टेलिकम अपरेटको आम्दानीमा सामाजिक सञ्जाल वाधक, ४ लाख करोडमा बिक्री हुँदै भारतमा फिक्वेन्सी



काठमाडौं । नेपालमा टेलिकम सेवा प्रदायकले दिने सेवा प्रभावकारी र गुणस्तरीय नभएको अवस्थामा भारतमा पनि छिट्टै ५ जी नेटवर्क विस्तार प्रक्रिया अगाडि बढाउने तयारी गरिएको छ ।

भारतमा विशेष गरी ४ जी नेटवर्कको स्पेक्ट्रम समेत धेरै महंगोमा खरिदबिक्री भइरहेको छ । त्यसै कारण पनि ५ जी का लागि भने प्रतिक्षा उत्तिकै जारी छ । रिलायन्स जिओका तर्फबाट अमेरिकामा नै ५ जीको प्रयोगका बारेमा आवश्यक तयारी भइसकेको छ ।

पछिल्लो दिनमा ४ जी सेवा विस्तारमा आक्रामक देखिएका भारतीय कम्पनीले बढी भन्न्दा बढी मूल्य तिरेर भएपनि ४ जी को स्पेक्ट्रम खरिद गरिरहेका छन् । नयाँ बोलकबोल प्रक्रिया भने आगामी जनवरीदेखि शुरु हुने बताइएको छ ।

परामर्शदाता कम्पनी मोतीलाल ओसवालका अनुसार ३.९ लाख करोड भन्दा बढी मूल्यमा नै २२५२ मेगाहर्ज बराबरको एयरवेव्स खरिद गर्ने तयारीमा दूरसञ्चार सेवा प्रदायक कम्पनी लागिपरेका छन् ।

भारतको केन्द्रीय सरकारले बुधबार मात्रै ७००, ८००, ९०० , १८०० र २५०० मेगाहर्ज ब्याण्डको स्पेक्ट्रम बिक्री गर्न लागेको छ । आगामी २० सालका लागि उक्त मेगाहर्ज उपलब्ध गराउन लागिएको छ ।

सोही अनुसार नै ५ जीका लागि सबैभन्दा राम्रो मानिएको ३३०० देखि ३६०० मेगाहर्ज व्याण्ड बराबरको स्पेक्ट्रम भने तत्काल बिक्री गरिने छैन । बढी मूल्य राखेर लिलाम बढाबढ गर्दा केही कम्पनीले बाहेक अरु सबैले त्यसमा सहभागि हुने अवस्था रहँदैन ।

स्पेक्ट्रमको लिलामी प्रक्रिया २०२१ को जनवरी पहिलो सातादेखि शुरु गरिनेछ । त्यसका लागि आवेदन माग्ने काम भने यसै महिनाभर मात्रै हुनेछ । ब्रोकर कम्पनीको रुपमा रहेको मोतीलाल ओसवालका अनुसार बोलकबोल प्रक्रिया भने २०२१ को मार्चसम्म चल्नेछ

सरकारले त्यस प्रक्रियाबाट ३.९ लाख करोड भन्दा माथिको रकम प्राप्त गर्ने जनाएको छ । त्यसबाट २२५२.२५ मेगाहर्ज व्याण्डको स्पेक्ट्रम बिक्री गरिनेछ । यस्तै, ७०० मेगाहर्ज व्याण्डको एयरवेव्सको मूल्य भने २.३ लाख करोड रहनेछ । बाँकी रहेको १.६ लाख करोड भने अन्य प्रयोजनका लागि खर्च हुनेछ ।

विवरण अनुसार बोलकबोलमा अधिकाशं एयरवेव्स टेलिकम कम्पनीले आगामी आर्थिक वर्षमा सकिन लागेको अनुमतिलाई पनि ध्यानमा राखिएको छ ।

त्यसका लागि भारतीय एयरटेलले १.३० लाख करोड, भिआइएलको ८३ जार करोड तथा रिलायनस जियोले २.८ लाख करोड बराबर खर्च गर्नुपर्नेछ ।

पछिल्लो लिलामी तथा बोलकबोल प्रक्रियामा टेलिकम कम्पनीले ७००, ८०० र ९०० मेगाहर्ज स्पेक्ट्रमका लागि २५ प्रतिशत रकम अग्रिम रुपमा भुक्तानी गर्नुपर्नेछ ।बाँकी भने स्पेक्ट्रम प्राप्त गरेपछि ५० प्रतिशत तिर्नुपर्नेछ । यस्तै, त्यसबाट पनि बाँकी रहने रकम भने १६ वर्षपछि किक्स्तामा चुक्ता गर्नुपर्नेछ ।

भारतको कूल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रले ८.२ प्रतिशत बराबरको हिस्सा ओगटेको छ । सन् २०२५ सम्ममा थप ४१० मिलियन स्मार्टफोन प्रयोगकर्ता थपिने प्रषेपण गरिएको छ ।

भारतमा टेलिकम्युनिकेशन क्षेत्रमा १०० प्रतिशत वैदेशिक लगानी भित्र्याउने अनुमति रहेको छ । भारतका स्मार्टफोन प्रयोगकर्ताले मासिक रुपमा १२ बिजी डेटा प्रयोग गर्ने गरेका छन् । त्यसलाई सन् २०२५ सम्म बढाएर २५ बिजी पुर्याउने लक्ष्य राखिएको छ ।

भारतमा झण्डै एक अर्ब २० करोड मानिसले टेलिकम सेवा लिएको पाइन्छ । यस्तै भारतका अपरेटर मध्ये शीर्ष स्थानमा रिलायन्स जियोे रहेको छ ।

सो कम्पनीको हिस्सा ३५.१९ रहेको छ । यस्तै, एयरटेलको २८.४४, भिआई २५.७३, बिएसएनएलको १० प्रतिशत रहँदा बाँकी भने अन्य अपरेटरको छ ।

पछिल्ला दिनमा संसारभर नै टेलिकम अपरेटको आम्दानीमा सामाजिक सञ्जाल बढी बाधक देखिएका छन् ।
सामाजिक सञ्जालमा नै अडियो, भिडियो सेवा प्राप्त हुने भएपछि टेलिकम अपरेटरको आम्दानी ओरालो लागेको छ । यस विषयमा संसारभरमा नै बहस भइरहेको छ ।

भारतमा मात्रै सन् १९९४ पछि निजी क्षेत्रको प्रवेश भएको हो । पछिल्लो २६ वर्षमा भारतको टेलिकम उद्योगमा मात्रै १० लाख करोड बढीको लगानी भइसकेको छ । तर, सामाजिक सञ्जालको अधिक प्रयोगका कारण आम्दानी घट्न थालेपछि उनीहरुको टाउको दुखाई भइरहेको छ ।


पुष्प दुलाल