स्थिर पुँजीमा ९ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
चम्पावती हाइड्रो पावरले गोर्खाको थालाजुङ र केराबारी र लमजुङको भलायखर्क र कोल्कीमा १ अर्ब ३१ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा ७ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
मिल्के जलजले हाइड्रो पावरले संखुवासभाको चैनपुरमा ८९ करोड ८० लाख रुपैयाँ स्थिर पुँजीमा ४.९९ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
नेशनल सोलार पावरले नवलपरासीको प्रतापपुरमा ६७ करोड २७ रुपैयाँको स्थिर पुँजीमा ५ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न उद्योग दर्ता गराएको छ ।
रुबी भ्याली हाइड्रो पावर कम्पीलने धादिङको रुबी भ्यालीमा १ अर्ब ३१ करोड ९२ लाख ५२ रुपैयाँको स्थिर पुँजीमा ७ मेगावाटको जलविद्युत् उत्पादन गर्ने गरी कम्पनी दर्ता गराएको छ ।
सैलुङ पवार कम्पनीले सिन्धुपालचोको भोटेकोशीमा ५ अर्ब ७३ करोड ७४ लाख ९८ हजार रुपैयाँको स्थिर पुँजीमा ४० मेगावाट जलविद्युत् उत्पादन गर्ने उद्योग दर्ता गराएको छ ।
सांग्रिला हाइडङ पावर कम्पनीले रुकुमको आवबीसकोटमा ४ अर्ब ९३ करोड ८३ लाख ६० हजार रुपैयाँको स्थिर पुँजीमा २१ मेगावाट जलविद्युत् उत्पादन गर्ने उद्योग दर्ता गराएको छ ।
विगु हाइड्रो भेञ्चरले दोलखाको विगुमा ४९ करोड ५२ लाख ७३ हजार रुपैयाँ स्थिर पुँजीमा ३ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
इसुवा इन्र्जीले संखुवासभाको मकालुमा ३ अर्ब ८० करोड २० लाख ७१ हजार रुपैयाँको स्थिर पुँजीमा ३७.७ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
जीआई सोलारले मोरङको बुढीगंगामा ४९ करोड २५ लाख रुपैयाँ स्थिर पुँजीमा ६.७ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने उद्योग दर्ता गराएको छ ।
वाइट लोटस पावरले लमजुङको मस्र्याड्ग्दीमा १ अर्ब २५ करोड ३४ लाख ३१ हजार रुपैयाँको स्थिर पुँजीमा ६.८२ मेगावाट जलविद्युत् उत्पादन गर्ने उद्योग दर्ता गराएको छ ।
मिड सोलु हाइड्रो पावरले सोलुखुम्बुको सोलुदुधकुण्डमा १ अर्ब ८७ करोड २७ लाख ४५ हजार रुपैयाँको स्थिर पुँजीमा ९.५ मेगावाट जलविद्युत उत्पादन गर्ने उद्योग दर्ता गराएको छ ।
हलेसी ऊर्जाले खोटाङको कोपिलासगढीमा ४१ करोड ५ लाख ५९ हजार रुपैयाँको स्थिर पुँजीमा २२ मेगावाट जलविद्युत उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
सौर्य विद्युत पावरले नवलपरासीको रामग्राममा १६ करोड रुपैयाँको स्थिर पुँजीमा २ मेगावाटको सौर्य ऊर्जा उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
लोअर मिड रावाखोला हाइड्रो पावरले खोटाङको ऐसेलुखर्कमा ८१ करोड ८९ लाख ९१ हजार रुपैयाँको स्थिर पुँजीमा ४ मेगावाट जलविद्युत् उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
सगरमाथा इनर्जी एण्ड कन्स्ट्रक्सनले धनुषाको मिथिलामा २९ करोड ६० लाख रुपैयाँ स्थिर पुँजीमा ३ मेगावाटको सौर्य ऊर्जा उत्पादन गर्ने गरी उद्योग दर्ता गराएको छ ।
त्रिशुली जलविद्युतले नुवाकोटको कस्पाङ र रसुवाको उत्तरगयामा ८ अर्ब २० करोड १७ लाख ४० हजार रुपैयाँको स्थिर पुँजीमा ३७ मेगावाट जलविद्युत् उत्पादन गर्नेगरी उद्योग दर्ता गराएको छ ।
सिता हाइड्रो पावरले सिन्धुपाल्चोकको जुगलमा ५ अर्ब ८६ करोड १८ लाख ७८ हजार रुपैयाँ स्थिर पुँजीमा ३५ मेगावाट जलविद्युत् उत्पादन गर्न उद्योग दर्ता गराएको छ ।
युनियन मेवा हाइड्रोले ताप्लेजुङको मिक्वाखोलोमा ४ अर्ब ४४ करोड रुपैयाँ स्थिर पुँजीमा २३ मेगावाट जलविद्युत् उत्पादन गर्न उद्योग दर्ता गरेको छ ।
ग्लोबल इनर्जी एण्ड कन्स्ट्रक्सनले सुनसरीको दुहवीमा ७७ करोड ४० लाख रुपैयाँ स्थिर पुँजीमा ८ मेगावाट सौर्य ऊर्जा उत्पादन गर्न उद्योग दर्ता गरेको छ ।
दुधपोखरी चेपे हाइड्रो पावरले गोर्खाको अजिरकोटमा १ अर्ब ६९ करोड ४७ लाख ९४ हजार रुपैयाँ स्थिर पुँजीमा ८.८ मेगावाट जलविद्युत् उत्पादन गर्ने उद्योग दर्ता गरेको छ ।
मेलम्ची हाइड्रोले सिन्धुपाल्चोकको हेलम्बुमा १८ करोड ८१ लाख २१ हजार रुपैयाँ स्थिर पुँजीमा ९९८ किलोवाट जलविद्युत् उत्पादन गर्न उद्योग दर्ता गरेको छ ।
उज्यालो नेपाल हाइड्रोले लमजुङको दुधपोखरीमा ७१ करोड ५२ लाख २६ हजार रुपैयाँ स्थिर पुँजीमा ३.२६ मेगावाट जलविद्युत् उत्पादन गर्न उद्योग दर्ता गरेको छ ।
जलशक्ति हाइड्रोले धादिङको रुबी भ्यालीमा ४ अर्ब ४७ करोड २८ लाख ७० हजार रुपैयाँ स्थिर पुँजीमा २५ मेगावाट जलविद्युत् उत्पादन गर्न उद्योग दर्ता गरेको छ ।
मोना हाइड्रो पावरले म्याग्दीको रघुगंगामा ९६ करोड ९३ लाख ७१ हजार रुपैयाँ स्थिर पुँजीमा ५.५ मेगावाट जलविद्युत् उत्पादन गर्न उद्योग दर्ता गरेको छ ।